Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा बाघलाई कोरोना भएपछि वन्यजन्तु जोगाउन नेपालमा के छ तयारी?

Posted on April 10, 2020 by राजु आचार्य

– राजु आचार्य –


सन् २००८ मा ब्रन्ङस चिडियाखानामा खिचिएको बाघको फाइल तस्वीर। हाल यही चिडियाखानामा रहेको बाघमा कोरोना भाइरस देखिएको छ।

गत मार्च १६ देखि सर्वसाधारणको लागि बन्द गरिएको ब्रन्ङस चिडियाखाना एकाएक चर्चामा आयो। अमेरिकाको न्यूयोर्कस्थित सो चिडियाखानामा रहेको ४ वर्षीय पोथी बाघ कोरोना भाइरस संक्रमित भयो भन्ने खबरले विश्वव्यापी स्थान पायो। सो बाघको नाम नाडिया हो। ७ वटा बाघ र सिंहमा गरिएको परीक्षण पछि सो नतिजा आएको थियो। मानिसबाट वन्यजन्तुमा सरेको यो नै सम्भवतः पहिलो अभिलेख थियो। यसअघि चीनमा वन्यजन्तुबाट मानिसमा सरेको विश्वास गरिन्छ। विश्व स्वास्थ्य सङ्गठन र सम्बन्धित चिडियाखानाले अनुसन्धानलाई तीव्रता दिएका छ