Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, मान्छेहरु ढलेको यो फोटो इटालीको होइन

Posted on March 22, 2020March 22, 2020 by Salokya

अहिले फेसबुकमा एउटा फोटो धेरैले सेयर गरिरहेका छन्। फोटोमा धेरै मान्छेहरु सडकमै ढलिरहेको देखिन्छ। इटालीमा यस्तो अवस्था देखिएको भन्दै मानिसहरुले यो फोटो सेयर गरिरहेका छन्। तर नझुक्किनु होला, यो फोटो इटालीको होइन। न यी मान्छेहरु कोरोना भाइरसकै कारण मरेका हुन्। के हो त यो फोटोको सत्य? आउनुस् हेरौँ। 

यो फोटो इटालीको भन्दै अहिले सेयर भए पनि केही अघि भने यो फोटो चीनको वुहान सहरको भएको भन्दै फेसबुकमा भाइरल भएको थियो। अझ यो स्याटेलाइटबाट खिचेको फोटो भन्ने दावी गरिएको थियो।

यी सब गलत हुन्। वास्तवमा यो फोटो चीन र इटालीको नभएर जर्मनीको हो। अनि फोटो ६ वर्षअघिको हो। यसमा देखिएका मान्छेहरु मरेका हैनन्, जिउाँदा मानिसहरु हुन्। एउटा आर्ट प्रोजेक्टका लागि फ्रयाङ्कफर्ट सहरको सडकमा यसरी सुतेका हुन्।

Katzbach Nazi concentration camp मा मारिएका ५२८ जनाको स्मृतिमा यसरी मानिसहरु सडकमा सुतेका हुन्। यो फोटो रोयटर्सका Kai Pfaffenbach ले खिचेका हुन्। फोटोको ओरिजिनल लिङ्क यहाँ क्लिक गरी हेर्न सकिन्छ।

वास्तविक फोटो यो हो।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता अडियो तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम गर्नुहुन्न। बरु यस्तो हावा कुरा नपठाउ भनेर पठाउनेलाई भन्नुपर्छ।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(कोरोना भाइरससम्बन्धी तपाईँले पनि यस्ता गलत वा शंकास्पद जानकारीहरु पाउनु भएको छ भने हामीलाई [email protected] मा अथवा माइसंसारको फेसबुकमा पठाउन सक्नुहुन्छ। हामी त्यसबारे लेखेर अरुलाई सचेत बनाउने कोशिश गर्नेछौँ)

सम्बन्धित ब्लगहरु

आकाशबाट सेनाले हेलिकप्टरबाट औषधि छर्कने कुरा भारतबाट सुरु भएको ‘फेक न्युज’

नर्भिक हस्पिटलको भन्दै फेसबुकमा फैलाइएको अडियो यसकारण गलत

टेकुमा कोरोना संक्रमित भेटिएको फेक न्युजदेखि सावधान !

फ्याक्टचेक : म्याग्दीको तातोपानीमा मास्क लगाउनेहरुको फोटो एक वर्षभन्दा पुरानो

2 thoughts on “नझुक्किनुस्, मान्छेहरु ढलेको यो फोटो इटालीको होइन”

  1. Pingback: नझुक्किनुस्, अन्नपूर्ण पोस्टको समाचारमा लेखे जस्तै कोरोना भगाउन डिटोल पिलाइएको होइन « Mysansar
  2. Pingback: अहँ, रुसका सडकमा पुटिनले ८ सय वटा सिंह छाडेका छैनन्, फेक न्युज नपत्याउनुस् ! « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme