Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कहिले हुन्छ, कहिले हुँदैन : अन्यौलै अन्यौलमा सरकारको कोरोना संक्रमण सतर्कता निर्णयहरु

Posted on March 19, 2020 by Salokya


सरकारले बुधबार कोभिड १९ कोरोना भाइरस संक्रमण फैलन नदिन सतर्कतास्वरुप केही महत्त्वपूर्ण निर्णयहरु गर्‍यो। तर केही विषयमा भने अन्यौलै अन्यौलमा बस्नुपर्ने स्थिति बनाइयो।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक काममा बाहेक हिँडडुल नगर्न, स्कूल कलेज बन्द गर्न, सिनेमा हल, डान्सबार बन्द गर्ने निर्णय गर्‍यो। यो बैठकको निर्णय सार्वजनिक हुँदासम्म त्यसमा भोलि बिहानदेखि हुने एसईई परीक्षा सञ्चालन हुने उल्लेख थियो। तर त्यसको केही घण्टापछि नै एसईई पनि स्थगित भएको खबर आयो।

उच्चस्तरीय समितिको बैठकपछि बसेको नेकपा बैठकले परीक्षा सार्न सुझाव दिए बमोजिम परीक्षा सार्ने निर्णय भएको रहेछ।

स्थगित भएको खबर आए पनि त्यसको लिखित भने कुनै पनि वेबसाइटमा राखिएको थिएन। मौखिक जानकारी मात्र थियो। शिक्षा मन्त्रालय, शिक्षा विभाग, परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्ड कतैको पनि वेबसाइटमा सूचना राखिएको थिएन।

भोलिपल्ट बिहान हुने परीक्षाका लागि गाउँ गाउँमा घण्टौँ हिँडेर, केन्द्र नजिकै बास बसिसकेका थिए परीक्षार्थीहरु। परीक्षा सुरु हुनु भन्दा केही घण्टाअघि मात्रै स्थगित गर्ने खबर फैलियो। गर्ने भए अलि अघि नै यस्तो निर्णय गरिदिएको भए टाढा केन्द्र भएकाहरुले दुःख भोग्नु पर्दैन थियो। त्यतिबेला चाहिँ परीक्षा सर्दैन जसरी पनि हुन्छ भने, लास्टमा अहिले आएर स्थगित गरे।

सुरुमा यो उच्चस्तरीय समितिको बैठकको निर्णय भन्दै १४ बूँदा टाइप गरिएको र एक बूँदा हातले लेखेको गरी १५ बूँदे निर्णय सार्वजनिक भएको थियो-

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा धेरै पछिसम्म आजकै मितिको यस्तो विज्ञप्ति राखिएको थियो-

राति अबेर बल्ल १८ बूँदे संशोधित निर्णय सार्वजनिक भयो। त्यसमा एसईई लगायतका विश्वविद्यालयका परीक्षा अर्को सूचना नभएसम्म स्थगित गरिनेसमेत उल्लेख थियो-

यसै अनुसार पछि शिक्षा मन्त्रालयको वेबसाइटमा शिक्षा मन्त्रालयको सूचना राखियो जसमा एसईई परीक्षा स्थगित भएकोदेखि विश्वविद्यालय स्तरका सबै परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित भएको भनिएको थियो

राति अबेर राष्ट्रिय परीक्षा बोर्डको सूचना पनि वेबसाइटमा राखियो-

त्रिभुवन विश्वविद्यालयको परीक्षामा अन्यौल

शिक्षा मन्त्रालयले विश्वविद्यालय स्तरका सबै परीक्षा स्थगित भएको सूचना जारी गरे पनि त्रिभुवन विश्वविद्यालयको भोलि हुने परीक्षा स्थगित हुने कि नहुने भन्ने अन्यौल कायमै रह्यो। विश्वविद्यालयका पदाधिकारीलाई उद्‍धृत गर्दै परीक्षा हुने समाचारहरु पनि आए।

त्रिभुवन विश्वविद्यालयको फेसबुक र वेबसाइटमा पनि भोलि हुने परीक्षा यथावत रहने र बाँकी परीक्षा बारे भोलि नै निर्णय हुने सूचना राखिएका थिए-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme