Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उपत्यकाबाहिर पनि भेटियो कोरोना संक्रमित, नेपालमा चौथो

Posted on March 27, 2020March 27, 2020 by Salokya


कोरोना भाइरस (कोभिड-१९) को चाैथो संक्रमित भेटिएका छन्। संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल उनको अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ। उनी ३४ वर्षका नेपाली पुरूष हुन्। उनी दुबईबाट नेपाल आएको भनिए पनि विस्तृत विवरण भने प्राप्त गर्दै गरेको आज दोस्रो पटक मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बताइयो।

यसअघि काठमाडौँमा मात्र कोरोना संक्रमित भेटिए पनि यस पटक भने उपत्यकाबाहिर धनगढीमा भेटिएको हो। यसले कोरोनाको संक्रमण काठमाडौँ बाहिर पनि फैलिसकेको देखाएको छ।

उनी चैत ११ गते धनगढीमा नै उपचारका लागि गएका थिए। आज उनको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ भेटिएको पुष्टि भएको हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme