Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोना भाइरस र अमेरिकामा पक्राउ परेका प्रोफेसरको कुनै सम्बन्ध छैन, नझुक्किनुस्

Posted on April 7, 2020April 7, 2020 by Salokya


विगत केही दिनदेखि हामीलाई अमेरिकामा पक्राउ परेका हावर्ड विश्वविद्यालयका प्रोफेसरको बारेमा फ्याक्टचेक गर्न अनुरोध पाठकहरुले गर्नुभएको छ। धेरैले एउटा भाइरल भएको भिडियो पठाउनु भएको छ जसमा एफबिआईले हार्वर्ड विश्वविद्यालयका प्रोफेसरलाई पक्राउ गरेको दावी गरिएको छ। सोसल मिडियामा भाइरल भइरहेकै विषयमा मूलधारको टेलिभिजन इमेज च्यानलको वेबसाइट र अन्य थुप्रै कपिपेस्ट अनलाइनहरुले पनि यो समाचार राखेका छन्। प्रोफेसर पक्राउ परेका जरुर हुन्, तर त्योसँग सम्बन्धित विवरणहरु भने झुटा हुन्। हामीले फ्याक्टचेकका क्रममा फेला पारेको तथ्य यस्तो छ।

भाइरल भएका दुई भिडियो यस्ता छन्। एउटामा एक अमेरिकी अधिकारीले मात्र बोलेका छन्।

अर्कोमा भने समाचार छ।

दुवै भिडियोसँगै यस्तो पनि लेखेर फरवार्ड गर्ने गरिएको छ-

Finally FBI arrested a professor from Boston university who was in connection with Chinese university and research lab in Wuhan, and was highly paid by China…….Now it is very close to clear that corona virus is a Bio Attack planned and conducted by China.
– A Chinese expert assures everybody that inhalation of a steam from hot water kills Corona virus 100 percent. Even if the virus entered the Nose, throat or Lungs. Corona Virus can not stand the hot water steam…
PLEASE CIRCULATE THIS INFORMATION TO ALL YOUR FAMILY MEMBERS AND FRIENDS

सामाजिक सञ्जालमा मात्र भाइरल भइरहेको यो विषयमा आज इमेज च्यानलमा समाचारै आयो-

नयाँपेज लगायत थुप्रै कपिपेस्ट अनलाइनहरुले पनि यो समाचार राखेका छन्।

के यो समाचार सही हो त?

यो समाचार आधा सही, आधा गलत हो। के सही हो र के गलत त ? स्नुप्स डट कमले १८ फेब्रुअरीमा नै यो बारेमा फ्याक्टचेक गरिसकेको छ।

सही खबर :
हार्वर्ड विश्वविद्यालयका प्रोफेसर चार्ल्स लाइबर जनवरी २०२० मा पक्राउ परेका थिए। उनीमाथि आरोप छ- वुहान प्राविधिक विश्वविद्यालयबाट प्राप्त भएको भनिएको कोषको बारेमा र उनको चिनियाँ सरकारले प्रायोजन गरेको भर्ती कार्यक्रममा सम्बन्धबारे संघीय अधिकारीहरुलाई झुटो बोल्नु।

गलत खबर :
लाइबरको गिरफ्तारीको नोभेल कोरोना भाइरससित केही पनि सम्बन्ध छैन। यो भाइरस चीन वा अरु कतै बनाइएको वा विकास गरिएको पनि होइन।

कसरी फैलियो खबर?
जनवरी २८, २०२० मा लाइबर पक्राउ परे लगत्तै यो किसिमको षड्षन्त्र सिद्धान्त सुरु भएको हो। त्यसमाथि चीन र उहान विश्वविद्यालय जोडियो। उहान त्यही सहर हो जहाँबाट यो भाइरस फैलिएको थियो। त्यतिबेलै २८ हजार सेयर सहित भाइरल भएको यो फेसबुक पोस्ट हेर्नुस्

फ्याक्टचेक डट ओआरजीले पनि यो बारेमा फेब्रुअरीमा नै फ्याक्टचेक गरिसकेको छ।

त्यसमा उल्लेख भए अनुसार अमेरिकाको न्याय मन्त्रालयले जनवरी २८ मा लाइबर र दुई जना चिनियाँ नागरिकलाई लगाइएको अभियोगबारे एउटै प्रेस रिलिजमाजानकारी दिइएको थियो। तर यी तीन वटै केस अलग अलग भएको त्यो प्रेस रिलिजको शीर्षकमै उल्लेख छ

लाइबर हार्वर्ड विश्वविद्यालयको केमेस्ट्री र केमिकल बायोलोजी डिपार्टमेन्टका प्रमुख थिए। उनले अमेरिकी रक्षा मन्त्रालय र नेसनल इन्स्टिच्युट्स अफ हेल्थ दुवै निकायलाई आफ्नो वुहान विश्वविद्यालयसितको सम्बन्धको बारेमा ढाँटेका थिए। त्यसैगरी चीनको थाउजेन्ड ट्यालेन्ट्स प्लान नामको कार्यक्रम, जसको उद्देश्य चिनियाँ प्रवासी र विदेशी वैज्ञानिकहरुलाई चीनका लागि काम गराउने हो, बारेमा पनि ढाँटेका थिए।

लाइबरमाथि चिनियाँ सरकारबाट १५ लाख डलरभन्दा बढी रकम वुहानमा ल्याब सुरु गर्न लिएको, मासिक ५० हजार डलर तलब र भत्ता लिएको आरोप पनि छ।

फ्याक्टचेक डट ओआरजीले अमेरिकी न्याय मन्त्रालयलाई कोरोना भाइरससितको सम्बन्धको बारेमा सोधेको प्रश्नको जवाफमा त्यहाँका प्रवक्ताले इमेलमा भनेका थिए, ‘न्याय मन्त्रालयले यस्तो कुनै आरोप लगाएको छैन।’

तर नेपालमा आएका समाचारमा भने ‘अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका’ भनेर शीर्षकमै राखिएको छ। पक्रनेले नै नलगाएको आरोप कसले लगायो?

लाइबर नानो साइन्टिस्ट हुन्। उनको अनुसन्धान नानोवायर्सलाई सेल्समा प्रयोग गर्ने विषयमा छ। उनी बायोलोजिस्ट हैनन्। न उनमा भाइरसबारे कुनै विज्ञता छ।

उनको सम्बन्ध रहेको भनिएको उहान प्राविधिक विश्वविद्यालयले पनि भाइरस सम्बन्धी काम गर्दैन। यो मुख्यतया इन्जिनियरिङको शिक्षा दिने विश्वविद्यालय हो।

कोरोना भाइरस मानवनिर्मित जैविक हतियार हो?
यस्तो हल्ला धेरै भएको छ। चीनमा यो भाइरस फैलँदा त हाम्रा एक नेता नारायणमान बिजुक्छेले सार्वजनिक रुपमा भाषण गरेरै यो अमेरिकाको षड्यन्त्र भएको बताएका थिए। अमेरिकामा भने यो चीनको षड्यन्त्र भएको हल्ला चलेको छ। त्यहाँका नेता (सिनेटर)ले समेत यस्तो बोल्छन्। तर यो भाइरस मान्छेले बनाएको भन्ने अहिलेसम्म कुनै विश्वसनीय प्रमाण फेला परेको छैन। बरु धेरै अध्ययनहरुले यो मान्छले बनाएको भाइरस नभएको चाहिँ देखाएको छ।

सम्बन्धित डकुमेन्ट
प्रोफेसर लाइबरलाई के अभियोग लगाइएको छ? चार्जिङ डकुमेन्ट पढ्नुस्।
अमेरिकी न्याय मन्त्रालयको प्रेस विज्ञप्ति पढ्नुस्।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता समाचार तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम नगर्नुस्।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

3 thoughts on “कोरोना भाइरस र अमेरिकामा पक्राउ परेका प्रोफेसरको कुनै सम्बन्ध छैन, नझुक्किनुस्”

  1. मुकेश यादव says:
    April 9, 2020 at 8:00 am

    रमन जी त्यो त् सारै अचाक्ली करेछ्न / त्यसरी त्यासकै आँखा अगाडी उसको श्रीमती र छोरी लाइ जघन्य करेछ्न र बबाल करेछ्न

    तेसो तो हैन साथि तर एक पटक एस्ता भ्रम को खेति करने लाइ राम्रैसंग चार पान्च लठैत लगेर धुलाई करनु परने र छिंडी मा कोचनु परने

    Reply
  2. Ramesh Adhikari says:
    April 8, 2020 at 12:27 pm

    Thank you so much Salokya ji. You are one of the best Blogger of NEPA, keep it up. Thank You.

    Reply
  3. रमन सुब्बा says:
    April 8, 2020 at 6:43 am

    फेक समाचार फैलाएर मजा लुट्ने हरु

    पाँच छ बर्ष अगाडी व्लादिवोस्तोक रसिया मा एउटा जलिरहेको घर मा आगो निभाउने क्रम मा दमकल कर्मचारी हरुले घर भित्र विभत्स दृश्य देखे / जलेका लाश। मारिएका कुकुरहरु , दन्दन बलिरहेको घर

    यो घर एक धनाड्य फेक न्युज वेबसाइट का संचालक निकोलाई को थियो / फेक समाचार फैलाएर र देश भर जनता हरु लाइ एस एम एस मेसेज मार्फत फेक न्युज र विज्ञापन पठाएर करोडौं कमाएको त्यस संचालक को कम्पनी ले एक दिन एक कुख्यात डन को श्रीमती को फोन मा पनि एस एम एस पठाएछ/ डन कि श्रीमती ले त अश्लिल विज्ञापन भएको एस एम एस पाइछिन र श्रीमान लाइ भनी छिन /

    त्यस पछी त्यो कुख्यात डन ले कुन कम्पनी मार्फत एस एम एस आएको हो पत्ता लाग्ने वित्तिकै त्यस फेक न्युज संचालक निकोलाई को घर मा स्वचालित हतियार ले सुसज्जित भएका आफ्ना गेङ्ग का सदस्य हरु र साथै शिकारि कुकुर हरु लाइ लिएर गएछ / पहिला त्यसकी स्वास्नी र छोरी लाइ आठ दस जना त्यसका मुस्तंड हरु ले तिन चार घण्टा सामुहिक रुपमा गर्नु नगर्नु किर्ति गरेछन र निकोलाई लाइ हेर्न बाध्य गरेछन / त्यसपछि दुवै आइमाई लाइ शिकारी कुकुर हरु ले लुछेछन / त्यति ले नपुगेर यी अपराधी हरुले दुवै आइमाई लाइ जिउन्दै जलाएछ्न /

    निकोलाइ लाइ भने उनीहरुले करिब पांच छ घन्टा बबाल संग सात आठ जना मिलेर निर्घात संग चुटेछन र ति मध्ये तिन चार जना ले त निकोलाइ को गुदद्वार लाइ समेत छोडेनछन / निर्घात कुटाइ र मलद्वार को बलात्कार तत्रो घण्टा सम्म भएपछी तिनीहरुले निकोलाइ लाइ पनि जिउन्दै ज्लाएछ्न

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme