Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ चुनौति : चैत ६ गते एयर अरेबिया*बाट नेपाल आएकाहरु खोज्‍ने

Posted on March 25, 2020March 25, 2020 by Salokya

फ्रान्सबाट नेपाल आएकी एक किशोरीलाई कोरोना भाइरस संक्रमण भएको खबरपछि कतार एयरवेजको QR 652 बाट नेपाल आएकाहरुको खोजी जारी भइरहेकै बेला फेरि नयाँ चुनौति थपिएको छ।अब फेरि चैत ६ गते एयर अरेबिया*बाट नेपाल आएका यात्रुहरुलाई खोज्नुपर्ने भएको छ। यो दिन नेपाल आएका धादिङ घर भएका ३२ वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज आयोजित पत्रकार सम्मेलनमा यो कुरा बताएका हुन्। उनले यो दिन नेपाल आएकाहरु आफै सम्पर्कमा आइदिन पनि अनुरोध गरे तर कुन विमान हो, फ्लाइट नम्बर भने बताएनन्। फ्लाइट नम्बर पनि हामी सार्वजनिक गर्छौँ मात्रै भने। किन सार्वजनिक नगरिएको हो, थाहा भएन।

अघिल्लो ब्लगमा पनि भनेको थिएँ, भियतनामको स्वास्थ्य मन्त्रालयले यसरी फ्लाइट नम्बर नै तोकेर सम्पर्कमा आउन सूचना दिएको छ। हामीले पनि त्यसै गर्दा सहज हुन्थ्यो।

ती व्यक्ति काठमाडौँ आएर ट्याक्सी चढेर गई होटलमा बसेका थिए। अब ट्याक्सी र होटलका मानिसहरु पनि पहिचान गरेर उनीहरुको पनि निगरानी र परीक्षण गर्नुपर्ने भएको छ।

नेपालमा अहिलेसम्म लोकल ट्रान्समिसन अर्थात् विदेश नगएकाहरुलाई कोरोना संक्रमण भएको भेटिएको छैन। तर भइसकेको हुनसक्ने भएकोले सतर्कता आवश्यक छ। हामीले प्रभावित देशबाट आउने यात्रुहरुलाई समयमै क्वारेन्टिनमा राख्नबाट चुकेको अब प्रष्ट भइसक्यो। नत्र फ्रान्स र युएईबाट आएका यी व्यक्तिहरु क्वारेन्टिनमा हुन्थे र उनीहरुले अरुलाई सार्ने सम्भावना कम हुन्थ्यो।

(*यसअघि मन्त्रीले कतारबाट आएको बताएका थिए। तर स्वास्थ्य मन्त्रालयले त्यसलाई सच्याएर एयर अरेबिया युएईबाट आएको भनेका कारण ब्लग सच्याइएको छ)

1 thought on “नयाँ चुनौति : चैत ६ गते एयर अरेबिया*बाट नेपाल आएकाहरु खोज्‍ने”

  1. mbajracharya says:
    March 25, 2020 at 8:53 pm

    बिदेश बाट बिमान बाट नेपाल फर्केका खोज्नु लाई पनि चुनौती थान्ने लाई खै के भन्ने? सबै बिमान सेवाले आफ्नो बिमानमा यात्राा गर्ने सबैको नाम समेतेको “पासेन्जर मानिफेस्त” जहाज उत्रनु अघिनै त्रिभुवन यारापोर्त को अध्यागमन कार्यालय् लाई समेटा उपलब्ध गरेकै हुन्छ त्यो हराय त्यो बिमन सेवाको कार्यालय बाट पनि सजिलै लिना सकिन्छ। अनी कुनै पनि यात्राुले बिमानस्थमा उत्रना साथ अध्यागमन विवरण दियकै हुन्छ। बिदेशी यात्राुको त् यू कुन होतलमा बस्छ त्यो विवरण पनि हुन्छ। होटेलमा बास बस्न जानेको उस्को घरको ठेगाना सहित् विवरण राखेकै हुन्छ। बिदेश बाट कोरोना सन्क्रमन भयको कुनै पासेन्जर आयको कुरा जानकारीमा आउन साथ बिमान सेवाको पासेन्जर मानिफेस्त, यात्रुले भरेको अध्यागमन विवरण र् त्यो दिन होटेलहरुमा बसेको विवरण होटेल बाट सन्कलन गर्नु खासै चुनौती दिने काम हुँदै होईन। यस्तो खोजी कारी अझै सजिलो बनाउने हो भने जिल्ला बाहिर जाने लामो दुरिको सार्वजनिक यातायातको तिकत् बेच्दा पनि यात्राुको विवरण राख्नु पर्थ्यो।

    कोरोना ले दिन सक्ने चुनौतिकै कुरा हो भने; नेपाललाइ नेतापाल बनाउनेहरुले ४०सौ लाख बिहारिलाई नागरिकताको माला लगायर नेपालीको रोजगारी खोस्न दिय पछीनै ४० सौ लाख नेपाली युवा नेपालमै बेरोजगार बनेर अहिले कोरोना फैलिन्दै गयको मुलुकमा घिचारिन बाध्य् बनेको हो। ती मुलुकले कोरोना लागेको नेपालीलाई नेपाल फर्काईहाल्छ। तिनिहरुलाई नेपाललाई नेतापाल पार्तिकापाल बनाउनेहरुले ब्यबस्था गर्ला?

    कोरोनालगेकोले नेपाल फर्काईयका बाट उस्को परिवार र् समाजमा कोरोना फैलाउला नफैलाउला तर नेपाललाई नेतापाल पार्तिकापाल बनाउनेहरुलाई त् निको नहुने गरी कोरोना सन्क्रमित बनाउन्छ पक्कै।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme