Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसपालिको चैते दशैँ र रामनवमीमा घर बाहिर निस्कन नपाइने भो, थपियो लकडाउनको अवधि

Posted on March 29, 2020 by Salokya

सरकारले पहिलो पटक घोषणा गरेको लकडाउनको अवधि चैत १८ गते बिहान ६ बजे सकिँदै थियो। अर्थात् भोलि एक दिनमात्र ‘लकडाउन’ हुँदै थियो। तर यो बीचमा तीन वटा थप कोभिड १९ पोजिटिभ केस फेला पर्‍यो। काठमाडौँ बाहिर दुई वटा प्रदेशमा पनि यो फैलिसकिएको देखियो। त्यसैले मन्त्रिपरिषद्को आजको बैठकले लकडाउन अवधिलाई अझै लम्ब्याएर चैत २५ गते मध्यरात १२ बजेसम्म पुर्‍याएको छ। 

नेपालको इतिहासमा नै १५-१५ दिनसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन नदिइएको यो पहिलो अवसर हो। यसअघि शान्तिसुरक्षाका लागि केही निश्चित अवधिका लागि निश्चित ठाउँहरुमा कर्फ्यु लगाइने गरिन्थ्यो। तर यो पटक त नेपाल भर बन्द। सवारी साधन बन्द। हवाई उडान बन्द।

यस पटक चैते दशैँ र रामनवमी जस्ता पर्व पनि घरभित्रै मनाउनु पर्ने बाध्यता आइलागेको छ।

स्थिति हेर्दा लकडाउन अवधि अझै बढ्ने सम्भावना पनि देखिन्छ।

२४ मार्चदेखि ३१ मार्चसम्म बन्द गरिएको घरेलु तथा अन्तर्राष्ट्रिय उडानको अवधि अझै बढाएर १५ अप्रिल अर्थात् वैशाख ३ गतेसम्म पुर्‍याइएको छ। भनेपछि यस पटक विक्रम संवतको न्यु इएयर पनि घरभित्रै बसेर मनाउनु पर्ने अवस्था आउँदैछ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme