Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गृह र स्वास्थ्य मन्त्रालयको तथ्याङ्कै फरक, गृहले प्रदेश ५ मा एक जना कोरोना संक्रमित पो देखाउँछ

Posted on April 7, 2020 by Salokya


गृहमन्त्री रामबहादुर थापा बादलको आतिथ्यमा कोभिड १९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टिन अनुगमन प्रणाली हिजो सार्वजनिक गरिएको खबर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ट्विटरबाट जानकारी पाइयो। वेबसाइट रहेछ https://covid19.ndrrma.gov.np यसअघि स्वास्थ्य मन्त्रालयले पनि पत्रकार सम्मेलन गरेरै यस्तै खालको एउटा वेबसाइट सार्वजनिक गरेको थियो https://covid19.mohp.gov.np/ दुवै वेबसाइट आज दिउँसो हेर्दै गर्दा अचम्म लाग्यो। कोरोना संक्रमितको तथ्याङ्क नै दुई मन्त्रालयको फरक रहेछ। गृह मन्त्रालयको वेबसाइटले प्रदेश ५ मा पनि एक जना कोरोना संक्रमित भएको देखाउँछ। जबकि स्वास्थ्य मन्त्रालयको वेबसाइटमा भने हालसम्म वाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशमा मात्र कोरोना संक्रमित फेला परेको देखाउँछ।

माननिय गृहमन्त्री राम बहादुर थापा बादल ज्यूको आतिथ्यमा COVID-19 एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाईन अनुगमन प्रणाली सार्वजनिकिकhttps://t.co/ys6kQyNmEJ pic.twitter.com/Z69vxzfj0w

— NDRRMA (@NDRRMA_Nepal) April 6, 2020

प्राधिकरणको ट्विटमा राखिएका फोटोहरुमा नै प्रदेश ५ मा संक्रमित व्यक्ति भएको जनाउने थोप्लो भएको देखिन्छ।

वेबसाइटमा गएर त्यो थोप्लोमा क्लिक गर्दा देखिने यस्तो हो-

त्यसमा COV-NPL-08 लेखिएको छ। Current Status : Active, Gender: Male र Age: 41 लेखिएको छ। यसको अर्थ प्रदेश ५ मा कोरोनाको संक्रमण भएका ४१ वर्षीय पुरुष भएको र उनी निको नभएको भन्ने बुझिन्छ।

तर स्वास्थ्य मन्त्रालयको वेबसाइटमा भने यस्तो छैन।

स्वास्थ्य मन्त्रालयको वेबसाइटमा तीन प्रदेशमा मात्र कोरोना संक्रमित भेटिएको उल्लेख छ। प्रदेश ५ मा ० लेखिएको छ।

त्यसो भए गृह मन्त्रालयले प्रदेश ५ मा कहाँबाट भेट्यो त कोरोना संक्रमित व्यक्ति ? नेपालमा कोरोना भेटिएको पहिलो केसको घर नेपालगन्ज अर्थात् प्रदेश ५ मा थियो। तर उनी ३१ वर्षीय पुरुष थिए। उनको परीक्षण काठमाडौँमा भएको थियो र त्यहीँ पत्ता लागेको थियो। उनी निको भइसकेका छन्। अर्थात् यही कुरा गृहको साइटमा राखिएको भए पनि उमेर र एक्टिभ स्टायटस हुनु नपर्ने हो।

मन्त्रीकै अगाडि प्रस्तुत गरिएको फोटोमा समेत प्रदेश ५ मा थोप्लो देखिएको छ।

त्यसैगरी आइसोलेसनमा रहेकाहरुको तथ्याङ्क पनि दुई वेबसाइटमा फरक फरक छ। गृहकोमा लेखिएको छ- १३१ जना।

स्वास्थ्य मन्त्रालयको वेबसाइटमा छ-  १०७ जना।

हामीले कुन तथ्याङ्क सही मान्ने हो ? लौ न कन्फ्युज भइयो। मन्त्रालय पिच्छे फरक तथ्याङ्क कसरी ? तथ्याङ्क त एउटै हुनुपर्ने होइन र ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme