Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फोटो अफ दि डे : ओली बाँसुरी बजाउने, माधव नेपाल र झलनाथ खनाल सारङ्गी बजाउने

Posted on February 5, 2020February 5, 2020 by Salokya

मङ्गलबार राति एकाएक एउटा फोटो सोसल मिडियामा भाइरल भयो। फोटो हेर्दा गजब रमाइलो छ। फोटोमा प्रधानमन्त्री केपी ओली बाँसुरी बजाइरहेका छन् भने दुई पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाल दायाँबायाँ छन्। लो रेजोल्युसनको यो फोटो कहाँबाट अपलोड भएको रहेछ भनेर खोज्दा प्रधानमन्त्रीकै प्रेस सल्लाहकारको फेसबुक पेजबाट यो फोटो पहिलो पटक सार्वजनिक भएको रहेछ।

त्यसैगरी प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमा पनि यो फोटो हालेका रहेछन्। फेसबुक र ट्विटर दुवैतिर उनले फोटोको क्याप्सन लेखेका छन्- बालुवाटारमा सारङ्गी र बाँसुरीकाे सुमधुर धून।

बालुवाटारमा सारङ्गी र बाँसुरीकाे सुमधुर धून ! pic.twitter.com/jF3pz4mYaX

— Surya Thapa (@ThapajiSurya) February 4, 2020

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति मदन भण्डारी कला साहित्य प्रतिष्ठानले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपालका मौलिक धूनहरु ‘सारंगी साँझ’ को कार्यक्रम आयोजना गरेको थियो। त्यही कार्यक्रममा बाँसुरी र सारङ्गी बजाएर प्रम र पूर्व प्रमहरुले रमाइलो गरेका हुन्। फोटो आए पनि यसको भिडियो भने अझै सार्वजनिक भएको छैन।

यो रमाइलो क्षणको फोटो भने यस्तो लो रेजोल्युसनको मोबाइलले खिचेको आएछ। यति रमाइलो फोटो त गजबको व्यवसायिक फोटोग्राफरले खिचेको आउनु पर्ने हो। तर अरु देशका सरकार प्रमुखको जस्तो व्यवस्थित रुपमा राम्रा फोटोहरु खिच्ने, अभिलेख राख्ने र सार्वजनिक गर्ने संयन्त्र बनाउने कुरा सिक्न हाम्रा देशकाले अझै समय लाग्ने होला।

फोटोमा भएका सबै हाँसेका र फोटो हेर्नेलाई पनि हाँसो लाग्ने यो फोटो सोसल मिडियामा आएपछि अनेक प्रतिक्रिया आउनु स्वभाविक हो। त्यसमध्ये एउटा प्रतिक्रिया हो- रोम जलिरहेको बेला निरोले बाँसुरी बजाए जस्तो।

यो एउटा उखान हो। शासक जनताप्रति संवेदनशील नभएको, अर्कै कुरामा मस्त रहेको बुझाउन यस्तो उखान प्रयोग गरिन्छ।

तर वास्तवमा खोज्ने हो भने यो उखान नेपालीकरण भएको हो। विदेशमा भने बाँसुरी हैन, fiddle बजाएको भनिन्छ- Nero play the fiddle while Rome burned. अझ fiddle while Rome burns भन्ने त phrase नै हुन्छ डिक्सनरीमा। संकटको बेला गैर जिम्मेवारपूर्ण काम गर्दा यो उखान प्रयोग हुन्छ।

fiddle भनेको भ्वायलिन जस्तो वाद्ययन्त्र हो। नेपालीकरण हुँदा भने बाँसुरी बजाएको भन्ने भएछ।

विमल भौकाजीले २०७३ मा अन्नपूर्णमा लेखेका पनि थिए- निरोले कहाँ बजाए बाँसुरी शीर्षकमा। त्यसमा नेपाली साहित्यको कवितामा नेपाली कविहरूले यसको प्रशस्त प्रयोग गरेको उल्लेख गर्दै वरिष्ठ कवि वंशी श्रेष्ठलाई उद्‍धृत गर्दै कविहरूप्रति औंला उठाइएको छ- ‘कहाँ कुन ऐतिहासिक पुस्तकमा पढेका हुन् यी कवि महोदयहरूले निरोले जलेको रोम हेर्दै बाँसुरी बजाएको बयान ? ‘

लेखमा निरोले बजाउने बाजाको नाम लायर भनिएको छ। तर अङ्ग्रेजीमा चलेको phrase भने fiddle हो। The Classical Journal मा प्रकाशित Nero Fiddled while Rome Burned शीर्षकको जर्नल आर्टिकलको निचोड छ- रोम जलेको बेला निरोले सांगीतिक वाद्ययन्त्र बजाएको भन्ने प्रमाणित गर्न असम्भव छ। तर Nero Fiddled while Rome Burned भन्ने अभिव्यक्ति यति लोकप्रिय भइसक्यो कि जतिसुकै यस्तो भएको हैन भनेर खण्डन भए पनि त्यसले कुनै प्रभाव पार्ने छैन।

हिस्ट्री च्यानलले पनि जतिबेला निरोको शासनकाल थियो, त्यति बेला fiddle जस्तो वाद्ययन्त्रको आविस्कारै नभएको कुरा लेखेको छ। ११ औँ शताब्दीमा बल्ल त्यस्तो वाद्ययन्त्र देखिएको रहेछ। खासमा रोममा आगलानी हुँदा निरो रोमभन्दा ३५ माइल पर एन्टियम भन्ने ठाउँमा थिए। आगलागी भएको खबर पाएपछि भने उनी रोममा फर्किएका रहेछन्। निरोले आगलागीका लागि क्रिश्चियनहरुलाई दोष दिँदै पक्राउ गर्दै केहीलाई फाँसी पनि दिएका थिए। निरो क्रुर शासक त थिए। तर निरोले रोम जलेको बेला बाजा बजाएको चाहिँ प्रमाणित तथ्य भन्दा पनि किंवदन्ति मात्र हो। हिस्ट्री च्यानलले यो विषयमा बनाएको सानो भिडियो यो लिङ्कमा छ।

अब यो fiddle लाई कसले नेपालीमा बाँसुरी बजाएको भनेर साहित्यमा मेटाफरका रुपमा पहिलो पटक प्रयोग गर्‍यो, त्यो चाहिँ अध्ययनै गर्नुपर्छ।

बरु अब नयाँ उखान चलाए हुन्छ- देश कोरोना भाइरसले आतंकित हुँदा ओली बाँसुरी बजाउँदै थिए। यो चाहिँ भोलिपर्सि कसैले खोज्यो भने फोटोले पनि पुष्टि हुने कुरा हुन जान्छ। फोटो पनि अरुले राखेको हो र, स्वयं प्रधानमन्त्रीकै प्रेस सल्लाहकारले। कि कसो त? 🙂

3 thoughts on “फोटो अफ दि डे : ओली बाँसुरी बजाउने, माधव नेपाल र झलनाथ खनाल सारङ्गी बजाउने”

  1. madan bajracharya says:
    February 5, 2020 at 11:30 pm

    भारतको सदनमा गुन्जेको आवाज अनुसार पनि नेपालमा करोद भन्दा बढि भारतीयहरुले रोजगारी पाउन्दैछ। नेपाल जस्तो भारत भन्दा २२ गुना सानो गरिव मुलुक भारतको बिदेशी रेमित्यान्सको तेश्रो श्रोत राष्ट्र भयको छ्। नेपालको श्रोत र् बजारहरु भारतको बिकासको आधार पनि बनेको छ् र् सन १०४७ सम्म ब्रितिशको कमारो मुलुकक आज दच्छिन यसियाकै बिकशित् र् शक्तिशालि मुलुक बन्नमा २००७ पछि बनेको नेपालको सरकारहरुको रगत पसिनानै बगेको छ्। यसैलाई आधार मान्ने हो हो २०० साला पछि नेपालमा बनेको काङ्रेसी र् बामपन्थीहरुको सरकारले बिस्वलाईनै चकित पार्ने बिकास गरेको छ्।

    तर नेपालको भुगोल भन्दा २२ गुना ठुलो र् जनसंख्यामा ५० गुना ठुलो भारतको बिकासमा यत्रो योगदान दिने नेपालको सरकारले सौ लाख नेपाली युवालाई नेपालमा रोजगारिको कुरा के गर्ने मागेर खान बाँच्न सक्ने मुलुक समेत् भयन। सन १९५० पछि नेपालमा बनेको काङ्रेसी कम्युनिस्तको सरकारको “बिकास गरेको दावि”ले नेपाललाई भारतको सिमाना र् भारतियको घरको चौकिदार र् अरव मलेसियाको अघोसित कमारा जन्माउने भुमि बनायो। मैले माथि काङ्रेसी र् कम्युनिस्तको सरकारको नाम लिय् पञ्चे सरकारको नाम लियन। तेस्को कारण छ्। पञ्चे सरकार नेपालीले खोजे चाहेको सरकार थियन तापनी त्यस्तो सरकार बने। यस्को कारण पनि २००७ पछि बनेको काङ्रेसी सरकारको कथित सफलता नै हो। पञ्चेको जस्तो खराव सरकारको पालामा होईन आफ्नो सरकार बनेको बेला नेपालमा बिकास भयको दावि गर्ने काङ्रेस र् कम्युनिस्तको सरकारको पालामा करोदौ भारतीयको निमित रोजगारी र् अवसरको देस बनेको नेपाल;आधा करोद सुद्ध नेपाली बेरोजगार भयर बेदेसिन बाध्य् बनेको देस बने। कुरा यतिमै सिमित छैन; बिदेश पलायन हुनेको सन्ख्या भन्दा आन्तरिक बसाई सराईको सन्ख्याले समेत् स्प्स्त गर्छ २००७ पछि इनिहरुले जे गरे आफ्नै घर बङला बनिने सहरमा गरे कुना काप्चाको नेपालको नेपालीलाई इनिहरुले आफु सान सित बस्ने गूड्ने सहरमा रोजगारी माग्ने भिखारी बनायो।

    Reply
  2. Shankar says:
    February 5, 2020 at 5:05 am

    धुन चै सुर को निस्क्यो कि बेसुर को ? त्यो पनि सुन्न पायेहुने लौन बन्धु |

    Reply
  3. कमल says:
    February 5, 2020 at 2:21 am

    यो फोटो हेरेपछी मनाँ लाग्या दुईचार कुरा नभनी भएन|
    सर्बप्रथम, कैलेकँही यसरी रमाईलो गर्नु राम्रो हो| यसले नराम्रो सन्देश जाँदैन, राम्रै जान्छ| केही क्षणलाई भए पनि विरक्ती र तनावबाट मुक्त हुन्छन जुन आवश्यकीय छन|
    तर ठाउँमा परेन, स्थिती, काल र पात्र मिलेन भने नाना थरी कमेन्ट आउने नै भए| त्यसै भएर यी कमेन्ट:
    १. बडी गार्डले यस्तो फोटोमा पनि कवाबमा हड्डी गर्नु भएन| सकेसम्म बडी गार्डले आफ्नो फोटो नखिचाउन परने तर सबै ठाउँमा नेताहरु सँग यस्तै देखिन्छन|
    सुरक्षा चाहिन्छ तर स्थिती हेरेर यस्तो बेला १० फीट टाढा रहे हुन्छ| नेताहरुलाई पनि बडीगार्ड देखाउनै परने| संसारमा कतै नभएको बडी गार्ड सुरक्षा हामीकँहा देखियो| बडी भनेकोले शाब्दिक रुपमै लिनपर्ने छैन| सेनाले नियम नै बनाउन पर्ने भयो| खोइ ट्रम्प र मोदीको सुरक्षामा न बडी गार्डको तस्वीर देखिन्छ न छाता ओडाएको, बिशेष गरेर भित्र हुँदा खेरी| अति भयो नेताज्युहरु! लाज शरम धरम भन्ने चिज रित्तिएकै हो त?

    २. आसेपासेहरुको मुद्रा हेर्नुस, नारायणहिटीको एक झल्को स्मरण गराउछ| चापलुसी मुद्रा र जे गरे नी हो हो भन्ने|

    ३. हिजस्म्म चाहिएन “मलाई तपाईंको शुभेच्छा” भन्ने, आज फोटोमा यस्तो ताल? केटाकेटीहरु जस्तो अहिले मिलने, भरे बाझने, जुध्ने|नेपाली जनतालाई कति वेवकुफ बनाउने? कसरी नेपाली जनताले हाम्रा मुलुकका उच्च्तम पदमा रहेका नेत्रित्ववर्गमा परिपक्कता आएको छ भनेर विश्वस्त हुने?
    अर्केष्ट्रामा तालमेल सबैभन्दा अनिवार्य मन्त्र हो| एक धुन| ताल मेल नभैइ कसरी सुमधुर धुन निकाल्न सकिन्छ? यसबाट पनि नेताहरुले सिक्न परने हो|
    टोलीमा आफ्नै तालमा मादल बजाउने एकजना व्यक्तित्व र दुईचार आफ्नै डम्फु बजाउनेहरु पनि छुटेछन|
    सम्माननीय प्रधान मन्त्रीज्युको सुस्वास्थ्यको कामना गर्दछु|
    तर यो भन्न् पनि नचुकौ कि प्रधान मन्त्रीले भ्रश्टचार नियन्त्रण गर्छु भनेको वाचा हावा भएको छ| उँहा यस दिशामा पूर्णत असफल रहेका छन| प्रधानमन्त्रीज्युलाई यही फोरमबाट अनुरोध गर्न चाहन्छु – भ्रश्ट्चार नियन्त्रण र निवारण गर्न केही आमुल कदम लिनुस्, नेपाली जनताले साथ दिनेछन| अर्को चुनाव जिताउनेछन| तपाईंको सुनाम ईतिहासमा रहेनेछ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme