Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रमका प्रेस सल्लाहकारको ट्विटमा गलत जानकारी, हावामा ८ घण्टा कोरोना भाइरस बाँच्दैन

Posted on April 14, 2020April 14, 2020 by Salokya

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार साँझ ५ बजे एउटा ट्विट गरे। ‘लकडाउनपछिकाे नियमित दिनचर्या । मुखमा मास्क नटुटाउने स्वअनुशासनकाे परिपालना । जगत भलाेका लागि …!’ लेखिएको सो ट्विटमा दुई वटा फोटो थिए, एउटा- उनको आफ्नै मास्क लगाएको, अर्को- हावाबाट कोभिड १९ सर्छ, भाइरस हावामा ८ घण्टा बाँच्छ लेखिएको र सिएनबिसीको डब्ल्युएचओका अधिकारीको फोटोसहितको एउटा समाचारसहितको फोटो।

उनको यो फोटोमा रहेको जानकारी भने सही होइन, फेक हो। हामीले गरेको फ्याक्टचेकमा देखिएका तथ्य यस्ता छन्।

लकडाउनपछिकाे नियमित दिनचर्या । मुखमा मास्क नटुटाउने स्वअनुशासनकाे परिपालना । जगत भलाेका लागि …! pic.twitter.com/rVQ1suhYOH

— Surya Thapa (@ThapajiSurya) April 14, 2020

प्रधानमन्त्रीका सल्लाहकारले ट्विट गरेको सिएनबिसीको समाचार गलत होइन, सही हो। सिएनबिसीले WHO considers ‘airborne precautions’ for medical staff after study shows coronavirus can survive in air शीर्षकमा समाचार पक्कै पनि राखेकै हो। यहाँ क्लिक गरी हेर्न सकिन्छ।

तर बुझ्नु पर्ने कुरा के हो भने त्यो समाचारमा कतै पनि कोरोना भाइरस हावामा ८ घण्टा बाँच्छ लेखिएको छैन।

डब्ल्युएचओले गत मार्च २९ मा नै यो गलत रहेको बारे आफ्नो आधिकारिक ट्विटरबाट ट्विट गरिसकेको छ-

FACT: #COVID19 is NOT airborne.

The #coronavirus is mainly transmitted through droplets generated when an infected person coughs, sneezes or speaks.

To protect yourself:
-keep 1m distance from others
-disinfect surfaces frequently
-wash/rub your ?
-avoid touching your ??? pic.twitter.com/fpkcpHAJx7

— World Health Organization (WHO) (@WHO) March 28, 2020

डब्ल्युएचओका अनुसार कोभिड १९ भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा वा बोल्दा हावासँगै छिटा अर्थात् ड्रपलेट्सबाट सर्छ। तर यी ड्रपलेटहरु यति गह्रुँगा हुन्छन् कि हावामा
झुण्डिरहन सक्दैनन्। त्यसैले छिट्टै तल भूँइमा खस्छन्।

संक्रमित व्यक्तिको एक मिटर नजिक हुनुहुन्छ भने श्वास लिँदा हावाबाट सर्न सक्छ। अथवा त्यस्तो भाइरस परेको सतहमा छुँदा र त्यसपछि आँखा, नाक वा मुखमा छुँदा सर्न सक्छ।

त्यसैले डब्लुएचओले आफूलाई सुरक्षित राख्न अरुबाट कम्तिमा एक मिटर टाढा बस्न, बारम्बार छुनु पर्ने सतहलाई डिसइन्फेक्ट गर्न, हात साबुनपानीले बारम्बार धुन र आँखा, मुख र नाकमा नछुन भनेको छ।

फ्याक्टचेक डट ओआरजीले पनि यसबारे विस्तृत फ्याक्टचेक गरिसकेको छ। यसको निचोड छ, भाइरस हावाबाट सर्ने “airborne” हुनसक्ने प्रमाणहरु बारे अध्ययनहरु त भइरहेका छन्। तर यस्तो “airborne” शब्द प्रयोग गर्न सन्दर्भहरु मिल्नु पर्छ। भाइरस हावामा आठ घण्टा बाँच्छ भन्ने कुरा प्रमाणित छैन। त्यसैले हावाबाट सर्छ भनेर जति बेला पनि मास्क लगाइराख्नु जरुरी छैन।

मास्कबारे डब्ल्युएचओले कोभिड १९ को लक्षण देखिएमा वा त्यस्तो लक्षण लागेकालाई भेट्नु परेमा मात्र मास्क लगाउन भन्छ। हेर्नुस् मास्क लगाउने बारे डब्लुएचओको सुझाव

यसमा एसियाली देश र युरोप अमेरिकामा अलि फरक देखिएको थियो। अमेरिकाको सिडिसीले मास्क लगाउन आवश्यक नभएको भन्ने बारे केही अघिसम्म बताइरहेको थियो। जबकि एसियाली देशहरुमा सरकारले नै मास्क लगाउन अनुरोध गरिरहेको थियो। अहिले संक्रमण बढेसँगै सिडिसीले पनि मास्क लगाउन सुझाव दिइसकेको छ। 

नेपालमा घरबाहिर जाँदा मास्क लगाउन सरकारले आग्रह गरेको छ, जतिबेला पनि जहिले पनि मास्क लगाउन भनेको छैन।

बुझ्नु पर्ने कुरा के हो भने, मास्क लगाउँदैमा कोरोना भाइरसबाट बचिँदैन। जस्तै मास्क लगाएको छ तर आँखामा चश्मा नलगाउने मान्छे हो भने संक्रमित व्यक्तिले खोकेर छिटा आँखामा लाग्यो भने त कोरोना भाइरस सर्छ। मास्क प्रयोग पनि उचित ढंगले गर्न जरुरी छ।

त्यसैगरी हावामा आठ घण्टासम्म कोरोना भाइरस बाँच्छ भन्ने दावी गलत हो।

1 thought on “प्रमका प्रेस सल्लाहकारको ट्विटमा गलत जानकारी, हावामा ८ घण्टा कोरोना भाइरस बाँच्दैन”

  1. Santosh PRADHAN says:
    April 15, 2020 at 1:32 am

    Thank you very much for your effort to give us correct information ??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme