Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नागरिक समाजले कहाँबाट भेट्यो चार जना कोरोना संक्रमित नेपालमा?

Posted on March 26, 2020March 26, 2020 by Salokya

नेपालमा अहिलेसम्म कति जना कोरोना भाइरस संक्रमित भेटिएका छन्? यो ब्लग तयार पार्दासम्म सरकारले आधिकारिक रुपमा बताएको तीन जना हो। त्यसमध्ये एक जना दुई महिना पहिले भेटिएका हुन् र अहिले स्वस्थ भइसकेका छन् भने दुई जना भर्खरै भेटिएका हुन्। उनीहरुको उपचार भइरहेको छ। तर नागरिक समाजले भने आफ्नो विज्ञप्तिमा चार जना कोरोना संक्रमित भएको लेखेको छ। बाह्रखरीमा प्रकाशित समाचार अनुसार डा. महेश मास्के, कनकमणि दीक्षित, सुशील प्याकुरेललगायत नागरिक अगुवाले बिहीबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी विभिन्न सुझाव दिएका थिए। त्यसपछि जारी विज्ञप्तिमा चार जना कोरोना संक्रमित भेटिएको उल्लेख छ। हैन, सरकारले पनि नभेटेको चौथो कोरोना संक्रमित यी नागरिक अगुवाहरुले कहाँबाट भेटे हँ?


स्वास्थ्य मन्त्रालले आज जारी गरेको तथ्याङ्क हो यो। यही तथ्याङ्क हेरेर पोजेटिभ ३ जना, उपचार पछि सन्चो भएको १ जना अर्थात् ३+१= ४ गरेको हिसाब त हैन यो ? यदि त्यसो गरिएको हो भने जोड्ने हैन घटाउने हिसाब हो यो भनेर बुझ्नु पर्ने हो।

झुक्किएर एक ठाउँमा ३ को ठाउँमा ४ लेखिएको पो हो कि भन्ने लागेको भए विज्ञप्ति पूरै हेर्नुस्, एक ठाउँमा मात्र हैन दुई ठाउँमा ४ जना लेखिएको छ।

यसबाहेक अरु सुझावहरु भने मननीय छन्। यस्तो छ विज्ञप्ति-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme