Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोना सर्वेक्षण : पत्रपत्रिकाबाट जानकारी पाउने सबैभन्दा कम

Posted on April 8, 2020 by Salokya


कोरोना सम्बन्धी जानकारी आमसञ्चारका कुन साधनले सर्वसाधारणलाई पुर्‍याएको होला? पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, सोसल मिडिया? शेयरकास्ट इनिसियटिभ नेपालले कोरोना भाइरससँग सम्बन्धित विषयमा गरेको राष्ट्रिय सर्वेक्षणको नतिजाले पत्रपत्रिकाबाट जानकारी पाउने सबैभन्दा कम देखाएको छ। पत्रपत्रिकाबाट यो सम्बन्धी जानकारी पाएँ भन्नेहरु एक प्रतिशत पनि छैनन्। सबैभन्दा बढी प्रभावकारी भने रेडियो देखिएको छ (६७.३ प्रतिशत) त्यसैगरी टेलिभिजन पनि ६२.७ प्रतिशत छ। कोरोनाको संक्रमण फैलिएपछि अधिकांश साप्ताहिक पत्रिकाहरु बन्द भएका छन्। काठमाडौँ बाहिर पनि धेरै पत्रिकाको प्रकाशन स्थगन भएको छ। मूलधारका मिडियामध्ये कान्तिपुरले एक हप्ता प्रकाशन स्थगन गरेर गएको शनिबारदेखि पुनः प्रकाशन सुरु गरेको छ भने नागरिक दैनिकले निःशुल्क पत्रिका वितरण गरिरहेको छ। 

रेडियो र टेलिभिजनपछि तेस्रो ठूलो संख्या (२५.९ प्रतिशत) फेसबुकको छ। फेसबुक फेक जानकारी पनि फैलिने ठाउँ भएकोले यो महामारीको बारेमा नेपालीहरुमा मिथ्या जानकारी पनि धेरै फैलने खतरा देखिन्छ।

चौथो संख्या (११.६ प्रतिशत) अनलाइनको छ। पत्रपत्रिका र ट्विटरबाट जानकारी पाउँछु भन्नेको संख्या उत्ति नै (०.७ प्रतिशत) छ। बरु युट्युबबाट पाउँछु भन्नेको संख्या झण्डै ८ प्रतिशत छ।

कोरोना भाइरसको महामारीको बारेमा के कस्ता कुरा सुन्नुभएको छ भन्ने प्रश्नमा आँगन खनेर कोइला निकालेमा निको हुन्छ भन्ने सुनेको बताउने ७.८ प्रतिशत छ। त्यसैगरी भगवानको पूजा गरेमा निको हुन्छ, भाकल गरेमा निको हुन्छ, येशुको प्रार्थना गरेमा निको हुन्छ, धामीझाँक्रीकहाँ गएर पूजा गरेमा निको हुन्छ, ग्रहशान्ति गरेमा निको हुन्छ भनेको सुन्नेहरु पनि छन्।

शेयरकाष्ट इनिशियटिभ नेपालले २०७६ सालको माघ-फाल्गुण महिनामा नेपालको सात वटा प्रदेशका ४७ वटा जिल्ला (हिमाल, पहाड र तराई तथा शहर र गाउ) मा बसोबास गर्ने नेपालीको प्रतिनिधित्व हुने गरी “पिपिएस विधि” को प्रयोगबाट नेपाल मिडिया सर्वेक्षण २०२० सम्पन्न गरेको थियो । यस अन्तर्गत र्‍यान्डम छनौट विधीबाट पालिका, वडा र घरधुरीको छनोट गरी चिट्ठा विधीबाट ४८३० जना व्यक्तिहरुसँग प्रत्यक्ष कुराकानी गरिएको थियो ।

नेपाल मिडिया सर्वेक्षणमा सहभागि भएका तिनै ४८३० जना उत्तरदाताहरुमध्ये पुनः र्‍यान्डम छनौट विधिबाट यस कोभिड-१९ सर्वेक्षण का लागि १५०० जनालाई छनोट गरिएको हो। छनौटमा परेका १५०० जना उत्तरदाताहरु मध्ये १११० जनाले कोभिड-१९ सँग सम्बन्धित विषयमा उनीहरुको धारणा, बुझाई र अभ्यासका वारेमा यस सर्वेक्षण मार्फत जानकारी प्रदान गरेका छन् ।

शेयरकाष्ट इनिशियटिभ नेपालबाट तालिमप्राप्त १२ जना गणकहरुले उत्तरदाताहरुसँग प्रत्यक्ष टेलिफोन अन्तर्वार्ता गरि यस कोभिड-१९ सर्वेक्षण का लागि तथ्याकं संकलन गरेका हुन्। तथ्याकं संकलन २०७६ चैत २२, २३ र २४ गते गरिएको हो।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गरिरहेको प्रयासबाट सन्तुष्ट हुने ६२.८ प्रतिशत छन्। स्थिति सामान्य नहुन्जेल लकडाउन गरेकै राम्रो भन्नेहरु ६८.२ प्रतिशत छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme