Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नाफा कि घाटा हेर्न जान्या छैन, बिजनेस न्युज लेख्छन् :)

Posted on February 9, 2020February 9, 2020 by Salokya


राजनीतिक समाचार हुने वेबसाइटमा पत्रकारको आस्थाका आधारमा फलानो नेता सही भनेर लेखिएको हुन्छ भने सोही नेतालाई अर्कोले गलत भनेर लेखेका हुन्छन्। आज अलि फरक बिजनेस बिटलाई प्रमुख आधार बनाएर चलेका यी दुई वेबसाइटका समाचार हेर्नुस्। एउटा भन्छ- समृद्धि फाइनान्सले दोस्रो त्रैमासमा घाटा खायो। अर्को भन्छ त्यही अवधिमा नाफा गर्‍यो।

ए बाबा, एउटै कम्पनीको एउटै अवधिको स्टेटमेन्टमा नाफा र घाटा दुवै कसरी हुन्छ भन्या? सम्भव हुने कुरा हो यो? कुनै पनि कुरा असम्भव हुँदैन भन्ने महावाणी नेपोलियन बोनापार्टको हो भन्ने सम्झिएर जे कुरालाई पनि असम्भव बनाउँदै हिँड्न त भएन नि।

समाचार समृद्धि फाइनान्सको दोस्रो त्रैमासको अडिट नगरिएको आर्थिक प्रतिवेदनसम्बन्धी हो। सेयरसंसारले त्यही प्रतिवेदन हेरेर ८७.८६ लाख घाटा भएको समाचार लेख्यो।

बिजशालाको समाचारमा भने समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८७ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लेखेको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले फाइनान्सले गत आर्थिक वर्षको तुलनामा १६९.४६ प्रतिशतले खुद नाफा बढाउन सफल भएको पनि समाचारमा उल्लेख छ।

खास कुरो के हो त? नाफा गरेको हो कि घाटा ?

Unaudited financial report हेरौँ। समृद्धि फाइनान्सकै वेबसाइटमा राखिएको रिपोर्ट यहाँ क्लिक गरी हेर्नुस्।

यो रिपोर्टको एउटा अंशलाई मात्र हेरौँ-

यसमा Net profit or (loss) भनेर लेखिएको छ र उतापट्टी अङ्क भएको ठाउँमा (8,786,068) लेखिएको छ। यसैलाई सेयर संसारले घाटा भएको लेख्यो भने बिजशालाले नाफा भएको लेख्यो।

हो चाहिँ के त ? त्यसमा त profit or (loss) लेखिएको छ।

यसो जानकारहरुसँग बुझेको त यस्ता स्टेटमेन्टहरुमा घाटालाई माइनस (-) चिह्न नराखी ब्राकेटभित्र अङ्क राखी देखाउने अभ्यास रहेछ। त्यही अभ्यास अनुसार समृद्धिको घाटालाई त्यसरी देखाइएको रहेछ।

अर्थात् सेयरसंसार सही, बिजशाला गलत रहेछ।

यस्तो चलेको अभ्यास पनि नजान्ने अनलाइन कस्तो रहेछ त भनेर यसो त्यो साइटको अबाउट असमा हेर्दा त अनुभवी र खारिएका पत्रकारहरु आबद्ध भएको टिम पो रहेछ। अझ आर्थिक समृद्धिका लागि आर्थिक पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु टिमको प्रमुख उद्देश्य रहेछ।

घाटालाई पनि नाफा भनेर ‘खोजमूलक ढंगले’ प्रस्तुत गरेपछि आर्थिक समृद्धि आउने हो कि के हो, अन्यौल मै छु म त।

यस्ता समाचारका आधारमा सर्वसाधारण लगानीकर्ताहरुले सेयर किनबेच गरे भने उनीहरुको लगानीको हालत के हुने होला ! यसमा समाचारको गल्ती मात्र हैन, सर्वसाधारणको लगानीको सुरक्षाको पनि प्रश्न आउनु पर्ने हैन र?

2 thoughts on “नाफा कि घाटा हेर्न जान्या छैन, बिजनेस न्युज लेख्छन् :)”

  1. प्रमोद रेग्मी says:
    February 12, 2020 at 9:52 am

    चाटु पत्रकारिताको साथै बिना पोर्फेशनाल पत्रकारिता मा हात हाल्नुको रिजल्ट यस्तै यस्तै न्युज पढ्न र हेर्न काे लागि हो साथै यस्ता न्युज ले सर्वसाधारण जनताले भोग्नु पर्ने दुःख र सुख के कति पर्छ यस्ता पत्रकार लाई k थाहा,,,,, यस्ता न्युज लाई खबरदारी गर्नु होला,,,,हामी सगै छौँ,,,,

    Reply
  2. शेरचन तामाङ says:
    February 9, 2020 at 7:48 pm

    पत्रकार जस्तो जिम्मेवारीपूर्ण काममा ह्रास आउनुको कारण “आस्था” को आधारमा लेखिनाले हो| दहीचिउरे प्रबित्तीले गर्दा हो| म्याथको नियम एक रति पनि थाहा नहुनेले अर्थ सम्बन्धी लेखेका हुन वा जानाजानी भ्रम छर्न त्यसो गरेका हुन, दुइटामा जुनै भए पनि गलत हुन| चिरफार गर्दै रहनु होला| कतै पढन नपाईने माइसंसारमा पाईन्छ| त्यसभेर नियमित पढ्छु र कमेन्ट लेख्ने जांगर चल्छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme