Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संक्रमित नम्बर ३ : उमेर ३०+ आएको खाडी देशबाट

Posted on March 25, 2020March 25, 2020 by Salokya

नेपालमा कोरोना भाइरस संक्रमित तेस्रो व्यक्ति भेटिएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। ३२/३३ वर्ष उमेर भएका उनी खाडी मुलुकबाट नेपाल फर्किएका थिए।

नेपालमा पहिलो संक्रमित व्यक्ति भेटिएको पुष्टि माघ ९ मा भएको थियो। त्यसको दुई महिनापछि चैत १० मा दोस्रो संक्रमित व्यक्ति भेटिएको पुष्टि भयो। तेस्रो संक्रमित व्यक्तिको पुष्टि भने त्यसको दुई दिनमा नै आज चैत १२ गते भएको छ।

संक्रमित व्यक्तिहरु सबै विदेशबाट आएकाहरु हुन्।

ती मध्ये एक जना निको भई घर फर्किसकेका छन् भने दुई जनाको टेकु अस्पतालमा नै उपचार भइरहेको छ।

यसबाहेक हिजो साँझसम्म टेकु अस्पतालमा आइसोलेसनमा ५ जना रहेकामा ३ जना डिस्चार्ज भएको र १ जना आइसियुमा रहेका थिए। ती मध्ये एक जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी पाटन अस्पतालमा आइसोलेसनमा रहेका छन्। उनीहरुको परीक्षणको नतिजा आउन बाँकी छ।

(यसअघि पहिलो संक्रमण भेटिएको र दोस्रो संक्रमण भेटिएको समय ६१ दिन हुनुपर्नेमा ३२ दिन भएकोमा सच्याइएको छ)

1 thought on “संक्रमित नम्बर ३ : उमेर ३०+ आएको खाडी देशबाट”

  1. JAGANNATH BISTA (Doha, Qatar) says:
    March 25, 2020 at 3:22 pm

    प्राय जसो हरेक दिन नेपाली मिडियाहरु को कमी कम्जोरी औल्याउने माइ संसारमा यस्तो पनि देख्न पाइयो त !

    सन्क्र्मण १ चाइना बाट माघ ९ मा आएको र त्यसको ३२ पछाडी चैत्र १० कसरी हुन्छ त ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme