Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धन्न भियतनामले आए जत्ति सबलाई क्वारेन्टिनमा राखेको थियो र नेपालमा पनि पत्ता लाग्यो

Posted on March 24, 2020 by Salokya

यो फोटो भियतनामको क्वारेन्टिन स्थलको हो। भियतनामले कोरोना संक्रमित देशबाट आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने नियम बनाएको थियो। फोटो त्यसैगरी क्वारेन्टिनमा बस्ने एक जनाले खिचेको हो। सात सय जनासम्म अटाउने गरी त्यहाँ ठाउँ बनाइएको रहेछ।

अन्ततः यही ठाउँमा बसेकाहरुलाई कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएपछि त्यसैको प्रभाव स्वरुप नेपालमा पनि संक्रमण भएको पत्ता लाग्यो। 

नेपालमा चैत १० गते सोमबार फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी एक किशोरीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको घोषणा भयो र त्यसको केही घण्टापछि पूरै देशमा सात दिने पूर्ण लकडाउनको घोषणा भयो।

विद्यार्थी ती किशोरी चैत ४ गते काठमाडौँ आएकी थिइन्। त्यतिबेला उनलाई कुनै लक्षण देखिएको थिएन। हाम्रो देशको नियम अनुसार उनलाई घरमै क्वारेन्टिनमा बस्न भन्दै पठाइयो।

तर भियतनाममा भने त्यसो गरिएन। फ्रान्सबाट दोहा र त्यहाँबाट हनोई उडेका भियतनामीहरुलाई १४ दिन क्वारेन्टिनमा राखियो। अस्ति नै मंगोलियामा जाँदा केही भियतनामी साथीहरु पनि बनेका थिए। उनीहरुले दिएको जानकारी अनुसार क्वारेन्टिनमा बसेका दुई जना भियतनामीहरुमा कोरोना भाइरस संक्रमणको परीक्षण गर्दा पोजिटिभ देखियो। उनीहरु पनि विद्यार्थी थिए।

संभवतः ती भियतनामी र नेपाली सँगै आएका साथी हुनुपर्छ। भियतनामीमा कोरोना पुष्टि भएको थाहा पाएपछि ती किशोरी आफूलाई पनि भएको हो कि भनेर परीक्षण गर्न टेकु पुगिन्। चैत ७ गते उनको नमूना लिइएको थियो। चैत ९ गते साँझ उनमा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो। अनि आज चैत १० गते बिहान स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर योबारे जानकारी दियो।

यसबाट नेपालले दुई वटा लापरवाही गरेको देखिन्छ।

१) प्रभावित देशहरुबाट हवाई आवागमनलाई समयमै रोक लगाइएन।

२) प्रभावित देशहरुबाट आएका नेपाली र विदेशीलाई भियतनामले जस्तो अनिवार्य क्वारेन्टिनमा नराखी यत्तिकै आफूखुसी जान दियो। धन्न ती किशोरी पढेकी थिइन् र साथीहरुमा संक्रमण देखिएको थाहा पाएपछि आफू पनि जँचाउन टेकु पुगिन्। अरु पनि उसैगरी आएका थिए। अरुलाई पनि यसरी नै संक्रमण भएको भए उनीहरु कहाँ कहाँसम्म पुगिसके होलान् ?

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme