Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोबाइलको प्रकाशमा आन्दोलनको कविता वाचनको फोटोले जित्यो ‘वर्ल्ड प्रेस फोटो अफ दि इयर’

Posted on April 17, 2020April 17, 2020 by Salokya


यो वर्षको वर्ल्ड प्रेस फोटो अफ दि इयर अवार्ड जापानी फोटोग्राफर यासुओसी चिबाले जितेका छन्। अवार्ड जितेको फोटोमा एक युवकले सुडानको खार्तुममा ब्ल्याकआउटको बेला प्रदर्शनकारीहरुले बोकेका मोबाइल फोनको उज्यालोमा नागरिक शासनको लागि आन्दोलनको कविता पढिरहेको देखिन्छ। एएफपीका इस्ट अफ्रिका र इन्डियन ओसनका चिफ फोटोग्राफर रहेका चिबाले सुरुमा जापानकै असाही सिम्बुन पत्रिकामा काम गरेका थिए। टोक्योको मुसाशिनो आर्ट युनिभर्सिटीमा फोटोग्राफी अध्ययन गरेका उनी सन् २००७ मा केन्या गएका थिए। एएफपीमा उनले सन् २०११ देखि काम गरेका थिए।

फोटोबारे चिबा भन्छन्, म त्यहाँ बस्दा मैले भेटेको यही एउटा शान्तिपूर्ण विरोध समूह थियो।

फोटो प्रतियोगिताका जुरी अध्यक्ष लेक्गेथो माकोलाले हिंसा र द्वन्द्वको यस्तो समयमा मानिसहरुलाई प्रेरणा दिने फोटो हुनु महत्त्वपूर्ण रहेको बताए। अवार्ड जित्ने फोटोबारे उनले भने, ‘हामी यसमा एक जना युवक देख्छौँ, जो गोली हानिरहेको छैन, ढुंगा हानिरहेको छैन, बरु कविता पढिरहेको छ। यसले आशाको आवाज दिन्छ।’

खासमा वर्ल्ड प्रेस फोटो अफ दि इयरको घोषणा हरेक वर्ष एउटा भव्य कार्यक्रम गरेर हुन्थ्यो। तर कोरोना त्रासका कारण यो वर्ष कार्यक्रम हुन सकेन। अनलाइनबाटै पुरस्कृतको घोषणा गरिएको हो।

वर्ल्ड प्रेस फोटो अफ दि इयरको अवार्ड भने अल्जेरियामा विरोध प्रदर्शनको नेतृत्व गरेका एक अल्जेरियाली युवकको बारेमा छ। फ्रान्सका रोमेन लाउरेनडियाउले फोटो स्टोरी खिचेका हुन्


अल्जियर्समा बुर्का लगाएर हिँडेका महिलासँगै बसिरहेका एक वृद्ध।


अल्जियर्समा सार्वजनिक स्थानमा चुम्बन गर्दै एक जोडी।


अल्जियर्सको एउटा स्टोररुमलाई कोठा बनाएर टेलिभिजन हेरेर आराम गर्दै साथीहरु।


नजाने पनि बाजा बनाउन खोज्दै गर्दा हेर्नेहरुको भिड।


अल्जियर्सको ओलम्पिया सिनेमामा फुटबल म्याच हेर्दै युवकहरु। यो सिनेमाले हप्तामा कयौँ पटक युरोपेली खेलहरु देखाउने गर्छ।


हिंसाका कारण बन्द कोठाभित्र हुने खेलपछि सडकमा गाउँदै फुटबल फ्यानहरु।


फुटबल म्याचका क्रममा फ्यानहरु गाउँदै। सन् २००१ मा सडक प्रदर्शनमा प्रतिबन्ध लागेपछि फुटबल स्टेडियममा गाएर विरोध गर्ने गरिन्छ।


अल्जेरियन कपका क्रममा राज्य, राष्ट्रपति, सेना र पुलिसको विरोधमा चर्का नारा लगाउँदै।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme