
शुक्रबार दिउँसो एक्कासी एउटा खबर फैलियो- कास्कीमा सातौँ कोरोना भाइरस संक्रमित भेटियो। अनलाइनखबर हुँदै यो समाचार एपिवान लगायतका टेलिभिजन र सोसल मिडियामा छाउन पुग्यो। कपिपेस्ट अनलाइनहरुलाई त के छ र, उनीहरुले त कपिपेस्ट गर्ने नै भए।
तर सँगसँगै सोसल मिडियामा सातौँ संक्रमित भएको खबर अपुष्ट भएको खबर पनि फैलियो। सोसल मिडियाका केही प्रयोगकर्ताहरुले वर्ल्डोमिटर नामको वेबसाइटमा नेपालको संक्रमितको संख्या सात देखाइसक्यो भन्दै प्रतिवादमा पनि उत्रिए। तर यो वेबसाइटले पुष्टि भइसकेका केसहरुमात्र नराखी मिडियामा आएको संख्यालाई राख्छ। यसअघि वीरगञ्जमा कोरोना संक्रमित भेटिएको अपुष्ट समाचार छाउँदा पनि यसले संख्या बढाएको थियो। तर पछि त्यो गलत ठहरियो।
नेपालमा कोरोना संक्रमित भेटिएको आधिकारिक पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणको नतिजा अनुसार स्वास्थ्य मन्त्रालयले गर्ने गर्छ। कास्कीमा सातौँ कोरोना संक्रमित भेटिएको खबर भने स्वास्थ्य मन्त्रालयबाट नभई प्रदेशबाट भएको थियो। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले भने- पोखरामा नयाँ पोजिटिभ केस भेटिएको छैन।
यो समाचार पहिलो पटक प्रकाशन गर्ने अनलाइनखबरले सुरुको समाचारमा ‘कास्कीमा भेटिए सातौं कोरोना संक्रमित’ शीर्षक राखेको थियो र त्यसमा ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ’ भनिएको थियो।

दोस्रो समाचारमा भने अनलाइनखबरले ‘पोखरामा कोरोना परीक्षण पोजेटिभ देखियो, पुनः परीक्षणका लागि टेकु पठाइयो’ शीर्षक राखेको छ। अघिल्लो समाचारमा गण्डकी प्रदेश सरकारले जनाएको भनिए पनि दोस्रो समाचारमा भने गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङलाई उद्धृत गरिएको छ। उनले भनेका छन्, ‘पहिलो रिपोर्ट पोजेटिभ आएको छ र थप परीक्षणका लागि टेकु पठाइएको छ।’

तर उनै मन्त्री किरण गुरुङले पछि फेसबुकमा यस्तो लेखे-

तर समाचार अरुतिर पनि फैलिसकेको थियो। एपि वान टेलिभिजनले पनि समाचार बनाइसकेको थियो र उसको फेसबुकमा अपडेट गरिसकेको थियो-


हल्ला धेरै फैलिएपछि स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पनि गण्डकी प्रदेशमा आज कुनै पनि नयाँ संक्रमित नभेटिएको भन्दै हल्लाको पछि नलाग्न अनुरोध गर्यो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले नै कास्कीमा नयाँ पोजिटिभ केस नभेटिएको र अहिलेसम्म कूल ६ वटा केस नेपालमा भेटिएको बताएपछि यो समाचार मिथ्या ठहरिएको छ।
तर यो मिथ्या खबर फेसबुकमा अझै फैलँदैछ। केही उदाहरण-



(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)
हैन यो मदन बज्राचार्य दाइ पनि बिग्रेको ग्रामो फोन रेकर्ड जस्तो त्यहि कुरा हजार पल्ट दोहर्याउने / हजारौं बिहारी लाइ नागरिकता दियो रे भारत यस्तो उस्तो गर्यो भनेर तथ्य FACT CHECK भन्दा बढी आफ्नो भावनात्मक सोचाइ यहाँ आएर जुन सुकै विषय मा कुरा शुरु गरे पनि त्यही कुरा घुसाउन खोज्ने दाइ ?
अनि दाइ देवनागरी मा टाइप गर्ने अरु एप्प पनि पाइन्छन / तपाइंले टाइप गरेको नेपाली पढ्न र बुझ्न गाह्रो /
भारत सित सिमना खुला राख्ने। नेपालीलाई भारतमा भारतीय सरह बस्न पाउने र् नेपालीलाई भारतको सेनामा भर्ती हुन पाउने देखि मधेशबादी बनेर आय बिहारी लाई नागरिकताको माला लगायर नेपालीले गर्दै आयको पेसा नोकरी देखि सन्सद र् मन्त्रालय् समेत् तक्राउनेकै कारनले नेपालीले नेपालमा रोजगारी नपाउने भयकोले भारतमा काम खोज्न जान परेको हो। अहिले भारतमा कोरोना फैलिन्दै छ्। तेसैले त्याहा काम-माम खोज्न गयको नेपाली आफ्नै देस फर्कन चाहेको छ्। त् सिम्हदरवारमा भारतको राजनीतिको कोरोना बिभाग चलाऊनेहरु नेपालीलाई आफ्नै देस फर्कन दिन चाहन्दैन । के नेपालीलाई नेपालमा फर्कन नदिने अधिकार छ् कथित नेपालअको सरकाललाई? छैन। नेपाल नेपालीको हो चाहे उनिहरु नेपाल भित्रै रहुन बा नेपाल बाहिर। नेपालको सरकार र् नेपालकाइ मालिक आमा नेपाली हो र् नेपालको सरकार चलाऊने त् आमा नेपालीको नोकर हो मालिक होईन। भन्नेबेलामा लोकतन्त्र रे तर लोकलाई नै आफ्नो देस प्रवेश गर्न नदिने कसरी लोकतन्त्र हो?
कोरोना फैलिन नदिन नेपाल पस्ने नेपालीलाई आवश्यक भय् क्वेरन्ताईन अैसोलेसनमा मात्रै होईन जेलमै राख्न सक्छ तर उनिहरुलाई नेपाल पस्न बाट रोक्ने अधिकार कसैलाई छैन। जस्ले रोक्न खोज्छ तेस्लाई कुनै पनि पदमा बस्न अधिकार छैन। मलाई अचम्म लाग्छ अस्ति चाइना बाट त्यहा रहेको नेपाली फर्काउन राष्ट्रको धुकुती खर्चेर हावाई जहाज पथायर नेपाल ल्याउनु पर्छ भन्ने र् ल्याउनेहारु आज देसको सिमाना सम्म अैइपुगेको नेपालीलाई नेपाल आउन दिन चाहन्दैन; किन यस्तो भेदभाव। के चाइना बाट फर्कायकाहरु नेपालको पार्ती र् सरकार चलाऊनेहरु उनिहरुको ज्वाँई साले भयकोले हो?
अव सिधा कुरा गरौ, जस्ले नेपालीको अधिकार खोस्छ चाहे त्यो ओलिको देउपा बा प्रचन्द्रको सरकार होस् सेना होस् प्रहरी होस् तिनिहरुको हुकुम मान्न नेपाली बाध्य् छैन; आधार,उदाहरण उनिहरुले उनिहरुको माग मनाउन देसको सबिधान कानुन सरकार ब्यब्स्था नमानेकै लिउ। सिमाना सम्म अैइपुगेको नेपालीले आँत गरेर आवश्यक भय् उनिहरुलाई नेपाल पस्न रोक्नेलाई धकेलेर नेपाल फर्कनु पर्छ।