विश्वका फोटो पत्रकारहरुका लागि एउटा प्रतिष्ठित अवार्ड हो- वर्ल्ड प्रेस फोटो। यो अवार्ड पाउने धोको हरेक फोटो पत्रकारको हुन्छ। अहिलेसम्म नेपालका कुनै पनि फोटो पत्रकारले यो अवार्ड पाउने त के, नोमिनेटसम्म हुन सकेको अवस्था छैन।
यो वर्ष वर्ल्ड प्रेस फोटो अफ दि इयर अर्थात् वर्षको सर्वोत्कृष्ट फोटोका लागि ६ वटा फोटो सार्वजनिक गरिएको छ। यसमध्ये एउटा फोटोले अवार्ड पाउनेछ। त्यसैगरी अरु विभिन्न विधाका नोमिनेसन पनि आज सार्वजनिक गरिएको छ। त्यसबारे ब्लग राख्ने नै छु। अहिलेलाई भने वर्ल्ड प्रेस फोटो अफ दि इयरका लागि छानिएका फोटोहरु।
Title: Relative Mourns Flight ET 302 Crash Victim
© Mulugeta Ayene, Ethiopia, Associated Press
इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परेका परिवारका एक सदस्य दुर्घटनास्थलमा पुग्दा आफ्नो परिचितको केही पनि अंश बाँकी नभएको थाहा पाएपछि धूलो आफ्नै अनुहारमा हान्दै रुँदै।
An Ethiopian relative of a crash victim throws dirt in her own face after realising that there is nothing physical left of her loved one, as she mourns at the scene where the Ethiopian Airlines Boeing 737 Max 8 crashed shortly after takeoff on Sunday killing all 157 on board, near Bishoftu, south-east of Addis Ababa, in Ethiopia Thursday, March 14, 2019. About 200 family members of people who died on the crashed jet stormed out of a briefing with Ethiopian Airlines officials in Addis Ababa on Thursday, complaining that the airline has not given them adequate information.
Title: Clash with the Police During an Anti-Government Demonstration
© Farouk Batiche, Algeria, Deutsche Presse-Agentur
अल्जेरियाको अल्जियर्समा भएको सरकार विरोधी प्रदर्शनमा दंगा प्रहरी र विद्यार्थीहरुबीच भएको झडप।
Algerian students and riot police scuffle during an anti-government demonstration. Algeria has been embroiled in an unprecedented wave of months-long protests following the February 2019 announcement of then-President Abdelaziz Bouteflika to seek a fifth term in office.
Title: Straight Voice
© Yasuyoshi Chiba, Japan, Agence France-Presse
सुडानको खारर्तुममा मोबाइल फोनको प्रकाशको उज्यालोमा एक युवकले कविता पढ्दा नारा लगाउँदै प्रदर्शनकारीहरु।
People chant slogans as a young man recites a poem, illuminated by mobile phones, before the opposition’s direct dialog with people in Khartoum on June 19, 2019. – People chanted slogans including “revolution” and “civil” as the young man recited a poem about revolution. (Photo by Yasuyoshi CHIBA / AFP)
Title: Awakening
© Tomek Kaczor, Poland, for Duży Format, Gazeta Wyborcza
यो फोटो पोल्यान्डको शरणार्थी शिविरको हो। रेजिग्नेसन सिन्ड्रोमका कारण ह्विलचियरमा रहेकी १५ वर्षीया आर्मेनियन किशोरीको फोटो हो यो।
A 15-year-old Armenian girl who has recently woken from catatonic state brought on by Resignation Syndrome, sits in a wheelchair, flanked by her parents, in a refugee reception center in Podkowa Leśna, Poland.
Title: Injured Kurdish Fighter Receives Hospital Visit
© Ivor Prickett, Ireland, for The New York Times
सिरिया-टर्कीको सीमामा टर्कीका सेनासितको युद्धमा घाइते भएर जलेका आफ्ना ब्वाइफ्रेन्डलाई भेट्न पुगेकी गर्लफ्रेन्ड। सुरुमा उनी घाउचोट देखेर तर्सिएर कोठाभित्रै आउन सकेकी थिइनन्। पछि नर्सले भर दिएपछि भित्र पसेर हात समातेर छोटो कुराकानी गरेकी थिइन्।
A young Kurdish SDF fighter was visited by his girlfriend for the first time, after he had been badly burnt during a battle with Turkish forces on the Syrian-Turkish border several days before. Initially she was unable to enter the room because she was so horrified by his injuries. Eventually she was coaxed into the room by a nurse and managed to hold his hand a have a short conversation.
Title: Nothing Personal – the Back Office of War
© Nikita Teryoshin, Russia
युएईको अबुधाबीमा भएको इन्टरनेसनल डिफेन्स एक्जिबिसन एन्ड कन्फ्रेन्सको अन्तिम दिन एक व्यापारी एक जोडी एन्टी ट्याङ्क ग्रिनेड लञ्चर थन्क्याउँदै।
यी मध्ये एउटा फोटोले अवार्ड पाउनेछ। तपाईँको विचारमा कुन बन्ला त वर्ल्ड प्रेस फोटो अफ दि इयर ?
malai ta kunai pani khas lagena. huna ta photo harule afnai katha byatha bokeko chh tara pani sayed ajha kehi badhi apeksha thiyo hola malai. ek chhannai parda chai अल्जेरियाको अल्जियर्समा भएको सरकार विरोधी प्रदर्शनमा दंगा प्रहरी र विद्यार्थीहरुबीच भएको झडप। lai utkristha manchhu ma
Number 1 जलेका आफ्ना ब्वाइफ्रेन्डलाई भेट्न पुगेकी गर्लफ्रेन्ड। सुरुमा उनी घाउचोट देखेर तर्सिएर कोठाभित्रै आउन सकेकी थिइनन्। पछि नर्सले भर दिएपछि भित्र पसेर हात समातेर छोटो कुराकानी गरेकी थिइन्।