Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिले तिलहरी बेचेर कोरोना कोषमा रकम जम्मा गरेको : हुँदै नभएको वेबसाइटले फैलाएको हल्ला

Posted on April 5, 2020 by Salokya

केही दिनदेखि सामाजिक सञ्जालमा राष्ट्रपतिको चर्को आलोचना भइरहेको छ। आलोचनाको कारण हो- राष्ट्रपतिले कोरोना कोषमा रकम जम्मा गर्न तिलहरी बेचेको दावी गरिएको खबर। फेसबुक धेरैले यसबारे स्टायटस र ट्विटरमा ट्विट गरेका छन्। ट्विटबाइन्डरका अनुसार पछिल्लो ५ दिनमा अप्रिल १ देखि २ तारिखसम्म तिलहरी शब्द राखेर धेरै ट्विट भएका छन्। अहिले पनि तिलहरी शब्द राखेर ट्विट गर्ने क्रम जारी छ। 

ट्विटबाइन्डरको रिपोर्ट। 

तर अप्रिल १ भन्दाअघिदेखि नै तिलहरी बेचेर कोरोना कोषमा रकम जम्मा गरेको भन्दै फेसबुक र ट्विटरमा लेख्ने क्रम सुरु भएको थियो। लकडाउनको बेलामा तिलहरी कहाँ बेच्न पाइन्छ जस्ता प्रश्नहरु पनि उठेका थिए।

के साँच्चिकै राष्ट्रपतिले तिलहरी बेचेकै हो त?

राष्ट्रपति कार्यालयमा काम गर्ने अधिकारी भन्छन्- राष्ट्रपतिले दुई महिनाको तलब कोषमा दिएकी हुन्। यसबारे राष्ट्रपति कार्यालयको वेबसाइटमा विज्ञप्ति राखिएको छ। तिलहरी बेचेको  खबर वाहियात हो।

फेसबुक र ट्विटरमा यो लेख्ने अधिकांशले कुनै स्रोत खुलाएका छैनन्। तर केहीमा भने एउटा स्क्रिनसट देखिन्छ। त्यो स्क्रिनसटमा राष्ट्रपतिका दुई वटा फोटो छ भने शीर्षक “कोरोना कोषमा रकम संकलन गर्न भनी ‘तिलहरी’ बेचेकी हुँ;, राष्ट्रपति” राखिएको छ। केही स्क्रिनसटमा कुन मिडियामा यो समाचार आएको हो, केही लेखेको देखिन्न। केही स्क्रिनसटमा भने एउटा डोमेन देखिन्छ- सन्देशमिडिया डट कम।

तर यो सन्देशमिडिया डट कम टाइप गरेर हेर्नुभयो भने कुनै पनि वेबपेज खुल्दैन। यो डोमेनबारे खोज्दा पनि रजिस्ट्रारको डेटामा भेटिएन।

यो वेबसाइट ८ अप्रिल २०१५ मा दर्ता भएर २०१६ को ८ अप्रिलमा म्याद गुज्रेको र अहिले डिलिट हुने क्रममा रहेको रहेछ।

 

अर्काइभ डट ओआरजीमा पनि यो डोमेन सञ्चालनमा रहेको कुनै पेज देखिएन।

अर्थात्, समाचार मात्र हैन, समाचार छापिएको जस्तो देखाइएको वेबसाइटको स्क्रिनसट पनि नक्कली हो। यस्तो शीर्षकमा कुनै समाचार कुनै मिडियामा प्रकाशन भएकै थिएन।

तर यो हुँदै नभएको वेबसाइटको ‘समाचार’कै आधारमा धेरैले सामाजिक सञ्जालमा आफ्नो विचार राखेको पाइयो।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता समाचार तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम नगर्नुस्।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

5 thoughts on “राष्ट्रपतिले तिलहरी बेचेर कोरोना कोषमा रकम जम्मा गरेको : हुँदै नभएको वेबसाइटले फैलाएको हल्ला”

  1. Pingback: के प्रम, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा रहेका प्रहरीको मात्र तलब काटिने भएको हो? « Mysansar
  2. कपुर शाह says:
    April 6, 2020 at 3:17 pm

    उमेश सर, बास्तवमै अहिले भ्युर बढाउन अनलाईन मिडिया र सोसल मिडियाले अफवाहा फैलाई जनमानसमा त्रास र भयको बताबरण श्रृजना गर्ने गरेकोले त्यस्तो कार्य निरुत्साहित तथा फ्याक्ट चेक पनि उजागर गर्नु राम्रो होला की ?

    Reply
  3. Nimesh says:
    April 5, 2020 at 11:22 pm

    धन्यवाद माईसंसारलाई सत्य तथ्य अगाडी ल्याईदिएकोमा । नेपाली अनलाईनहरु झुठो समाचार पस्काउनमै आनन्द मानि रहेको छ । माईसंसार फ्याक्त चेतना समय बितिरहेको छ । धन्यवाद

    Reply
    1. Salokya says:
      April 6, 2020 at 1:14 am

      यो चैँ अनलाइनले फैलाएको होइन, फेसबुक प्रयोगकर्ताले फैलाएको फेक न्युज हो है।

      Reply
  4. रन्जित says:
    April 5, 2020 at 8:16 pm

    I have been following mysansar since it was mero sansar. Your article, research and case study used to be very informative and interesting. But now a days I don’t see those kind of research materials. It’s not only about the above mention news but I think your ability /capacity in journalism is much more . Hope we will get to read more from you and also get to read more comments from readers like satellite and others.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme