Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दक्षिण एसियामा कहाँ कति कोरोना : भारत अग्रस्थानमा, नेपालको स्थान कहाँ?

Posted on April 18, 2020 by Salokya

दक्षिण एसियाली देशहरुमध्ये सबैभन्दा पहिला कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाम्रै देश नेपालमा थियो। आजको अवस्थामा पूरै दक्षिण एसियामा सबैभन्दा कम कोरोना संक्रमण भुटानमा छ। त्यसपछि नेपाल रहेको थियो। तर शुक्रबार एकै दिन १४ जना संक्रमित भेटिएपछि नेपालले माल्दिभ्सलाई उछिनेको छ। माथिको बार चार्ट रेसमा पहिलो पटक पत्ता लागेदेखि अहिलेसम्मको संख्या उल्लेख छ।

केही तथ्यहरु

– दक्षिण एसियामा सबैभन्दा पहिला कोरोना संक्रमण नेपालमा देखिएको थियो २३ जनवरीमा।

– २७ जनवरीमा श्रीलंकामा पहिलो कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालपछि कोरोना दक्षिण एसियाली देशमध्ये श्रीलंकामा भित्रिएको हो।

– भारतमा ३० जनवरीमा पहिलो केस भेटिएको थियो।

– पाकिस्तानमा २६ फेब्रुअरीमा पहिलो केस भेटिएको थियो तर अहिले सबैभन्दा बढी केस भेटिनेमा भारतपछि दोस्रो स्थान उसैको छ।

– दक्षिण एसियामा सबैभन्दा कम केस भुटानमा छ। अहिलेसम्म त्यहाँ ५ संक्रमणमात्रै पुष्टि भएको छ।

– मार्चको दोस्रो सातासम्म दक्षिण एसियाली देशहरुमध्ये भारतमा सबैभन्दा बढी केस थियो। तर १६ मार्चदेखि अकस्मात पाकिस्तान अग्रस्थानमा रह्यो।

– अप्रिल नलागेसम्म पाकिस्तान अग्रस्थानमा थियो। तर त्यसपछि भने फेरि भारत अग्रस्थानमा रहन पुग्यो जुन अहिलेसम्म कायम छ।

– अहिले बंगलादेश र अफगानिस्तान तेस्रो र चौथो स्थानमा छ।

यो त भयो दक्षिण एसियाको। अब पूरै विश्वको हेरौँ-

1 thought on “दक्षिण एसियामा कहाँ कति कोरोना : भारत अग्रस्थानमा, नेपालको स्थान कहाँ?”

  1. Bibek kunwar says:
    April 18, 2020 at 11:37 am

    Australia was at no.4 position in january 26 and as of today they sit at no.34. And in number of active cases Australia sits at no.44 positions with only 2300+ patients. Never had complete lockdown but still flattening the curve. On the other hand nepal is going thru complete lock down but still curve is going upwards.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme