Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नपत्याउनुस्, राति साढे १२ बजेदेखि साढे ३ बजेसम्म कुनै रेडिएसन आउन लागेको होइन

Posted on April 15, 2020 by Salokya


अहिले फेसबुकको मेसेन्जरमा एउटा भिडियो भाइरल भइरहेको छ। भारतबाट आयातित यो भिडियोमा दावी गरिएको छ, आज राति साढे १२ बजेदेखि साढे ३ बजेसम्म खतरनाक रेडिएसन हामीहरुको घरबाट गुज्रनेछ। त्यसैले मोबाइल, ल्यापटप, टिभी आदि सबै इलेक्ट्रोनिक सामान नचलाइकन स्विच अफ गरेर राख्नू। अमेरिकाको नासाका वैज्ञानिकहरुका तर्फबाट यो खबर आएको भनेर त्यसमा दावी गरिएको छ।

सुन्दै अपत्यारिलो भए पनि धेरैले ‘हो र’ भनेर उत्सुकताले, हो कि भन्ठानेर धमाधम अरुलाई सेयर गर्दै गरेको देखियो। त्यसैले यो विषयमा फ्याक्टचेक गरेका छौँ।

यसरी रेडिएसन फैलिने हल्ला अहिलेमात्र हैन, बारम्बार हुँदै आइरहेको छ। तीन वर्षअघि सन् २०१७ मा चन्द्रग्रहण अगाडि पनि यस्तै हल्ला भएको थियो। त्यतिबेला माइसंसारमा ब्लग लेखिएको थियो- ग्रहणअगाडि हल्लाखोरले काम पाए : धन्दा नमान्नुस्, मोबाइल टिभी अन राखे पनि केही हुन्न

त्यतिबेला सिंगापुरको टेलिभिजनले यस्तो घोषणा गरेको भनिएको थियो म्यासेजमा।

Tonight at 00: 30 to 03: 30 make sure to turn off the phone, cellular, tablet, etc … and put away from your body. Singapore television announced the news. Please tell your family and friends. Tonight, 12:30 to 3:30 for our planet will be very high radiation. Cosmic rays will pass close to Earth. So please turn off your cell phone. Do not leave your device close to your body, it can cause you terrible damage. Check Google and NASA BBC News. Send this message to all the people who matter to you. FORWARDED AS RECEIVED

अहिले भने अडियोलाई भिडियो बनाएर टेलिभिजन समाचार जस्तो ब्रेकिङ न्युज लेखेर मान्छेलाई झुक्याउन खोजिएको छ। सबैभन्दा पहिला त यो सुन्दैमा प्रश्न उठाउनु पर्ने कुरा के हो भने त्यसमा ‘आज राति’ भनिएको छ। आज भनेको कहिले हो, खुलाइएको छैन। हरेक रात हुने पनि भनिएको छैन। यसबाट नै यो फेक हो भन्ने प्रष्ट हुन्छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यस्तो केही पनि घोषणा गरेको छैन। घोषणा गरेको भए विश्वका नाम चलेका समाचार एजेन्सीहरु सिएनएन, बीबीसी, अल जजिरा आदिमा पनि आइहाल्थ्यो। फेसबुकको मेसेन्जरमा मात्र आएको र त्यसमा ब्रेकिङ न्युज लेखिएको छ भन्दैमा पत्याउनु हावाको हद हो।

स्नुप्स डट कमले यसबारेमा विस्तृत फ्याक्टचेक गरेको छ। उसका अनुसार यस्तो हल्ला बिना कुनै वैज्ञानिक आधार सन् २०१४ देखि नै हुँदै आइरहेको छ।

सन् २०१० मा यस्तै हल्ला घानामा फैलँदा आतंक नै मच्चिएको थियो। त्यतिबेला पनि नासा र बिबिसीलाई नै कोट गरी कस्मिक रेको हल्ला फैलाइएको थियो। हल्ला यति फैलियो कि सरकारका मन्त्रीले नै रेडियोबाट यो हल्लामात्रै हो भन्नु परेको थियो। पढ्नुस् समाचार।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता समाचार तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम नगर्नुस्।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme