-डा.डोलेश्वर भण्डारी-
हत्या, अपहरण, चोरी, डाका, छलकपट, भ्रष्टाचार जस्ता अपराधी कृयाकलापले अरुलाइ हानी पुर्याएको हुन्छन् र सभ्य समाजमा यस्ता अपराधिहरुलाइ दण्ड दिइन्छ । जुनसुकै समाजको पनि जीउधनको सुरक्षा गर्ने र शान्ती स्थापना गर्ने पहिलो लक्ष हुन्छ । नेपालमा भने अरुले अरुलाई दुख दिने माथी भनिएका अपराधका घटना नै फालाफाल घटिराखेका छन् । यीनलाइ नियन्त्रण गर्न सुरक्षा निकायहरु असक्षम भएको वेलामा आफुले आफुलाइ नै हानी गर्ने तर अरुलाइ हानी नपुग्ने खालका काममा सुरक्षा निकायको वढि ध्यान जानु अरुको आङको जुम्रा देख्ने तर आफ्नो आङको भैंसी पनि नदेख्ने जस्तो भएको छ । समाजमा सान्ति स्थापनाको लागि सुरक्षा निकायले अरुले अरुलाइ दुख दिने खालका अपराधलाइ नियन्त्रण गर्ने कुरालाइ प्राथमिकतामा राख्नु पर्छ । एउटा त हाम्रो देशको प्रचलित नियम कानुनहरु कन्सीस्टेण्ट पनि छैनन् । किन कुनै अपराध अपराध भयो भनेर हामीले दिमाग पनि लागाउँदैनौ । उस्तै प्रकृतिको एउटा कामलाइ अपराध मानिएको छ तर अर्कोलाइ मानिएको छैन । जस्तै हेलमेट नलगाइ मोटरसाइकल चलाउँदा भन्दा धुम्रपानले धेरै मान्छे मारेको छ । तर धुम्रपान गर्नलाइ छुट छ तर हेलमेट नलगाइ मोटरसाइकल चलाउँदा गैरकानुनी हुन्छ । यस्ता आफुले आफुलाइ नै हानी पुर्याउने खालका केहि उदाहरणहरु तल दिइएको छ र तिनै उदाहरणको आधारमा छलफललाइ अगाडि वढाइएको छ ।
उदाहरण १
शुरविरले हेलमेट लगाउने जरुरी ठानेनन् र उनले हेलमेट नलगाइकन मोटरसाइकलमा सहर घुम्दैथिए । उनलाइ पुलिसले च्याप्प समाइहाल्यो । किनकी हेलमेट नलगाइ मोटर साइकल चलाउनु गैर कानुनी काम थियो । हेलमेट नलगाइ मोटरसाइकल चलाउदा उनलाइ जोखिम थियो तर यसवाट अरुलाइ हानी पुग्दैनथ्यो ।
उदाहरण २
वावुवाजेका पाला देखि गाँजा खेति गर्दैआएका वझाङका एक जना कृषकले गाँजाकै रेशावाट लुगा वन्ने, डोरी वाट्ने, गाँजाको विउको अचार खाने र कहिले कहिले गाँजा पनि खाने गर्थे । एका एक सरकारले गाँजा खेतिलाइ गैरकानुनी वनाए पछि उनी त्यहि काम गर्दा अपराधी भएका छन् । उनी अहिले जेलमै छन् ।
उदाहरण ३
सरनाथले हिउँदको मैन्हामा उनको लैनु भैंसीलाइ टाँकीको घाँस काटेर ख्वाउन खोज्दा रुखवाट लढे । उनलाइ डोकामा वोकेर अस्पताल लैजादै गर्दा वाटैमा विते । उनले रुख चढेर घाँस काट्ने काम गैर कानुनी थिएन ।
उदाहरण ४
दमको विमारले जितवहादुरलाइ लग्यो । चुरोट विडि नविसाईकन पिउँथे । मर्ने दिनको विहान पनि उनले छ वटा खिल्ली चुरोट सकेका रहेछन् । छपन्न वर्षमै उनको आयु सकियो । परिवारले र डाक्टरले भनेको मान्दिएका भए उनी सजिलै सत्तरी अस्सी वर्ष सम्म वाँच्थे होला । चुरोट पिएर उनले आफ्नो आयु घटाए तर चुरोट पिउनु गैर कानुनी थिएन ।
उदाहरण ५
उमा र प्रीतम कलेजका साथी हुन् । उनीहरुको सम्वन्ध प्रगाढ हुदै जाँदै थियो । दुवैको सल्लाहले एक दुइ दिन गोर्खा तिर घुम्न गएका वेलामा प्रहरीले छापा मार्दा उमा र प्रीतमलाइ रंगेहात यौन कृडा गरेकोवेला फेला पार्यो र वेश्या वृत्ति गरेको आरोममा उनीहरु वसेको होटल मालिक, उमा र प्रीतमलाइ समाएर पुलीसले अनुसन्धान गरि रहेको छ । उनीहरुको यस्तो सम्वन्धले अरुलाई हानी पुगेको थिएन ।
उदाहरण ६
प्रहरीले काठमाण्डौका क्यासिनोहरुमा छापा मारेर १६ जना नेपाली जुवाडेलाइ नियन्त्रणमा लिएको छ । जुवा खेलेर उनीहरुले अरुलाइ हानी पुर्याएका थिएनन् ।
अरुले गर्दा हुने हानी र पीरलाइ हामीले सहनु हुदैन र राज्यले आफ्ना नागरिकको जिउ धनको सुरक्षालाइ पहिलो प्राथमिकतामा राखेको हुनु पर्छ । कसैले मेरो इच्छा विरुद्ध मेरो जिउमा, धनमा वा सम्मानमा हानी पुर्याउँछ भने कानुनले त्यो कुरालाइ समाउन सक्नु पर्छ । यसमा कसैको पनि दुइमत नहोला । यो वारेमा वढि भनिरहनु पनि नपर्ला । तर जव मानसिक सन्तुलन नविग्रीएको वयस्क मान्छेले अरुलाइ हानी नपुर्याइकन आफुलाइमात्र हानी पुर्योउने काम गर्छन् भने त्यस्तो अवस्थामा राज्यले के गर्ने भन्ने प्रश्न नै यो लेखको मुख्य विषय हो । अनुसन्धानले देखाएको छ कि धुम्रपानले घटिमा पनि १० वर्ष देखि लिएर २५ वर्ष सम्मको आयु घटाउँछ तर त्यो जान्दा जान्दै पनि मान्छेहरुले धुम्रपान गरेका छन् । अरुलाइ धुँवाले असर नपुर्याइकन उनीहरुले धुम्रपान गर्छन भने त्यसलाइ राज्यले रोक लगाएको छैन । र जव वयस्क मान्छेले जानी वुझीकन आफुलाइ हानी पुर्याउन खोज्छन् भने उनीहरुको त्यो अधिकारको राज्यले सम्मान गर्नु पर्छ ।
हेलमेट नलगाइ मोटरसाइकल चलाउँदा टाउकामा चोटलाग्ने सम्भावना वढि हुन्छ । हेलमेटको प्रयोगले मृत्युको सम्वाभनालाइ घटाउँछ । तर यसले शरिरको अन्य भागमा हुने क्षतिलाइ भने कम गर्दैन । हेलमेट लगाएको मान्छेको खुट्टा भाँचिन सक्छ । छातीमा चोट लाग्न सक्छ त्यो चोटले मान्छे मर्न पनि सक्छ । हेलमेट लगाउँदैमा यसले जोखिमलाइ पुरै घटाउँछ भन्ने छैन । तर यी जोखिमका कुराहरु वुझ्दा वुझेदै पनि जव एकजना वयस्क मान्छेले हेलमेट लगाउँदैन भने राज्यले उक्त व्यक्तिको विचारको सम्मान गर्नु पर्छ र हेलमेट लगाउन वाध्य पार्नु हुदैन ।
मान्छेले चाह्यो भने जहिलै पनि आफुले आफुलाइ हानी पुर्याउन सक्छ । उसले एकान्तमा वसेर आत्म हत्या सम्म गर्न सक्छ । माथीको उदाहरणमा धुम्रपान गर्दा उसलाइ हानी हुन्छ । यदि राज्यले हेलमेटलाइ अनिवार्य वनाउने हो भने धुम्रपानलाइ पनि गैर कानुनी किन नवनाउने ? रुख चढ्दा लड्ने सम्भावना पनि उत्तिकै हुन्छ । रुख चढ्ने कामलाइ पनि गैरकानुनी वनाउनु पर्यो । भेल आएको वेलामा खोला तर्दा पनि जोखिम हुन्छ त्यो गर्न पनि दिनु भएन । मोटाएको मान्छेलाइ चिनी वा घिउ खाँन दिनु भनेको उस्को मुटुको विराम र डाइविटिजलाइ वढाउनु हो । चीनी र घीउ पनि खान दिनु भएन र राज्यले यस्लाइ पनि गैरकानुनी वनाउनु पर्यो । हिमाल चढ्ने काम, जसवाट वर्षेनी धेरै मान्छे मर्ने गर्छन, लाइ पनि गैर कानुनी वनाउनु पर्यो । रक्सि खाएर मान्छेहरुले मानसिक सन्तुलन गुमाउदाँ झगडा हुँदा कहिले कहिले मान्छे मरेका घटना पनि छन् । रक्सि पिउने कामलाइ पनि गैर कानुनी वनाउनु पर्यो । केटाकेटिलाइ स्कुल नपठाउने वावुआमाहरुलाइ पनि जेल हाल्नु पर्यो । यस्ता आफुले आफुलाइ नै हानी गर्ने कुराहरु रोक्दै जाने हो भने हाम्रा व्यक्तिगत स्वतन्त्रता जति सवै नै सकिएर जान्छन् र व्यक्ति राज्यको एउटा पुतली वन्न पुग्छ ।
मैले क्यासीनोमा जुवा खेल्दा मेरो हानी हुन्छ भने त्यो हानी पनि मैले नै व्यहोर्ने हो । किन मलाइ राज्यले जुवा खेल्न नदिने । म वच्चा पनि होइन र म मानसिक रुपमा स्वस्थ छु, मैले ठीक र वेठिक छुट्याउन सक्छु भने मलाइ मेरो वारेमा निर्णय गर्न किन नदिने ? मेरो वारेमा मलाइ वढि थाहा हुन्छ कि राज्यलाइ वाढि थाहा हुन्छ ? मैले चाहे भने मलाइ हानी गर्न म जहिले पनि सक्छु । मलाइ आत्म हत्या गर्न वाट राज्यले रोक्न सक्छर ? मैले चाहे तरकारी काट्ने चक्कुले मेरो हात काटि दिन सक्छु, मेरा गाला तास्न सक्छु, छातीमा रोप्न सक्छु । मलाइ मैले गर्ने माया भन्दा धेरै माया राज्यले गरेर मेरो वावुआमा जस्तो किन हुनु पर्यो ?
उमेर पुगेका दुइ व्यक्तिले राजी खुशीसाथ शारिरीक सम्वन्ध राख्छन् भने त्यसमा राज्यलाइ के को आपत्ति ? जव कसैलाइ अन्याय भए त उनीहरुले उजुर गरि हाल्छन नै । तर जव कोहि पनि अन्यायमा परेको हुदैन भने कसरी मान्छे अपराधी वन्छ ? के हरेक नागरिकले देशको एउटा ठाउँवाट अर्को ठाउँमा जाँदा नागरिकता र नाता प्रमाणितका कागजहरु वोकेर हिड्नु उचीत हो ? के त्यो संभव छ ? वयस्क मान्छेहरुले तेस्रो पक्षलाइ हानी नपुर्याइकन गरिने लिन दिन व्यावहारलाइ किन हामीले अनुचित मान्ने ?
तर कहिले कहिले आफुलाई मात्र हानी हुने हो कि अरुलाइ पनि हानी हुने हो भनेर छुट्याउन सजिलो हुँदैन । जस्तै आधा मात्र भरिएको वसको एक जना यात्रुले आफ्नै रिस्कमा छतमा वस्न खोज्यो भने उस्लाइ छतमा वस्न दिनु पर्छ किनकी उस्को तौलले त्यो वसको सन्तुलमा केहि असर पर्दैन । खाली वसको छतमा यात्रु वस्दा वस्ने मान्छेलाइ मात्र जोखिम हुन्छ । जव त्यो व्यक्ति जोखिम मोल्न तयार हुन्छ भने र उसले अरुको जोखिमलाइ वढाउँदैन भने उस्लाइ त्यो जोखिम मोल्न दिनु पर्छ (चुरोट पिउन छुट दिएको जस्तो ) । तर सिट भरिए पछि ठाउँ नभएर छतमा मान्छे राख्दा वढि तौलले गर्दा गाडिले सन्तुलन गुमाउन सक्छ, दुर्घटना हुन सक्छ । यसले गर्दा छतमा वस्ने मान्छेलाइ मात्र जोखिम नभएर वसका सवै जनालाइ धरापमा पर्न सक्छन् । त्यसैले भरिएको गाडिमा छतमा मान्छे चढाउन राज्यले रोक्नु पर्छ किनकी त्यो कामले अरुलाइ पनि हानी पुग्छ । त्यसैले यस्तो अवस्थामा एउटा व्यक्तिले लिने जोखिमको असर अरुमा नपार्नका लागि राज्यको हस्तक्षेप चाहिन्छ ।
हालसालैको घटनामा पाँचथरको फिदिममा १८ वर्ष उमेर नपुगेको केटाकेटिको विहेको जग्गेवाटै ६ जनालाइ पक्राउ गरेको थियो । उमेर नपुगेको वच्चाको विहा गर्दा कस्लाइ घाटा हुन्छ । पहिलो घाटा त उनीहरुलाइ नै हुन्छ । दोस्रो घाटा भनेको उनीहरुका वुवाआमालाइ हुन्छ । यो विहेलाइ राज्यले अपराधको विषय वनाउँदा झन उल्टै उमेर नपुगेको केटाकेटि लाइ दुख भयो । उनीहरुले जेल वस्नु पर्ने हुन्छ । उनीहरुका वावुआमालाइ जेल र दण्ड दुवै खाले जरिवाना हुन सक्छ । जसको सुरक्षाकालागि त्यो नियम वनाइएको छ उनीहरुले नै दुख पाएका छन् । र यो कुनै अनमेल विवाह पनि थिएन । अर्को कुरा वावुआमा छोराछोरीलाइ माया नगर्ने र उनीहरुलाइ हेला गरेर यस्तो विवाह गरिदिएको भन्ने आधार पनि छैन । राज्यले यो काम वाट के जित्यो त ?
हाम्रा प्रहरी प्रशासन र न्यायलयहरुले खाली अरुले पुर्याउने हानी तर्फमात्र ध्यान दिने हो भने हाम्रो समाजमा न्याय र स्वतन्त्रतालाइ वढावा पुग्थ्यो । तर दैनिकै जसो ल्याइने नयाँ नयाँ कानुनहरुमा यस्ता आफुले आफुलाइ नै हानी गर्ने कुराहरुलाइ पनि पारिएको हुनाले प्रहरी र न्यायलयलाइ अनावस्यक रुपमा वोझ थपिएको छ र अरुले पुर्याउने हानीलाइ नियन्त्रण तिर श्रोत साधनहरुको कमि छ । मान्छेहरु अपहरणमा पर्ने क्रम जारि छ, भ्रष्टाचार जताततै व्याप्त छ, महिलाहरुलाइ गरिने दुव्र्यवहारको कमि छैन, किर्ते कागजको जगजगि छ र अरुलाइ हानी गर्ने अपराधीहरु समातिएका छैनन्, अदालतले तोकेको दण्डलाइ पालना गराउन सकेको छैन । तर हाम्रा प्रहरीहरु होटल र क्यासिनोमा चाहारेर आफुले आफुलाइ हानी गर्नेहरुलाइ खोजेर आफ्नो जिम्मेवारी पुरा गरेको जस्तो देखाउनमा व्यस्त छन् । अरुको हानी पुर्याउने अपराधिक कृयाकलापलाइ मात्र हाम्रा प्रहरी र न्यायलयहरु लाग्ने हो भने व्यक्तिगत स्वतन्त्रताको साथमा अपराध नियन्त्रण पनि हुने थियो ।
December 16th, 2012 मा पहिलो पटक प्रकाशित
कसैले आँफैलाई हानि बा चोट पुर्यायको आरोप कस्ले लगाउने? मानशिक रुप्मा बिच्छिप्त भयकाले बाहेक आँफैलाई चोट बा हानि पुर्याउने कार्य् गर्दैन। स्वस्थ मानिसले आफुलाई चोट दियको पनि उस्लाई आँफैलाई दियको चोतको पिडा भन्दा बढी पिडा दिने मानशिक सामाजिक आर्थिक र् शारिरिक् पिडाको अन्त गर्न नै हुन्छ। यसैले त् हो कयौ मुलुकमा ब्यक्तिलाई मर्ने अधिकार दियको छ्। अरुलाई चोट नदिकन आफुलाई पिडा बाट मुक्ति दिलाउने अधिकार सबैमा छ्। यो कुरामा बिकल्प दिन नसक्ने सित कुनै “तर” लगाउने अधिकार छैन।
नेपालमा अरुको नाम बिताउने स्वनामधारि र् अरुलाई असछ्यम बनाई सछ्यम बनेका विद्वान शक्तिशालीहरु र् उनिहरुको पद र् शानको निमित जेपनि बक्ने गर्नेहरुले चोट हानि पिडा र् हत्या शब्दको मात्रै होईन सहि र् गलत शब्दकै परिभासालाइनै गोलमतोल तोद फोद गरेको छ् उनिहरुको उनिहरुको गुत समुहको स्वार्थ र् सुखको निमित।य्स्ताहरुनै देस र् समाजको हजुर-गजुर बनेकोले कयौले आँफैलाई चोट दिन वाध्य बनेको छ्; बेकारीले दिने भोकमरी बाट बाँच्न अरुको कमारा रखैल बन्न बिबसनै बनेको छ्; लुतियर भिखारी बन्नै पर्ने भयको छ्। यस्तो अवस्थामा स्विकार्न र् सहन् नसकेर ब्यक्तिले आँफैलाई मार्न पनि सक्छ मात्रै होईन मार्दै आयकैछ्। उदाहरण भिम मल्ल र् भिमसेन थापाकै लिउ, दलको अलग्गै सरकार बनेको बेला घतेको घटनाको लिउ।
रुखवाट लड्नु भवितव्य हो
जुवा खेल्दा परिवारलाई पनी हानी हुन्छ
टाउकोमा लागेको चोटले मर्ने सम्भावना धेरै ज्यादा हुन्छ।
चुरोटमा बैधानिक चेतावनी लेखिएको हुन्छ।
राज्यले बनाएको कानुन गलत भन्ने छुट छ तर मान्दिन भन्न पाइन्न।
र अन्त्यमा आप सच्चीमुच्ची डा हो? लेख त पुरै काइते छ।
What the writer is trying to say is confusing. Waste of time.