Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ वर्ष पनि घरभित्रै मनाउनु पर्ने, फेरि थपियो लकडाउनको अवधि

Posted on April 6, 2020 by Salokya

यदि सबै कुरा ठीक हुँदो हो त भोलि मंगलबार चैत २५ गते राति १२ बजेपछि १५ दिनको लकडाउन खुल्ला हुन्थ्यो। तर यो बीचमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको नराम्रो खबर आयो। अर्थात् विदेशबाट आएकाबाट परिवारका सदस्यलाई कोरोना संक्रमण सरेको भेटियो। त्यसैले सरकारले आज फेरि दोस्रो पटक लकडाउनको अवधि थपेको छ। 

थपिएको समय अनुसार अब विक्रम संवतको नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्ष पनि घरैमा बसेर मनाउनु पर्ने भएको छ। यसअघि चैते दशैँ र रामनवमि पनि घरमै बसेर मनाउनु परेको थियो। त्यसअघि घोडेजात्रामा पनि कार्यक्रम भएन। घोडेजात्राको भोलिपल्ट हुनुपर्ने असनमा देउताको खट जुधाउने जात्रा पनि स्थगित भयो।

सेतो मच्छिन्द्रनाथको रथ यति बेला तान्नुपर्ने हुन्थ्यो। तर लकडाउनको कारण त्यो पनि हुन सकेन।

त्यसैगरी भक्तपुरमा नयाँ वर्षको बेला हुने बिस्केट जात्रा र बोडेको जिब्रो छेड्ने जात्रा पनि यो वर्ष नहुने देखिन्छ। लकडाउन अझै लम्बियो भने वैशाख ११ गतेको आमाको मुख हेर्ने मातातीर्थ औँसीमा समेत असर पर्नेछ। घर बाहिर रहेका आमाहरुलाई छोराछोरीहरुले भेट्न पाउने छैनन्।

अझै लकडाउनको अवधि थपिने/नथपिने हाम्रो देशमा कोरोनाका कति संक्रमित फेला पर्छन्, त्यसमा भर पर्छ। अहिलेसम्म हामी समुदायबाट समुदायमा सर्ने अर्थात् महामारीको चरणमा प्रवेश गरेका छैनौँ। त्यसैबाट बच्न नै यो लकडाउन गरिएको हो। अहिलेलाई तीन जिल्ला कैलाली, कन्चनपुर र बाग्लुङमा मात्र धेरै जनाको परीक्षण गर्ने तयारी भएको छ। छिमेकी देश भारतको कोरोना संक्रमणको स्थितिले पनि हाम्रो लकडाउन फेरि बढ्ने हो कि हैन, त्यसलाई प्रभाव पार्नेछ। भारतमा यो समुदाय स्तरमा फैलिसकेको छ। तर धन्न यो अमेरिका र युरोपेली देशको स्तरमा फैलिएको भने छैन। आजसम्म ४०६७ जनालाई संक्रमण भएको छ भने १०९ जनाको मृत्यु भएको छ। पछिल्ला दिनका भारतका तथ्याङ्क झन् निराश पार्ने खालको छ। अप्रिल ५ मा १०७३ जनामा नयाँ संक्रमण देखा पर्‍यो, अप्रिल ६ मा ६९३ जना। त्यस्तै मृत्यु हुनेको संख्या बढ्दो छ। अप्रिल ५ मा २१ जनाको मृत्यु भएको थियो भने अप्रिल ६ मा ३२ जनाको मृत्यु भयो।

1 thought on “नयाँ वर्ष पनि घरभित्रै मनाउनु पर्ने, फेरि थपियो लकडाउनको अवधि”

  1. arks says:
    April 6, 2020 at 11:48 pm

    dear salokya ji,

    Instead of making your headlines rebellious sounding “naya barsa pani ghar bhitrai manau parne” – may be messaging should be – naya barsa ghar bhitra manaunuhos…ahile ko awasta solve garna contribute garnu hos – ghar ma nai basare” bhanne po ho ki??? as a journalist…alikiti positive messaging garne ki? You are an excellent journalist…not trying to coach ..but wording and messaging makes a huge difference.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme