Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अन्नपूर्ण पोस्टमा हुँदै नभएको गृह मन्त्रालयको आकस्मिक बैठकको समाचार

Posted on February 25, 2020February 25, 2020 by Salokya


अन्नपूर्ण पोस्टमा आज अचम्मै भयो। पत्रिकाको पहिलो पेजमै एउटा एक कोलमको समाचार छापियो जसको शीर्षक थियो- गृहमा आकस्मिक बैठक। त्यही समाचार अन्नपूर्ण पोस्टको अनलाइनमा मात्र छापिएन, भुरे टाकुरे कपिपेस्टे अनलाइनहरुले पनि भटाभट कपिपेस्ट गर्न थाले।

समाचार ठूलो थिएन। मात्र तीन वाक्यको थियो। तर गम्भीर थियो। गृहमन्त्रीले सुरक्षा प्रमुखहरुलाई बैठक डाकेर सतर्क रहनु भनेको गम्भीरै कुरा हो नि। तर यस्तो गम्भीर खबर भने फेक परेछ। अर्थात् गलत समाचार। गृहमन्त्रीले बैठक डाकेकै थिएनन्। बैठक बसेकै थिएन। गृहमन्त्री रामबहादुर थापा त विगत तीन दिनदेखि काठमाडौँमै थिएनन्।

यस्तो थियो अन्नपूर्ण पोस्टमा छापिएको समाचार-

नजिकबाट हेरौँ समाचार-

गृहमन्त्री अस्तिदेखि नै चितवनमा थिए। अनि काठमाडौँमा कसरी सुरक्षा प्रमुखहरुसहितको बैठक भएछ? अचम्म !

यो समाचार अन्नपूर्ण पोस्टको अनलाइनमा पनि छापिएको थियो यो लिङ्कमा
http://annapurnapost.com/news/148834

तर अहिले त्यो लिङ्कमा क्लिक गर्नुभयो भने अर्कै समाचार पो खुल्छ-

समाचारको मुनितिर एउटा यस्तो सानो नोट राखिएको छ सम्पादकको नाममा

अनलाइनको यो एकदम गलत अभ्यास हो। एउटा समाचार छापिएको लिङ्कमा त्यो समाचार पूरै डिलिट गरेर अर्कै समाचार प्रकाशन गर्नु अन्तर्राष्ट्रिय अभ्यास विपरीतको कुरा हो। अझ ‘यसअघि यो लिंकमा गलत समाचार प्रकाशित भएकोमा क्षमाप्रार्थी छौँ’ भनेर लेखिए पनि पहिले के समाचार थियो र त्यसका के गल्ती थियो भन्ने बारे कुनै जानकारी दिइएको छैन। त्यसो गर्नु पाठकलाई ठग्नु हो। पाठकलाई के गलत छापिएको थियो भन्ने जानकारी पाउने अधिकार हुन्छ।

अनलाइनमा त यो समाचार सच्याइयो, अनलाइन नहेर्ने पत्रिकामात्र पढ्नेहरुले त यो सही समाचार नै ठानिरहेका होलान्। ती पाठकहरु समक्ष भोलि अन्नपूर्ण पोस्टले कसरी माफी माग्ने हो, भोलिको अङ्क हेर्नुपर्ने हुन्छ।

अनलाइनमा त लाज मानी मानी के सच्याएको थाहा पनि नहुने गरी समाचार त सच्याइयो, तर कपिपेस्ट गरी यसरी समाचार आएका अनलाइनहरुलाई कसले सम्झाउने? यति धेरैमा भ्रम फैलाएकोमा जिम्मेवार को ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme