Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेर्ने हैन त यो वर्ष अवार्ड जित्ने उत्कृष्ट १९ फोटो?

Posted on February 7, 2020February 7, 2020 by Salokya


फोटो पत्रकार (पीजे) क्लबले आयोजना गरेको यो वर्षको नेपाल फोटो प्रतियोगिता २०७६ का विभिन्न अवार्ड जित्ने फोटोको घोषणा शुक्रबार गरिएको छ। वर्षको सर्वोत्कृष्ट फोटोकोसहित १ लाख रुपैयाँ नगद पुरस्कार नभेष चित्रकारले जितेका छन्। नभेष काठमाडौँमा बसेर अन्तर्राष्ट्रिय न्युज एजेन्सी रोयटर्सका लागि काम गर्छन्। उनले खिचेको हाइड्रोसेफालुस रोगका कारण ज्यान गुमाएका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नो आमालाइ मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटोले सर्वोत्कृष्ट फोटोको उपाधि जितेको हो। उनको यो फोटोसहितको फोटो स्टोरी विधामा पहिलो भयो।

बाँकी विभिन्न विधामध्ये पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार जिते। एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार बिकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेका थिए । निर्णायक मण्डलले विजेतासहित प्रदर्शनीको लागि उत्कृष्ट १ सय ७६ फोटोहरु छानेको छ ।

यी हुन् विभिन्न विधामा पुरस्कार जित्ने फोटोहरु

नेपाल स्माइल


सुरज श्रेष्ठले खिचेको यो फोटो नेपाल स्माइलमा पहिलो भयो।


वसन्तपुरमा रथ तान्दै गरेको सुलभभक्त श्रेष्ठले खिचेको स्कूले बालबालिकाको यो फोटो दोस्रो भयो।


कुमारी पुजामा जीवित देवी कुमारीको रुपमा सजिएकी बालिका हाँसेको नभेष चित्रकारको यो फोटो तेस्रो भयो।

डेली लाइफ


गोपेन राईले कुपन्डोलमा खिचेको मूर्ति बनाउने बंगलादेशी आप्रवासीको बच्चाको यो फोटो डेली लाइफमा पहिलो भयो। बच्चाका आमाबुबा दशैँमा देवीदेवताको मूर्ति बनाउन काठमाडौँ आएका रहेछन्। बच्चालाई त्यसरी सुताएर मूर्ति बनाउँदा रहेछन्।


रोबिक उपाध्यायले खिचेको यो फोटोमा अछामको एउटा स्कूलमा बिहानी प्रार्थनाका लागि भेला भइरहेका विद्यार्थीहरु देखिन्छन्।


सुरज ताम्राकारले खिचेको यो फोटोमा पाटनको मंगलबारमा बदाम बेचिरहेकी महिला देखिन्छ।

न्युज


दीपेन श्रेष्ठले काठमाण्डौ नयाँ बानेश्वरमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले आयोजना गरेको विरोध कार्यक्रममा खिचेको यो फोटो न्युज विधामा पहिलो भयो।


बाराको फेटा गाउँपालिका ६ स्थित पुरैनियामा एक महिला पढेर आएका आफनो सन्तानसंग अंकमाल गरेर विलौना गर्दै गरेको इलिट जोशीको यो फोटो दोस्रो भयो। २०७५ चैत १७ गते आएको हावाहुरीमा परी २८ जनाको मृत्यु भएको थियो।


निर्मला हत्याकान्डका दोषीलाई पक्राउ गर्नुपर्ने माग राखी माइतीघर मण्डलामा डिसेम्बर २४, २०१८ मा गरिएको हस्ताक्षर संकलन र विरोध प्रदर्शनको बेला केशव थापाले खिचेको यो फोटो तेस्रो भयो। उनीहरुले ५० मिटर लामो कपडामा हस्ताक्षर संकलन गरी पुल्चोकस्थित युएन अफिसमा बुझाएका थिए। उनीहरुको माग थियो- दोषीलाई पक्राउ गर्न युएनले सरकारलाई दबाब देओस्।

वाइल्ड लाइफ


पानी परिसकेपछि कमलको पातमा बसिरहेको भ्यागुतोको यो फोटो नभेष चित्रकारले खिचेका हुन्। यो वाइल्ड लाइफ विधामा पहिलो भयो।


दिपेन श्रेष्ठले सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिकास्थित जलजलेमा डोरीमा झुन्डिएर मह निकाल्दै गरेको यो फोटो दोस्रो भयो।


दीपक बुढाथोकीको यो फोटो तेस्रो भयो।

कल्चर एन्ड टुरिजम


सुबिर थापाले भक्तपुरको बिस्केट जात्रामा खिचेको यो फोटो कल्चर एन्ड टुरिजममा पहिलो भयो।


प्रमिन मानन्धरले खिचेको घुँन्याको यो फोटो दोस्रो भयो। याकको रौँ र रङ्गिचङ्गी कपडा भएको यो घुँन्या विभिन्न जात्राहरुमा घुमाउने गरिन्छ।


रोबिक उपाध्यायले इन्द्रजात्राको अन्तिम दिनमा खिचेको यो फोटो तेस्रो भयो। अन्तिम दिनमा यःसिं ढालेपछि पराल हानाहान गर्ने गर्छन्।

स्पोर्टस्


विकास द्वारेले काठमाडौँमा भएको साग गेम्सका क्रममा नेपालका खेलाडी सनिल शाहीले भारतको खेलाडीलाई मुक्का प्रहार गर्दै गरेको यो फोटो पहिलो भयो।


सुनीता डंगोलले साग गेम्समा स्वर्ण जित्ने कराते खेलाडी सुनीता महर्जनले पितालाई अङ्गाल्दै गरेको यो फोटो दोस्रो भयो।


दिनेश गोलेले ढो टारापमा ढो जात्राका बेला खिचेको महिला र पुरुषबीचको डोरी तानातानको यो फोटो तेस्रो भयो।

नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश सात विधाअन्तर्गत ७ सय १५ व्यावसायिक र एमेच्योर फोटोग्राफर सहभागी भएका थिए। ‘डेली लाइफ’ मा १ हजार २ सय ६७, ‘कल्चर एन्ड टुरिजम’ मा १ हजार ४ सय ३३, ‘नेचर एन्ड वाइल्ड लाइफ’ मा १ हजार ९८, ‘न्युज फोटो’ मा ५ सय २, ‘स्पोर्ट्स’ मा ५ सय ७५, ‘नेपाल स्माइल’ मा ९ सय १० र ‘फोटो स्टोरी’ मा ४४ वटा फोटोकथाको ४ सय ४० गरी जम्मा ६ हजार २ सय २५ फोटो प्रतिस्पर्धामा थिए।

तपाईँलाई कुन फोटो राम्रो लाग्यो त? तल कमेन्टमा लेख्न सक्नुहुन्छ।

1 thought on “हेर्ने हैन त यो वर्ष अवार्ड जित्ने उत्कृष्ट १९ फोटो?”

  1. Milan says:
    February 8, 2020 at 9:16 am

    All pictures are excellent.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme