Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँको सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण पुष्टि

Posted on April 14, 2020April 14, 2020 by Salokya


सनसिटी अपार्टमेन्टको फाइल फोटो।

काठमाडौँको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा RDT परीक्षणबाट कोभिड १९ पुष्टि भएपछि यकिन गर्न PCR विधिबाट परीक्षण गरिएकोमा दुई जनामा पुष्टि भएको छ। मन्त्रालयले सवा ४ बजे गर्ने दैनिक प्रेस ब्रिफिङभन्दा अघि आफ्नो फेसबुक पेजमा यसबारे जानकारी दिएको हो। चैत ५ गते बेलायतबाट आएकी ८१ वर्षीया आमा र ५८ वर्षका छोराको PCR बाट पनि कोरोना पोजिटिभ भेटिएको हो। स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्नुअघि नै मिडियामा यसबारे समाचार आएका थिए। बुहारीको पनि RDT परीक्षण पोजिटिभ भेटिएकोमा PCR परीक्षणमा पहिलो पटक नभेटिएको रहेछ। यसमा अलि कन्फ्युजन देखिएकोले पुनः स्वाब लिएर परीक्षण थालिएको छ।

तीनै जनालाई प्रहरीले हिजै राति पाटन अस्पतालको आइसोलेसन वार्डमा लगेर राखिसकेको छ। यसैगरी करिब ५ सय जना बस्ने सनसिटी अपार्टमेन्ट पूरै सिल गरिएको छ।

कोरोना संक्रमित भएकाहरु ब्लक ए टावरमा बस्ने गर्थे। त्यहाँ जम्मा ५ वटा टावर छन्।

उनीहरु लक्षण भएका कारण आफै अस्पताल गएर जाँच गराउँदा कोरोना भेटिएको हैन। विदेशबाट आएको भनेर थाहा पाएपछि RDT गर्दा भेटिएका हुन्। यो हिसाबले उनीहरुमा लक्षण देखिएको छैन। शायद् यो कोरोना भाइरस रहेको तर अन्तिम चरणमा रहेको अर्थात् निको हुने क्रममा रहेको हुनसक्छ।

तर यो बीचमा कोरोना भाइरस सक्रिय रहेको समयमा उनीहरुले अरु कति जनालाई सारेका होलान्? यसका लागि कन्ट्याक्ट ट्रेसिङ आवश्यक पर्छ।

धेरै जनाको सामूहिक बसोबास भएको अपार्टमेन्टमा नेपालको पहिलो कोरोना पोजिटिभ केस भएका कारण यसमा अलि सतर्कता अपनाउन आवश्यक भएको हो।

सँगै सकारात्मक कुरा के पनि हो भने लकडाउनका कारण उनीहरुबाट अरु धेरैमा सर्ने सम्भावना कम भयो। लकडाउन नभएको भए बेरोकटोक उनीहरु कता कता पुग्थे कता कता। अब उनीहरुसित सम्पर्कमा भएकाहरुलाई पछ्याएर परीक्षण गर्न आवश्यक हुने भएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १६ पुगेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme