Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोनाका कारण न्युयोर्कमा गगनचुम्बी भवनबाट मान्छे हाम्फालेका हैनन्

Posted on April 3, 2020April 3, 2020 by Salokya

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो निकै सेयर भएको देखिन्छ। भिडियोसँगै लेखिएको हुन्छ- New York case person jumping off the building due to corona. ३१ सेकेन्डको मोबाइलले खिचेको यो भिडियोमा एकछिन बाटो र गाडी र साइरन सुनिन्छ। हेर्दाहेर्दै एउटा अग्लो भवनबाट एक जना खसेको देखिन्छ।

के सामाजिक सञ्जालमा सेयर गरिए जस्तो त्यो मान्छे कोरोनाकै कारण हाम्फालेको हो त? यो विषयमा फ्याक्टचेक गर्ने क्रममा देखिएका तथ्य यस्ता छन्।

अगाडिका केही दृश्य काटिएको ११ सेकेन्डको यो भिडियो युट्युबमा ५ अप्रिल २०१७ मा नै अपलोड भएको देखिन्छ, जतिबेला कोरोना भाइरस संक्रमणको नामोनिशान थिएन। युट्युबको यो भिडियोमा धेरै कुनै जानकारी छैन। तर भिडियोका दृश्य भने उही हुन्।

भारतको अल्टन्युजले पनि यो भिडियोका विषयमा फ्याक्टचेक गरिसकेको छ।

११ अगस्त २०१५ मा यही भिडियो एउटा फेसबुक पेजले पोस्ट गरेको देखिन्छ।

यो भिडियोमा आफ्नी आमासित आफ्ना श्रीमान सुतेको थाहा पाएपछि ४० तल्लाको भवनबाट गर्भवती घानाकी महिला हाम्फालेको उल्लेख छ। डेली मेलमा त्यही समय आसपास एउटा समाचार पनि आएको देखिन्छ। तर यो समाचार र त्यसमा स्रोत उद्‍धृत गरिएका अरु कुनै समाचारहरुमा पनि यो घटना कहाँ भएको उल्लेख छैन।

यही भिडियो फिलाडेल्फियामा एक पुरुषले आत्महत्या गरेको भनेर पनि सन् २०१६ मा अपलोड भएको देखिन्छ। हेर्नुस् भिडियो

यो भिडियो वास्तवमा कहाँको हो भन्ने पत्ता लगाउन नसकिए पनि यो कोरोनाका कारण न्युयोर्कमा हाम्फालेको भने नभएको देखिन्छ। यो भिडियो सन् २०१५ देखि नै अपलोड भइसकेको देखिन्छ। त्यसैले भिडियोसँगै लेखिएको क्याप्सन New York case person jumping off the building due to corona यो भिडियोसँग सम्बन्धित नभएको प्रष्ट हुन्छ।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme