Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँबाहिर पनि कोरोना पुगिसकेको देखियो, आशा गरौँ नफैलियोस्

Posted on March 27, 2020March 27, 2020 by Salokya

लकडाउन कै बेला कोरोना भाइरस (कोभिड-१९) को चाैथो संक्रमित भेटिएको खबर आयो। अघिल्ला तीन संक्रमतिहरु भन्दा फरक यो पटक काठमाडौँ बाहिरको नतिजा पोजिटिभ भेटिएको छ। तर उता भारततिरबाट आएको नभई काठमाडौँबाटै गएका व्यक्ति रहेछन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार दुबईबाट काठमाडौँ उत्रिएर यहाँबाट सुदूरपश्चिम प्रदेश पुगेका रहेछन्। स्वास्थ्य मन्त्रालयले उनी कुन फ्लाइटबाट नेपाल आएको र विमानबाट हो कि स्थलमार्गबाट सुदूरपश्चिम गएको स्पष्ट बताएको छैन।

यसअघि चीनबाट काठमाडौँ आएका एक युवक, फ्रान्सबाट कतार हुँदै काठमाडौँ उत्रेकी एक किशोरी र दुबई हुँदै काठमाडौँ उत्रेका एक पुरुषलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ।

अब यी नयाँ व्यक्ति काठमाडौँ आएको विमानमा रहेका यात्रुहरु पनि ट्र्याक गर्नुपर्ने भएको छ। त्यसैगरी यी व्यक्ति कसरी धनगढी पुगे, सार्वजनिक सवारी साधनबाट पुगेका हुन् भने उनीसँगको सम्पर्कमा आएका सबै पनि निगरानीमा राख्नुपर्ने देखिएको छ।

त्यसैगरी उनी उपचारका लागि पुगेको सेती प्रादेशिक अस्पताल धनगढीमा सम्पर्कमा आएका चिकित्सक र स्वास्थ्यकर्मीहरुले सुरक्षाका उपाय नअपनाएको भए उनीहरु पनि जोखिममा पर्ने देखिन्छ।

अहिलेसम्म विदेश नगएका कसैलाई पनि यो संक्रमण भएको खबर छैन। आशा छ, स्थिति त्यही रहोस्। स्थानीयमा पनि संक्रमण फैलिन थाल्यो भने अझै कडाइका साथ हामीले लकडाउन पालना गर्नुपर्ने भएको छ। अझै कडाइका साथ एक अर्कासँग दूरी राखेर बस्नुपर्ने भएको छ।

उनी चैत ११ गते धनगढीमा नै उपचारका लागि गएका थिए। आज उनको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ भेटिएको पुष्टि भएको हो।

नेपालमा पहिलो संक्रमित भेटिएको ६१ दिनपछि दोस्रो संक्रमित व्यक्ति भेटिएको थियो। तर त्यसपछि भने दुई दुई दिनको अन्तरालमा नयाँ संक्रमित भेटिँदैछ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme