Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नपत्याउनुस्, इटालीका प्रधानमन्त्रीले आत्मसमर्पण गरेका छैनन्

Posted on March 26, 2020March 26, 2020 by Salokya

केही दिनदेखि सोसल मिडियामा यो पोस्ट निकै सेयर भइरहेको छ। फोटोमा एक सेतै कपाल फुलेका व्यक्तिको फोटो छ र ठूलो रातो अक्षरमा इटालीले आत्मसमर्पण गर्‍यो लेखिएको छ। तल विवरणमा संक्रामक रोगले मारिरहेको र स्थिति आफूहरुको नियन्त्रण बाहिर भएको प्रधानमन्त्रीले बताएको भनिएको छ। मूलधारमा कार्यरत सञ्चारकर्मीहरुले समेत सेयर गरेको देखिएको यो जानकारी सही भने हैन। 

यो पोस्टमा देखिएका व्यक्ति इटालीका प्रधानमन्त्री हैनन्। उनी Sergio Mattarella हुन्। इटालीका राष्ट्रपति।

इटालीका प्रधानमन्त्री जिसेप कोन्टे हुन्।

हो, इटालीमा दिनहुँ धेरैको ज्यान गइरहेको सत्य हो। विश्व स्वास्थ्य संगठनको वेबसाइटमा रहेको पछिल्लो जानकारी अनुसार त्यहाँ ६९ हजार १७६ केस भेटिएको छ र मृत्यु हुनेको संख्या ६ हजार ८२० पुगेको छ। विश्वमै सबैभन्दा बढी ज्यान जानेको संख्या इटालीमा नै छ।

तर राष्ट्रपति वा प्रधानमन्त्रीले त्यसरी आत्मसमर्पणको घोषणा गरेका छैनन्। त्यहाँ रोग नियन्त्रणमा लिन कडा उपाय अपनाइँदैछ। देशलाई लकडाउनमा राखिएको छ।


यसैगरी इटालीका प्रधानमन्त्रीले लाश गाड्ने ठाउँ पनि भएन भन्दै रुँदै गरेको फोटो लेख्दै सामाजिक सञ्जालमा भाइरल गरिएका फोटो पनि गलत हुन्। ती पोस्टहरुमा देखिएका फोटो इटालीका प्रधानमन्त्रीको नभई ब्राजिलका राष्ट्रपति Jair Bolsonaro को हो। यो रुँदै गरेको फोटोसँग कोरोना भाइरसको कुनै सम्बन्ध छैन।

सन् २०१८ को चुनाव प्रचारका क्रममा भएको चक्कु आक्रमणको घटना सम्झेर उनी रोएका हुन्। यसबारे समाचार ब्राजिलको वेबसाइटले १७ डिसेम्बरमा प्रकाशन गरेको छ। यहाँ क्लिक गरी हेर्न सकिन्छ।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता समाचार तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम गर्नुहुन्न। बरु यस्तो हावा कुरा नपठाउ भनेर पठाउनेलाई भन्नुपर्छ।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(कोरोना भाइरससम्बन्धी तपाईँले पनि यस्ता गलत वा शंकास्पद जानकारीहरु पाउनु भएको छ भने हामीलाई [email protected] मा अथवा माइसंसारको फेसबुकमा पठाउन सक्नुहुन्छ। हामी त्यसबारे लेखेर अरुलाई सचेत बनाउने कोशिश गर्नेछौँ)

सम्बन्धित ब्लगहरु

आकाशबाट सेनाले हेलिकप्टरबाट औषधि छर्कने कुरा भारतबाट सुरु भएको ‘फेक न्युज’

नर्भिक हस्पिटलको भन्दै फेसबुकमा फैलाइएको अडियो यसकारण गलत

टेकुमा कोरोना संक्रमित भेटिएको फेक न्युजदेखि सावधान !

फ्याक्टचेक : म्याग्दीको तातोपानीमा मास्क लगाउनेहरुको फोटो एक वर्षभन्दा पुरानो

नझुक्किनुस्, मान्छेहरु ढलेको यो फोटो इटालीको होइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme