Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चैत ९ देखि १३ दिनसम्म के के अत्यावश्यक सेवामात्र चल्छ? राजपत्रमा यस्तो छ

Posted on March 20, 2020March 20, 2020 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको घोषणा गरेका छन्। यी १३ दिन अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुनेछन्। यही १३ दिन भित्र नै चैते दशैँ र रामनवमी पनि परेका छन्। यसपालि यी चाडहरु आंशिक लकडाउनमा नै मनाइनेछन्।

राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवा भनेका के हुन् त? राजपत्रमा नयाँ सूचना त प्रकाशित हुँदै गर्ला तर पुरानो सूचना भने अस्ति असोज २७ गते प्रकाशन भएको छ। त्यतिबेला आवश्यक सेवा सञ्चालन ऐनलाई उद्‍धृत गर्दै हड्ताल गर्न निषेध गरिएका आवश्यक सेवा प्रकाशन गरिएको थियो। के के हुन् त ती?

ती आवश्यक सेवा १९ वटा रहेका छन्। यस्तो छ सूची

यसमा हवाई र स्थल यातायात सेवा पनि परेका छन्। तर सरकारले चैत ९ देखि १८ गतेसम्म विदेशबाट कुनै पनि विमान नेपाल भित्रिन नपाउने घोषणा गरिसकेको छ। त्यस्तै स्थल यातायात तर्फ पनि चैत १० गतेदेखि अनिश्चितकालसम्म लामो दूरीका यातायात नचल्ने घोषणा सरकारले गरिसकेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme