Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारी कार्यालयलाई नै बाउन्स चेक दिने बहादुर

Posted on March 19, 2020 by Salokya

कसैलाई भुक्तानीको लागि बैँकको चेक दिनु र त्यसमा पर्याप्त रकम नभएर बाउन्स हुनुलाई नेपालको कानुनले अपराध मान्छ। चेक बाउन्स भएमा प्रहरीमा उजुरी गरेर कानुनी कारबाही पनि अगाडि बढाउन सकिन्छ।

तर कसैले सरकारी कार्यालयलाई नै बाउन्स हुने चेक दियो भने चाहिँ के होला?

पत्याउन अलि गाह्रो हुन्छ। कुनै व्यक्तिलाई बाउन्स हुने चेक दियो भने त कानुनी कारबाही हुन्छ भने सरकारी कार्यालयलाई?

तर यस्तो एउटा उदाहरण सार्वजनिक रुपमै देख्न पाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तर्फ र एयरलाइन्स भवन अगाडिको पार्किङ क्षेत्रमा पार्किङ शुल्क उठाउनका लागि एउटा कम्पनीलाई ठेक्का दिइएको थियो। ठेक्का पाउने कम्पनीको नाम हो चम्पेश्वर निर्माण सेवा प्रा लि। यो कम्पनीले पार्किङ वापत सर्वसाधारणसँग शुल्क त उठायो। तर ठेक्का पाए वापतको रकम भने विमानस्थल नागरिक उड्डयन कार्यालयलाई दिएनछ।

पैसा देउ कि दे भनेर पटक पटक चिट्ठी लेखेर ताकेता गरे पछि पुस ११ गते १० लाख रुपैयाँ र झण्डै २३ लाख ४५ हजार रुपैयाँको दुई वटा बैँकको दुई वटा चेक दिएछ। तर ती चेक साटिएनछ। अर्थात् पर्याप्त रकम खातामा नभएकोले त्यो चेकहरु बाउन्स भएछ।

अब के गर्ने त ?

दिक्क भएर कार्यालयले गोरखापत्रमा सूचना छापेको छ। चैत ५ गते तीन दिनको म्याद दिएर बक्यौता रकम चुक्ता गर्न यो सूचना छापिएको रहेछ। तीन दिनभित्र पनि नतिरेमा चाहिँ के गर्ने त ?

सूचनामा नियमावलीको नियम ३०.३ उद्‍धृत गरिएको छ। त्यो भनेको भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्वद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राख्न सक्ने हो।

त्यसो त त्यही नियमावलीको नियम ४ मा समयमा शुल्क नबुझाउने व्यक्ति वा संस्था उपर समयमै कारबाही प्रक्रिया सुरु नगर्ने विमानस्थल प्रमुख उपर नै विभागीय कारबाही गर्ने व्यवस्था पनि छ।

चम्पेश्वर निर्माण सेवाले पार्किङ शुल्क वापत् मोटरसाइकल र स्कुटरलाई रसिद नदिने, दिए पनि पाँच रुपैयाँ प्रतिघण्टाको लिनु पर्नेमा गाडीकै शुल्क २० रुपैयाँ लिने गरेको गुनासो सुनिएको थियो

स्कुटी पार्किङ गरेर कार को मूल्य तिर्नु पर्यो।।@Hello_Sarkar pic.twitter.com/Cbi05RCK8T

— Tirtha Raja (@tirtharaja) March 17, 2019

बल्ल थाहा पाएँ, म त धेरै अघिदेखि ठगिईरहेको रहेँछु। सकभर रसिद दिनै नचाहने, दिनैपरे मोटरसाईकललाई पनि कारकै शुल्क असुल्ने, त्यो पनि अर्धकट्टी नभै मुख्यकट्टी दिएर, यौटैबाट डबल शुल्क। यस्ता ठग पार्किङ ठेकेदारको ठेक्का रद्द गरियोस्।
त्यो मिती र सवारी नं किन सधैं खाली? @Hello_Sarkar pic.twitter.com/k1bNLmIJ3e

— विश्वास बाबु!! ?? (@BiswasBabuKU) May 2, 2019

1 thought on “सरकारी कार्यालयलाई नै बाउन्स चेक दिने बहादुर”

  1. CN says:
    March 22, 2020 at 5:03 pm

    Who is the owner of this company ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme