Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रमको बर्थ डे गिफ्ट आठराई गाउँपालिकाले बासिन्दालाई दियो – सार्वजनिक विदा

Posted on February 23, 2020 by Salokya

पञ्चायत कालमा हुर्के बढेकालाई पुस १४ गतेको सार्वजनिक विदा याद होला। त्यो दिन श्री ५ महाराजधिराज वीरेन्द्रको जन्मदिन हुन्थ्यो। त्यही मनाउनका लागि देशभर सार्वजनिक विदा दिइन्थ्यो। राजतन्त्र हट्यो, गणतन्त्र आयो। तर गणतन्त्रमा राष्ट्रपतिको जन्मदिनमा विदा हुने गरेको छैन।

आज भने अचम्म भयो। प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन आज। जन्मदिन मनाउन उनी जन्म घर जाँदैछन् तेह्रथुममा हेलिकप्टरबाट। अनि त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। यही अवसरमा त्यहाँको आठराई गाउँपालिकाले सार्वजनिक विदा नै घोषणा गरिदिएछ। प्रधानमन्त्रीको जन्मदिन वा भ्रमणका लागि स्थानीय तवरमा सार्वजनिक विदा नै दिइएको यो पहिलो घटना हुनुपर्छ। त्यसैले आजको दिन ऐतिहासिक दिन हो।

आठराई गाउँपालिकाले सार्वजनिक विदाका सम्बन्धमा फागुन ८ गते नै सूचना जारी गरेको थियो। सूचनामा जन्मदिनको बारेमा केही उल्लेख छैन।

प्रधानमन्त्रीले विभिन्न विकास निर्माणका कार्यक्रमहरुको शिलान्यास गर्ने भएकोले गाउँ कार्यपालिकाले फागुन ६ गते औपचारिक निर्णय गरेर नै विदा दिएको हो। यो विदा आठराई गाउँपालिका, मातहतका सरकारी कार्यालय र विद्यालयहरुमा लागू हुनेछ।

यो दिन गाउँपालिकासँग सम्बन्धित कार्यालयमा काम गर्ने कर्मचारी,  विद्यालयका शिक्षकहरुलाई तोकिएको पोशाकमा उपस्थित हुन पनि सूचनामा भनिएको छ।

यो गाउँपालिकामा तत्कालीन एमालेका मानबहादुर लिम्बु अध्यक्षमा निर्वाचित भएका थिए। यो गाउँपालिकाका सात वडामध्ये छ वटामा नेकपाका अध्यक्ष निर्वाचित भएका थिए भने एउटामा मात्र नेपाली कांग्रेस निर्वाचित भएको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme