Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के अमेरिकी राष्ट्रपति ट्रम्पले सात दिनभित्र विदेशीलाई आफ्नो देश फिर्ता जान आदेश दिएका हुन्?

Posted on April 11, 2020April 11, 2020 by Salokya


अहिले सोसल मिडियामा एउटा समाचार भाइरल हुँदैछ। विभिन्न अनलाइनहरुले राखेका समाचारहरुमा दावी गरिएको छ कि सात दिनभित्र आफ्ना नागरिक फिर्ता लिन नेपालसहितका देशलाई ट्रम्पले आदेश दिए। आफ्ना नागरिक फिर्ता नलैजाने देशलाई भिसा प्रतिबन्ध लगाउने चेतावनी ट्रम्पले दिए। नेपालको समेत नाम तोकेर ट्रम्पले आफ्ना नागरिक फर्काउन चेतावनी दिए।

के यी समाचार सही हुन् त? हामीले गरेको फ्याक्टचेकमा देखिएका तथ्य यस्ता छन्।

सूचना विभागमा दर्ता भएको राजनीति डट कमले ७ दिन भित्र अमेरिका छोड्न बिदेशीलाइ ट्रम्पको चेतावनी शीर्षक समाचारमा लेखेको छ, ‘काेराेना महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लैजान आदेश दिएका छन् । कोरोनाको महामारी तीब्र रुपमा फैलिरहेको बेला ट्रम्पले नेपालसहित विश्वका विभिन्न देशहरुलाई सो आदेश दिएका छन्।’

त्यस्तै, सूचना विभागमा दर्ता भएको अनलाइन डबलीले ‘सात दिनभित्र आफ्ना नागरिक फिर्ता लिन नेपालसहितका देशलाई ट्रम्पको आदेश’ शीर्षकको समाचारमा लेखेको छ- ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लैजान आदेश दिएका छन् । कोरोनाको महामारी तीब्र रुपमा फैलिरहेको बेला ट्रम्पले नेपालसहित विश्वका विभिन्न देशहरुलाई सो आदे दिएका छन्।’

सो अनलाइनले स्रोतका रुपमा न्युयोर्क टाइम्सलाई उद्‍धृत गर्दै लेखेको छ, ‘न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति ट्रम्पले फिर्ता नलिएमा वा जान अटेर गर्ने विदेशी नागरिकलाई जरिवाना तिर्नुपर्ने एक आदेशपत्रमा हस्ताक्षर गरेका छन्। यो आदेश पत्र जारी भएसँगै अब अमेरिकामा रहने विदेशी नागरिकलाई प्रशासनले जरिवाना तिराउनेछ।’

यो भ्रम फैलाउने खबर हो। न्युयोर्क टाइम्सको समाचारमा रोयटर्स समाचार एजेन्सीको एउटा समाचार छ, ‘Trump: U.S. Could Impose Visa Sanctions on Countries Not Accepting Deportees’ शीर्षकको। त्यसमा स्पष्ट लेखिएको छ, The order did not name any countries. अर्थात् ट्रम्पको आदेशमा कुनै पनि देशको नाम उल्लेख गरिएको छैन। त्यसैले नेपालको नाम शीर्षकमै राखेर समाचार लेख्नुको उद्देश्य भ्रम फैलाउनु मात्र रहेको देखिन्छ।

हेर्नुस् न्युयोर्क टाइम्समा प्रकाशित समाचार

खासमा भएको के हो ?

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार एउटा मेमो जारी गरेका थिए। भिसा प्रतिबन्ध शीर्षक राखी ट्रम्पले सो मेमोरेन्डम सेक्रेटरी अफ होमल्यान्ड सेक्युरिटी (हाम्रो गृहमन्त्री जस्तो भनौँ न) लाई लेखेका हुन्।

यो मेमो यहाँ क्लिक गरी हेर्न सकिन्छ।

सोसल मिडियामा हल्ला भए जस्तो वा केही अनलाइनले समाचार लेखे जस्तो अमेरिकामा भएका नेपालीसहितका विदेशीलाई देश फर्कने वा सम्बन्धित देशहरुलाई सात दिनभित्र फिर्ता लैजान दिएको आदेश होइन यो।

त्यसो भए के हो त ?

अमेरिकाले गैरकानुनी रुपमा बसेकाहरुलाई मुद्दा चलाएपछि अदालतले डिपोर्ट गर्ने आदेश दिइसकेकाहरुको हकमा मात्र लागू हुने मेमो हो यो। यस्ता डिपोर्टको आदेश भइसकेकाहरुलाई डिपोर्ट गर्न खोज्दा जुन देशका ती नागरिक हुन्, ती देशले कोरोना भाइरस संक्रमणको कारण देखाएर स्वीकार गर्न नमाने त्यस्ता देशमाथि भिसा प्रतिबन्ध लगाउन सक्ने मेमोमा उल्लेख छ।

मानौँ अमेरिकी अदालतले भारतको कुनै नागरिकलाई डिपोर्ट गर्ने आदेश दियो। यस्तो अवस्थामा भारतले उसलाई आफ्नो नागरिक भनेर स्वीकार गर्नुपर्छ। अनि डकुमेन्ट बनाउनेदेखि लिएर सबै प्रक्रिया पुर्‍याउनु पर्छ भारतले नै। अमेरिकाले प्लेनै चार्टर गरेर त्यस्तालाई सम्बन्धित देशमा पुर्‍याउने गर्छ।

गएको पुसमा अवैध रूपमा अमेरिका प्रवेश गरेका चार र ओभरस्टे बसेका एक जनालाई अमेरिकी सरकारले विमान चार्टर गरेर नेपाल ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो। उनीहरु अमेरिकी अदालतले डिपोर्ट गरेकाहरु थिए। यससम्बन्धी समाचार कान्तिपुरमा हेर्न यहाँ क्लिक गर्नुस्।

अब यहाँ कोरोना भाइरसको कारण देखाउँदै याँ याँ वाँ वाँ गर्ने देशहरुलाई सीधै भिसा प्रतिबन्ध लगाउन सक्ने मेमो पठाएका हुन् ट्रम्पले। सात दिनको म्याद चाहिँ सेक्रेटरी अफ स्टेट माइक पम्पियोलाई हो। उनले सात दिनभित्र भिसा प्रतिबन्ध लगाउन प्लान बनाइसक्नु पर्नेछ।

त्यसैले अमेरिकामा भएका नेपाली लगायत सबैलाई सात दिनभित्र देश छाड्न ट्रम्पले आदेश दिएको भन्ने शैलीमा आएका समाचार मिथ्या, भ्रामक हुन्।

3 thoughts on “के अमेरिकी राष्ट्रपति ट्रम्पले सात दिनभित्र विदेशीलाई आफ्नो देश फिर्ता जान आदेश दिएका हुन्?”

  1. Mukunda Thapa says:
    April 12, 2020 at 10:42 am

    sala patrukarharu view badhauna je pani lekhchhan.Aba youtuber harule yeshla jhan jhan kati ucchalne hun.

    Reply
  2. Aman says:
    April 11, 2020 at 11:31 pm

    t news lekhne pit patrakaar harulae english pani aaunu paro ni

    Reply
  3. आनन्द श्रेष्ठ says:
    April 11, 2020 at 10:17 pm

    यस्ता पत्रकारहरूकै कारण समाजमा एउटा नयॉ शब्दको उत्पत्ति भएको छ-पत्रुकार। यस्तालाई तत्काल माफ़ी माग्न लगाई आफ्नो समाचार सच्याउन लगाउनु पर्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme