Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्याउनु हुन्छ? एउटा त्यस्तो पत्रिका जसमा समाचार एउटा पनि छैन

Posted on February 28, 2020February 28, 2020 by Salokya

पत्रिका भन्ने बित्तिकै तपाईँ के बुझ्नुहुन्छ? पक्कै पनि समाचार। समाचार बिनाको पत्रिका तपाईँ कल्पना गर्न सक्नुहुन्छ? अहँ। गाह्रै हुन्छ।

तर हामी तपाईँलाई यहाँ एउटा यस्तो पत्रिका देखाउँदैछौँ, जसमा समाचार नै छैन।

यो नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश विक चिन्तन प्रकाशक सम्पादक रहेको रुकुमबाट प्रकाशित नयाँ यात्रा साप्ताहिकको गत असोज १० मा प्रकाशित अंक हो। ४ पेजको पत्रिकामा एउटा पनि समाचार छैन्। मुश्किलले एउटा सम्पादकीय भने अटाएको छ। तर उक्त सम्पादकीय पनि जिल्लामा प्रभाव पार्ने खालको छैन्। यो पत्रिकाको वर्ष ९ र अंक ७ लेखिएपनि बजारमा भने यो पत्रिका पाइँदैन।

गत असोजमा प्रकाशित भएको यो अंक संयोगले भर्खर फेला पर्‍यो। यसको अघिल्लो पृष्ठदेखि अन्तिम पृष्ठसम्म जम्मै सूचना तथा विज्ञापन मात्र राखिएको छ। बजारमा नपाइए पनि यो पत्रिका सम्बन्धित विज्ञापनदाता तथा स्थानीय तह र सरकारी तथा गैरसरकारी संघसंस्थाको लेखाशाखामा भने पाइने गरेको छ। कन्टेन्ट भन्दा पनि विज्ञापनमा चासो दिने यो पत्रिका कहिले प्रकाशन हुन्छ र कहाँ पुग्छ भन्ने कसैलाई पत्तो हुँदैन।

पत्रकार महासंघकै अध्यक्षले निकाल्ने पत्रिका नै कस्तो नमूना ! पत्रकारिताका विद्यार्थीले छुटाउनै नहुने।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme