Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सोनी वर्ल्ड फोटोग्राफी अवार्डमा नेपालको तर्फबाट जित्ने फोटो

Posted on February 29, 2020 by Salokya

सोनीको प्रायोजनमा वर्ल्ड फोटोग्राफी अवार्डस् हरेक वर्ष हुने गर्छ। यो अवार्डसमा प्रोफेसनल, ओपन, युथ र स्टुडेन्ट गरी मूलतः चार वटा विधामा प्रतियोगिता हुने गर्छ। तर विभिन्न देशका फोटोग्राफरहरुलाई प्राथमिकता दिनका लागि यी विधामा इन्ट्री गर्ने छुट्टाछुट्टै देशका लागि छुट्टाछुट्टै नेसनल अवार्ड पनि दिने गरिन्छ। यो वर्ष अर्थात् सन् २०२० का लागि नेसनल अवार्डको घोषणा शुक्रबार राति भएको छ। नेपालको तर्फबाट कुशल शाहीको फोटोले अवार्ड जित्न सफल भएको छ।

पुरस्कृत फोटो कास्कीको मार्दी हिमालमा खिचिएको हो।

Description: Mardi Himal, Kaski: A Parade of mountaineers heading towards the destination in search of destiny by following the natural street into the Himalaya. Fighting with the cold and dry blows, we march towards the summit. The attachment with these majestic Himalayas in the reason that has kept us going and the reward is something different; Peace and Serenity.

Copyright: © Kushal Shahi, Nepal, Winner, National Awards, 2020 Sony World Photography Awards

विश्वका ६० भन्दा बढी देशहरुमा राष्ट्रिय अवार्ड कार्यक्रम अन्तर्गत स्थानीय फोटोग्राफी प्रतिभालाई चिनाइन्छ। यस कार्यक्रमले खुल्ला प्रतिस्पर्धामा लिइएका दशवटा फोटोहरु मध्येबाट एउटा फोटो छनोट गर्ने र अतिरिक्त अवसरका रुपमा फोटोग्राफरहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउनुको साथै पुरस्कारहरु प्रदान गर्ने गर्दछ।

विगत आठवर्षदेखि सञ्चालित यस कार्यक्रममा विश्वभरका ४०० भन्दा बढी राष्ट्रिय अवार्ड विजेता लगायत फाइनलमा प्रवेश हुन सफल प्रतियोगीहरुले ग्लोबल एक्सपोजरको अवसर पाइरहेका छन्। विजेताहरुले विभिन्न प्रकारका पुरस्कार प्राप्त गर्नु हुने छ जसमा सोनी डिजिटल इमेजिङका उपकरण लगायत सोनी अवार्ड विजेता पुस्तकमा फोटो विशेष रुपमा राखिन्छ। उक्त अवार्ड विजेता फोटोलाई लन्डनमा हुने सोनी बार्षिक फोटोग्राफी अवार्ड मेलामा पनि प्रदर्शनका लागि राखिने छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme