Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कहाँ छ सामाजिक सञ्जालमा भाइरल कोरनेश्वर महादेवको मन्दिर?

Posted on March 16, 2020 by Salokya

विश्वभर कोरोना भाइरसको संक्रमणको डरसँगै सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल भएको छ। फोटोमा कोरनेश्वर महादेव मन्दिर लेखेको देखिन्छ। यस्तो महादेव भइसकेपछि हामीलाई कोरोना कसरी लाग्छ भन्दै हाँसोठट्टा पनि चल्ने गरेको छ। फोटोमा इन्द्राचौक बाहेक ठाउँ पहिचान हुने कुनै कुरा लेखिएको छैन।  कहाँ हुन सक्ला त यो मन्दिर ? खोज्ने क्रममा यस्तो भेटियो। 

यो फोटो नेपालीहरुले भाइरल गर्नुअघि भारतमा भाइरल भएको हो। भारतको ह्वाट्स एप ग्रुपहरुमा यो फोटो निकै भाइरल भएको थियो। नेपालमा भने फेसबुकका ग्रुपहरुबाट यो फोटो भाइरल हुन पुगेको हो।

भारतको नवभारत टाइम्सको अनलाइन संस्करणमा भाइरल भएका फन्नी फोटो भन्दै यो फोटो पनि प्रकाशन भएको थियो।


वास्तवमा यो मन्दिर पनि भारतमा नै छ। भारतको राजस्थानको जोधपुरमा कोर्ना नामको एउटा ठाउँ छ। त्यहाँको जालोरी गेटभित्र कोरना हाउस नामको ठाउँ नै छ। यसलाई कोर्ना वा कोरना अथवा कोराणा भन्ने वा लेख्ने गरिन्छ।

कोरना हाउसमा रहेको महादेवको मन्दिरलाई कोरनेश्वर महादेव भनिएको हो। यसको अचेलको कोरोना भाइरससित कुनै सम्बन्ध भने छैन। त्यहाँ कोरनेश्वरमहादेव मोहल्ला विकास समितिको नाममा एउटा संस्था नै रहेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme