Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पिएमको बर्थ डे तमाशा : केकमा नेपालको नक्सा, हेलिकप्टर चार्टर

Posted on February 23, 2020February 23, 2020 by Salokya


आज दिनभर प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनकै चर्चा रह्यो। जन्मघरमा जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिका पुग्ने भएपछि गाउँपालिकाले सार्वजनिक विदा नै घोषणा गरेको थियो। अझ अनौठो त प्रधानमन्त्रीले केक काट्दै गरेको फोटो हेर्दा लाग्यो। केक नेपालको नक्साको आकारको रहेछ। हरे, कसको बुद्धि होला देशकै नक्साको केक बनाउने! मनोज गजुरेलले त पहिले नै गाएका थिए गीत- जन्मदिनको केक जस्तो हैन मेरो देश, चट्ट काट्यो बाँडी खायो पहाड मधेश। तर केकमा नै देश बनाएर काटेर खाए।

भारतमा पाँच वर्षअघि सोनिया गान्धीको जन्मदिनमा भारतको झण्डाको केक बनाएर काटेर खाए भनेर बबाल मच्चिएको थियो।

मुलुकी संहिताको दफा १५१ मा पनि राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने प्रावधान राखिएको छ। यसमा जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न नहुने व्यवस्था छ।

यो बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था त्यसमा छ।

केकमा नेपालको झण्डा वा निशाना छाप नभएको भन्ने तर्क गरेर बच्न भने सकिन्छ। तर नैतिकताको कुरा गर्दा सरकार प्रमुख भएर देशकै नक्शाको केक काटेर खुवाउनु चाहिँ कति पनि उपयुक्त देखिन्न। प्रधानमन्त्रीकै अन्धभक्तहरुलाई भने केक त हो नि के भयो र साँच्चै देश टुक्राएर खाएको हो र भन्ने लाग्न सक्छ। त्यसो लागेको भए समस्या उनीहरुमा छ।

अझ अनौठो त यो बडेमानको केक बोक्नका लागि गरिएको अर्को तमाशा हो। केक ल्याउनका लागि हेलिकप्टर नै चार्टर गरिएछ। हेलिकप्टर चार्टर गरेर केक ल्याएको दृश्य हेलिकप्टरकै चालकले कसो खिचेछन् र सामाजिक सञ्जालमा लिक भएछ। पछि विवाद आउने डरले डिलिट गरिएछ। तर एक पटक इन्टरनेटमा अपलोड भइसकेको चिज जति डिलिट गरे पनि कहाँ हट्छ र। भेटिहालिन्छ जसरी पनि

हेर्नुस् भिडियो-

यो झण्डै दुई तिहाई पुगेको सरकारलाई के दशा लागेको हो, दिन प्रतिदिन काण्डमाथि काण्ड थपिएको थपियै छ। प्रधानमन्त्रीलाई आफ्नो जन्मघरमा जन्मदिनमा जान मन लाग्यो। त्यतिसम्म त ठीक थियो। उनका कस्ता सहयोगी र कस्ता चाकडीबाज होलान्, जसले प्रधानमन्त्रीलाई दिनहुँ विवादमा पार्ने काम गरिरहेको छ।

गोकुल काण्ड सकिएकै छैन। आफ्ना विश्वासपात्र रहेका मन्त्रीलाई राजीनामा दिन लगाउन बाध्य भए पनि छानबिन नगरिएको भन्ने विवाद थाती रहँदै फेरि अर्को विवादमा सरकारलाई मुछिएको छ।

1 thought on “पिएमको बर्थ डे तमाशा : केकमा नेपालको नक्सा, हेलिकप्टर चार्टर”

  1. madan bajracharya says:
    February 24, 2020 at 11:51 am

    भौगोलिक नक्सालाई धोतिले केक बनाएर कातेर खायकै छ्
    कोशी गण्डकी महाकालीमा हाम्रो अधिकार काटी ख्वायकैछ
    कर्तब्यलाई केक बनाएर भ्र्स्ताचारको चक्कुले काटी खायकैछ
    लोकको मतलाई ठुलाको व्हिपको दाह्राले मज्जैले चपायकै छ्
    त्याक्स तिरिसकेको कमाईमा नेतापाल्ने करको छुरी चलायकैछ
    त् अव खान र् ख्वाउन बाँकी बचेँको नेपालको नक्सा मात्रै हो
    कोही पकाई खाला,कोही कांचै खाला कोही केक बनाई खाला
    हलाल गरिने बकरीके बेटाबेटी हम कव तक खैर मना सकेगे?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme