Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्याङ्जामा लाटोकोसेरो र हुचिल हेर्न दुई दिनमा पाँच हजार, १६ फोटोमा हेरौँ उत्सव

Posted on February 24, 2020 by राजु आचार्य

राजु आचार्य/तस्विरहरू: रोहित गिरी

संसारका ४ मुलुकमा मात्र हुने ‘लाटोकोसेरो तथा हुचिल उत्सव’ यसपालि स्याङ्जा जिल्लामा सम्पन्न भयो । माघ २४ र २५ मा आयोजित सो कार्यक्रममा स्थानीयको सहभागिता धेरै थियो ।
उत्सव सुरु हुनु अगाडी नै वरपरका विद्यालयमा गएर १४०० विद्यार्थी र शिक्षकसँग लाटोकोसेरो संरक्षणका फाइदाबारे छलफल गरिएको थियो। यो सङ्ख्या समेत गरी दुई दिनमा करिब ५००० मानिसले सो उत्सवको अवलोकन गरेका थिए।

घुमाउने घर, रोटे पिङ, लाटोकोसेरोको अस्थायी सङ्ग्रहालय, स्थानीय संस्कृति, पुराना खेलहरू, संरक्षण सम्बन्धी प्रवचन, प्रकृति संरक्षण पुरस्कार र निःशुल्क स्वास्थ्य शिविर उत्सवका मुख्य कार्यक्रमहरू मध्ये हुन्। पूर्वमा पाँचथर देखि पश्चिममा कैलाली सम्मका सहभागीहरू थिए। सो कार्यक्रम स्थानीय राङभाङ क्लब, मिलेनियम पदमार्ग व्यवस्थापन समिति र प्रकृतिका साथीहरूले आयोजना गरेको थियो। मुख्य संयोजक बाल कुमार गुरुङले अन्तमा भने ‘कार्यक्रम सफलताका साथ सम्पन्न भयो। सबैलाई मुरी मुरी धन्यवाद ’।

तस्बिरमा हेरौँ यो उत्सव।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme