केही दिनअघि मात्र चिनिया राजदूतले आफ्नो ट्विटरमा एउटा भिडियो ट्विट गरेकी थिइन्। त्यसमा चीनका लागि हाम्रा राजदूत लीलामणि पौड्याल आफ्ना दूतावासका कर्मचारीहरुसँग उभिएर मुठ्ठी उचाल्दै नारा लगाइरहेका थिए। भाषा बुझ्नेहरुका अनुसार चीनको समर्थनमा ती नारा लगाइएका थिए। मैले विश्वका कुनै पनि राजदूतले यसरी आफू बस्ने देशको पक्षमा नारा लगाएको अहिलेसम्म देखेको थिइनँ। चिनियाँ राजदूतलाई आफ्नो समर्थनको नाराहरु त रमाइलै लाग्यो होला र त आफ्नै एकाउन्टबाट ट्विट गरिन्। तर सधैँ राम्रा कुरामात्र कहाँ पाइनु, हिजो त चिनियाँ दूतावासले एउटा कडा विज्ञप्ति जारी गर्यो। यति कडा भाषामा पत्रिका र यसका सम्पादकलाई नै लक्षित गरी जारी गरिएको कडा विज्ञप्ति मैले अहिलेसम्म देखेको थिइनँ। खास विषय के थियो?
विषय के थियो भन्ने जान्नुअघि एक पटक काठमाडौँ पोस्टको फेब्रुअरी १८ को ओपिनियन सेक्सनमा के छापियो? त्यो हेरौँ-
China’s secrecy has made coronavirus crisis much worse यो आर्टिकल काठमाडौँ पोस्टको आफ्नो आर्टिकल हैन। सम्पादक अनुप काफ्लेका अनुसार काठमाडौँ पोस्ट एसिया न्युज नेटवर्कको सदस्य हो। नेटवर्कका सदस्यहरुले एक अर्काका आर्टिकलहरु छाप्ने गर्छन्। काठमाडौँ पोस्टले पनि नियमित छाप्ने गरिरहेको थियो।
यही क्रममा Ivo Daalder को यो लेख The Korea Herald बाट साभार गरी छापिएको थियो। The Korea Herald ले भने शिकागो ट्रिब्युनबाट यसलाई साभार गरेको थियो। लेखक Daalder खासमा NATO का लागि अमेरिकाका पूर्व दूत थिए। भनेपछि निश्चय पनि उनको विचार चीनप्रति आलोचनात्मक हुने बुझ्न कठिन छैन। त्यसै पनि पश्चिमा देशहरु कोरोना भाइरसको मामिलामा चीन प्रति अलि कठोर नै देखिएको प्रष्टै छ।
तर पनि बुझ्नु पर्ने कुरा के हो भने नेपाल स्वतन्त्र र सार्वभौम देश हो। विचार र अभिव्यक्तिको स्वतन्त्रता छ यहाँ। जसरी चीनको समर्थनमा नारा लगाउन र लेख लेख्न स्वतन्त्रता छ, त्यसरी नै अर्को पक्षको विचार के छ, त्यो पनि बुझ्न र पढ्न पाउनु पर्छ। अर्को पक्षको विचार छाप्नुको अर्थ त्यसको समर्थन गर्नु होइन भन्ने कुरा कट्टर कम्युनिस्ट बाहेक अरुलाई थाहा हुनुपर्ने कुरा हो।
अनलाइनमा छैन आर्टिकल
काठमाडौँ पोस्टको अनलाइनमा यो आर्टिकल खोज्दा भेटिन्न। के दबाबका कारण डिलिट गरिएको हो? मैले यो प्रश्न सम्पादक काफ्लेलाई सोधेको थिएँ। उनका अनुसार यो आर्टिकल अनलाइनमा राखिएकै थिएन। ‘एसिया न्युज नेटवर्कका सदस्य पत्रिकाहरुका सामाग्रीहरु काठमाडौँ पोस्टले बेलाबखत छाप्ने गर्छ। ती सामाग्री सामान्यतया अनलाइनमा राखिन्नन्, पत्रिकामा मात्रै छापिन्छ।’
काठमाडौँ पोस्टले छापेको लेखसँगैको माओले मास्क लगाएको त्यो कार्टुन पनि सम्पादक अनुप काफ्लेले बनाएका हैनन्। न उनको निर्देशनमा उनको मिडिया हाउसका कसैले कोरेका हुन्। यो त Ascannio ले बनाएको डिजिटल मोन्टाज हो। अर्थतन्त्र र बजारमा असर परेको झल्काउन यसो बनाइएको हो। सटरस्टकमा भएको रोयल्टी फ्री फोटो हो यो।
विश्वका अन्य मिडियाले पनि यही फोटो राखेका छन्। उदाहरण हेर्नुस्-
ब्राजिलको ब्राजिलियन रिपोर्टमा छापिएको।
नेदरल्यान्डसको मिडियामा छापिएको।
के यी सबै देशका चिनियाँ राजदूतले पनि यताकाले जस्तै कडा विज्ञप्ति दिए त ?
Statement of the Embassy of the People's Republic of China in Nepalhttps://t.co/xBzlh8xGzd
— Ambassador Hou Yanqi (@PRCAmbNepal) February 18, 2020
चिनियाँ राजदूतावासलाई यति कडा विज्ञप्ति जारी गर्न जरुरी थिएन। विज्ञप्तिमा राजीनामा दिएर फर्कन लागिसकेका सम्पादकको नामै किटेर further action को चेतावनी दिइएको छ। विज्ञप्तिको अन्तिम अंशमा भनिएको छ-
It is regrettable that Mr. Anup Kaphle, Chief Editor of The Kathmandu Post has always been biased on China-related issues. This time he went as far as disregarding the facts and becoming a parrot of some anti-China forces and, therefore, his ulterior purpose is destined to failure. The Chinese Embassy in Nepal has made solemn representations to the newspaper and himself and reserves the right of further action.
कुनै पनि कुरालाई कसरी लिने र कसरी बुझ्ने भन्ने विषय प्रमुख हुन्छ। यदि अहिले माओ जिउँदै रहेको भए प्रभावित क्षेत्रमा जाँदा उनको मुखमा पनि मास्क नै हुन्थ्यो होला। मास्क लगाउने सचेतना पनि दिने कुरा बुझे पनि हुन्छ सकारात्मक रुपमा बुझ्ने हो भने। यो त एउटा प्रतिकात्मक चित्र न हो। हैन, कसैको मनमा चोट नै परेको भए त्यसको प्रतिवाद गर्दै अर्को लेख लेख्न सकिन्छ, त्यही पत्रिकामा छाप्न सकिन्छ, चीनका राम्रा राम्रा कामको बखान गर्न सकिन्छ। लोकतान्त्रिक मुलुकमा लोकतान्त्रिक प्रक्रिया त्यही हो। reserves the right of further action भनेर अरु देशको पत्रिका र सम्पादकलाई चेतावनी दिने हदसम्म चिनियाँ दूतावास किन गएको होला, अचम्म लाग्यो।
प्रजातन्त्र दिवसको अघिल्लो दिन छिमेकी देशले राम्रै पाठ पढायो। चीनले आफ्नो देशमा त प्रेस स्वतन्त्रता दिएको छैन नै, अरु देशमा पनि त्यस्तै होस् भनेर सोच्नु ठीक होइन।
के हामी सबैले अब लीलामणि पौड्यालले जस्तै मुट्ठी उठाएर चीनको पक्षमा नाराबाजी गर्नुपर्ने हो?
Much love from our Nepali friends! H.E. @paudyallm, Nepali Ambassador to China and his colleagues, members of Arniko Society, students from Kathmandu University and citizens of Pokhara expressed their support to China's fight against #NovelCoronavirus through vidoes! pic.twitter.com/se1pj4UOyP
— Ambassador Hou Yanqi (@PRCAmbNepal) February 8, 2020
यस्तो छ चिनियाँ दूतावासको ऐतिहासिक विज्ञप्ति-
Statement of the Embassy of the People’s Republic of China in Nepal
2020/02/18
On February 18th, The Kathmandu Post published an article which, with a picture of malicious intention, deliberately smeared the efforts of the Chinese government and people fighting against the new coronavirus pneumonia and even viciously attacked the political system of China. We hereby express our strong dissatisfaction and firm protest to it. This fully revealed its ignorance and prejudice on China, deeply hurt the feelings of the Chinese people, and sparked strong indignation and condemnation among the Chinese people and the Nepali friends from all sectors.The new coronavirus pneumonia is an international public health emergency. The Chinese government has taken the most comprehensive and strongest measures to contain the epidemic, and those efforts are yielding positive effects. Many measures taken by the Chinese government are far beyond the suggestions of WHO and the requirement of the International Health Regulations. We have built several hospitals with thousands of beds within a very short period of time, which is a vivid manifestation of China’s speed, efficiency and power, and fully demonstrate the strengths of China’s system.
As a responsible major country, China has been acting in an open and transparent manner from the very beginning and has been providing timely updates on the epidemic and pursuing international cooperation. We have not only done our very best to ensure the life, safety and health of the Chinese people but also effectively curbed the spread of the epidemic beyond our borders, making China’s contribution and sacrifice for global public health. More than 160 countries and international organizations, including Nepal and WHO, has commended China on multiple occasions for its responsible actions, speaking highly of China’s decisive response.
Virus knows no borders. In 2009, the H1N1 flu outbreak in some western country had spread to 214 countries and regions, lead to more than 18449 deaths that very year. However, that country didn’t declare it as a national emergency until six months later. Nobody credited it to that country’s political system. Now, some western media took the opportunity to politicize the epidemic, criticize China’s efforts to fight against the epidemic and attack China’s political system. This is definitely a double-standard activity.
Public opinion will prevail. Since the outbreak of epidemic, the Government of Nepal and Nepali people have expressed their support to China in various ways. We are deeply moved and will remember it forever. The Nepali media also reported the epidemic and the prevention and control measures taken by China in an objective and fair perspective. It has played an important role in helping the Nepali people to understand the true situation, strengthening the prevention of the epidemic, and promoting the international cooperation in joint prevention and control.
We are ready to accept any meaningful suggestions on how to control the spread of the epidemic as soon as possible. But we firmly oppose any ulterior motives and even malicious attacks on the political systems of other countries. It is regrettable that Mr. Anup Kaphle, Chief Editor of The Kathmandu Post has always been biased on China-related issues. This time he went as far as disregarding the facts and becoming a parrot of some anti-China forces and, therefore, his ulterior purpose is destined to failure. The Chinese Embassy in Nepal has made solemn representations to the newspaper and himself and reserves the right of further action.
सम्पादक अनुप काफ्लेको ट्विटरमा प्रतिक्रिया
After complaining with management repeatedly about The Post’s journalism, the Chinese Embassy in Kathmandu today released a statement criticizing the kind of reporting and opinion we have been publishing in our pages.
What an honor on my last day of work in this country. pic.twitter.com/OJkw9Th5mi
— Anup Kaphle (@AnupKaphle) February 18, 2020
Important statement by the Chinese Ambassador to Nepal. I hope everyone gets a chance to read this, because it says everything about China’s admiration for freedom of press — that, too, in a neighboring country. https://t.co/rMJhcLZIuh
— Anup Kaphle (@AnupKaphle) February 18, 2020
I agree with salokya. Chinese embassy shouldn’t be crying about news article posted in Nepali newspaper. Those who are cheering for China will be first to praise the journalist had he posted similar news against India. Don’t forget it is the same Chinese rulers who almost jailed a doctor who disclose about the corona virus.
Anup Kafle himself is a product of America. Its not surprising that any articles to be published in that sentiment supporting western views. Its not a good idea to blame to any country in difficult situation. Nepal is a neighboring country of China.
मेरो बिचारमा समाचार पत्रले निहूँ खोजेकै हो । चीनमा कस्तो आफत आइ परेको छ र उसले भरमग्दूर प्रयास गरि रहेको छ भाइरस निवारणको लागि । विश्वलाई थाहा छ कति के भै रहेको छ उता । काठमांडू पोष्टले चिढाएको नै हो । मूर्खै जे पायो त्यही लेख छाप्ने अनि चाइनाको राजदूतलाई दोषी तोक्ने ? आफुले नै आर्टिकल बनाएर छाप्ने हिम्मत भएन अर्काको काँधमा बन्दूक राखेर फायर गरेको थियो आफै तिर फर्कियो गोली । जानी जानी चीन विरोधी आर्टिकल र समाचार खोजेर भेला गरेर छापेको प्रमाणित त भयो नि । चाइनाले कसरी सूक्ष्म रुपले सम्पादकको चीन विरोधी मनसाय अध्ययन गरेको रहेछ त्यो बुझियो र उसले झन् गरि बस्छ । फ़र्दर एक्शन भन्नाले शायद आइन्दा काठमान्डू पोष्टको सम्पादकलाइ वहिष्कार गर्ने होला र फेरी पनि उनले चेतेनन् भने खोइ भाइरस नै सुंघाई दिनु पनि बेर छैन होला । लू खा त भनेर ।
जे होस यो राम्रो परम्परा होइन .?येस्ले सहरी बुधिजिवी लाई चै अलिकदिन गफ गर्ने मेलो भयो तर राजनिती कुटनैतिक सस्कृती निर्माण चै सकारात्मक प्रभाव पर्दैन
चाइनाले आफ्नै देश जस्तो ठानेको होला । हे चिनियाँ, यो नेपाल हो नेपाल । अर्काको देशमा धम्की दिन तिमीहरुलाई सुहाउँदैन ।
भक्तगणहरु, चीनले यसरी धम्की दिँदासम्म तिमीहरु चुप बस्यौ भने एक दिन चीनले यो भन्दा बढी हेप्ने छ। सोच त भारतले यस्तो भनेको गरेको भए तिमीहरुको प्रतिक्रिया के हुन्थ्यो
चीन विरोधीहरू घाउ लाग्दा नुनचुक छर्कन कति तयार भएर बसेका रहेछन् भन्ने प्रष्ट भयो ।
so informative dai !! I just shared this in fb too.Some Nepali are always going through surface reading and by headline. Always said Patrukar?for every time?they must need to know these how to make balanced view,When India make sth wrong they said dhoti,sala,kutta ….but they use to be blind towards China idk what’s the hell is ?
चीन राजदुतावासका बक्तब्यले चीनको प्रशंसा गर्ने विवेकी नेपाली मित्रहरुले पनि साथ दिनेछैन| छ दिनमा अस्पातल बनाए त कुन ठुलो उपल्ब्धी भयो? निरन्कुश राणाशासनले पनि जनताको स्वतन्त्रता हरण कालमा कुनै वाधारहित दिनरात लागेर सिंहदरवार बनाए| पैसा र पावरको सफलताले उन्मत्त भएर, वा धर्मान्ध धुनमा विश्वको नेत्रित्व लिन सकिदैन, टिक्दैन| चाहे त्यो ट्रम होस, चीन वा पुटीन, मोदी जोसुकै|
चीन नेपालका असल मित्र हुन| आम नेपालीहरु हृदयबाटै अहिले चीनलाई आईपरेको दु:खमा सहानुभुति राख्छन| बिकासको गतिमा चीनले मारेको सफलताको छलाङ प्रति गर्व गर्छन|
भारत र पश्चिमा मुलुकहरुका नेपालमा दबदबा देखेर चीन पनि त्यस्तै भुवरीमा फस्न खोजेको देखियो| त्यस्ता समुहले बेलाबेलामा चीन बिरुद्ध उकास्ने पनि गर्दा हुन| चीनलाई नेपालमा नेपालीले बिशेष स्थान र आदर दिएको एउटा मुल कारण नेपाल सँगको ब्यवहारमा चीन धेरै हदसम्म उक्त दबदबा समुह र प्रबित्तीबाट टाढा रहेकोले हो| त्यस्तै दलदलमा आफुलाई फसाउन चाहेको हो भन्ने राजदुतको उक्त बक्तब्यले बुझाउछ| त्यस्तो नभएको भए हुन्थ्यो भन्ने इच्छा ब्यक्त गर्न बाहेक के नै गर्न सक्छौ र?
कुरा स्पश्टै छ, चीनमा प्रेस स्वतन्त्रता भएको भए यथार्थ समयमै खुलेर त्यतिका ज्युधन गुमाउन पर्ने स्थिती नआउन सक्ने थियो| पीडा लिएर पनि त्यती भन्न त पाईन्छ होला|
आर्टिकल काठमाडौँ पोस्टको आफ्नो नभए पनि प्रकाशन गरेको त उसैले हो । काठमाडौँ पोस्ट एसिया न्यूज नेटवर्कको सदस्य भएकाले नै नेटवर्कको धर्म पुर्याएको भन्नेमा कुनै तुक नै छैन ।
नेपाल स्वतन्त्र र सार्वभौम देश हो । विचार र अभिव्यक्तिको स्वतन्त्रता छ भन्दैमा अरुको मजाग बनाउँन मिल्दैनन । हाम्रो बुद्ध, पृथ्विनारायण शाह, विपी, पुष्पलालको यस्तै गरि तस्विर विगारे हामी स्किार छौं ? स्वतन्त्रताको नाममा कसैको सान र मानलाई अपहेलना गर्ने अधिकार पनि कसैलाई हुदैन ।
लोकतान्त्रिक मुलुकको स्वतन्त्र भनिएको मिडियाले चाहि मर्यादाबिना अरुको देशको स्वतन्त्रता र सर्वमान्य व्यक्तीको अनादर गर्ने छुट हुन्छ भने एकात्मक शासन प्रणालीको देश चीनले पनि आफ्नो विरुद्धमा लेख्ने विदेशी पत्रिका र तिनका सम्पादकलाई चेतावनी दिने छुट किन हुदैंन ? हाम्रो कानून चाहि उनिहरुले मान्दिनु पर्ने अनि उनिहरुको चै लोकतन्त्रको टालोले छोप्नु पर्ने ? हो, जसरी बझ्नुस तर प्रजातन्त्र दिवसको अघिल्लो दिन छिमेकी देशले राम्रै पाठ पढाए कै हो । चीनले आफ्नो देशमा प्रेस स्वतन्त्रता दिएको छैन थाहा छ सबैलाई । अनि यो देशमा छ भन्दैमा आफु प्रतिको अपहेलना सहनु पर्छ भन्ने छैन उसलाई पनि ।