Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारी वेबसाइटमा के देखियो यस्तो छ्या छ्या छ्या !

Posted on February 7, 2020February 7, 2020 by Salokya


हाम्रो सरकारले देशका सप्पै नागरिक राम्रा होउन्, इन्टरनेटमा राम्रा राम्रा कुराहरु मात्र हेरुन् भनेर फोहरी कुरा भएका वेबसाइटहरु नेपालका आइएसपीहरुबाट खोल्न नमिल्ने गरी ब्लक गरेको धेरै भइसक्यो। तर सरकारी वेबसाइटमै त्यस्तो पोर्न कन्टेन्ट भेटियो भने के होला?

ह्या, कहाँ हुन्छ सरकारी वेबसाइटमा पोर्न! तपाईँ-हामीलाई यस्तै लाग्छ।

तर .gov.np भएको एउटा सरकारी वेबसाइटका फोल्डरमा टन्नै पोर्न कन्टेन्ट भएको फेला परेको छ।


पोर्न कन्टेन्ट भेटिएको साइट हो- पर्साको जिल्ला समन्वय समितिको कार्यालयको वेबसाइट। पहिला जिल्ला विकास समिति हुन्थ्यो। स्थानीय तह पुनर्संरचना पारित भएपछि साविक जिल्ला विकास समितिहरूलाई स्थानीय तहको समन्वय गर्न स्थानीय विकास मन्त्रालयको भूमिकामा जिल्ला समन्वय समिति गठन गर्ने व्यवस्था गरिएको हो। जिल्ला विकास समितिले पहिले गर्दै आएका कार्यकारिणी कामहरू अब स्थानीय तहले नै गर्छन्। जिल्ला समन्वयन समितिको काम अब समन्वय र अनुगमन मात्र गर्ने छ।

यस्तै जिल्ला समन्वय समितिको कार्यालयहरुमध्ये एक http://ddcparsa.gov.np/ मा पोर्न कन्टेन्ट भेटिएको हो।

यो सरकारी वेबसाइटको http://ddcparsa.gov.np/wp-content/uploads/2019/03/ र http://ddcparsa.gov.np/wp-content/uploads/2019/04/ मा पोर्न वेबसाइटबाट डाउनलोड गरिएका प्रशस्त फोटोहरु छन्।

(सावधान : यी माथिका लिङ्कहरुमा क्लिक गर्नुअघि आफ्नो मोबाइल वा कम्प्युटर वरपर कोही भएको नभएको ख्याल गर्नुहोला। लिङ्कमा अश्लील सामाग्री छन्)


वेबसाइटमा राखिएको फाइलको लास्ट मोडिफाइड डेट हेर्दा पोहोरको मार्च र अप्रिलतिरको देखिन्छ। एक वर्षसम्म पनि सरकारी वेबसाइट र सरकारी सर्भरमा यस्ता फाइलहरु रहेको कसैले थाहा नपाउनु चाहिँ अनौठो नै भयो।

त्यसो त यो वेबसाइटमा पछिल्लो पटक अपडेट भएको सामाग्री नै एक वर्षअगाडिको देखिन्छ। वेबसाइटमा राखिएका पदाधिकारीहरुको फोटो मुनि नै ताजा पोष्टहरुमा स्पाम कन्टेन्ट देख्दा नै यो सरकारी वेबसाइट कुन चैँ उपद्रो गर्नेको कब्जामा गएको देखिन्छ। कहिलेदेखि हो भन्ने चाहिँ यकिन छैन। इन्डेक्समा लास्ट मोडिफाइड डेट एक वर्षअघिकै देखिन्छ।

(नोट : सुरुको फोटो पर्सा जिससको वेबसाइटको होमपेज र वेबसाइटमा भेटिएका अश्लील फोटोहरु मध्ये यहाँ राख्न मिल्ने खालका फोटोहरु छानेर बनाइएको कोलाज हो। होमपेजमा नै यस्तो देखिएको हैन।)

अपडेट : यो ब्लग प्रकाशन भएको करिब तीन घण्टापछि वेबसाइटबाट अश्लील सामाग्रीहरु सबै हटाइएका छन्। हटाउनु अघि कस्तो थियो, अर्काइभमा सेभ गरिएको हेर्न यता क्लिक गर्नुस् यता पनि हेर्न सकिन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme