Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राससको पछि लागेर समाचारमा अश्लील शब्द घुसाउने अनलाइनहरुलाई लाज लाग्यो कि लागेन?

Posted on February 3, 2020February 3, 2020 by Salokya


सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले हिजो एउटा समाचारमा ठूलो गल्ती गर्‍यो। आफ्नै मामाको छोराले स्कूलबाट बालिका अपहरण गरेर फिरौती मागेको र पक्राउ परेको समाचार थियो यो भक्तपुरको। समाचार लेख्ने क्रममा राससका कुन चाहिँ ‘डर्टी माइन्ड’पत्रकारले ‘आफूले चिनेकै मान्छे स्कूलमा लिन आएपछि’ लेख्नुपर्नेमा ‘आफूले चि*कै मान्छे स्कूलमा लिन आएपछि’ भनेर लेेखिदिएछ। ‘न’ को ठाउँमा ‘क’। कीबोर्डमा ‘क’ र ‘न’को बीचमा ‘म’ र ‘ ा’ हुन्छ। तर ‘न’ थिच्नुपर्ने ठाउँमा ‘क’ थिचेपछि अर्थको अनर्थ। लेख्नेले त लेख्यो, सम्पादन गर्नेले के हेरे होला सरकारी एजेन्सीका ! सरकारीका के कुरा गर्नु, यही समाचार निजी अनलाइनहरुले कसरी छापे, त्यो हेर्दा हाम्रा अनलाइनहरुको हरिबिजोग झन् प्रष्टिन्छ।

सबैभन्दा पहिला राससले के लेख्यो त्यो हेरौँ-

राससका समाचार मेसिनले फ्याट्ट कपिपेस्ट गरेर निजी अनलाइनको सिएमएसमा अपडेट हुने होइन, डेस्कमा बस्ने मान्छेले नै पढेर गर्ने हुन्। तर हेर्नुस् त हालत। गुगलमा सर्च गर्दा तीन वटा अनलाइन माथि नै देखिए।

डिसी नेपालले यो अश्लील शब्दसहितको समाचार प्रकाशन गरेको रहेछ-

अर्को अनलाइन हो दैनिक नेपाल। यसले पनि त्यही गर्‍यो।

क्यानाडानेपालले पनि यही गर्‍यो।

यी अनलाइनहरुले त राससको समाचार भनेर लेखेरै अश्लील शब्द हाले। तर दुई वटा अनलाइन चाहिँ अलि बाठो हुँदा झन् बिजोग भयो।

लोकान्तरले राससको समाचार पूरै कपि गरे पनि बाइलाइनमा भने आफ्नै संवाददाताले लेखे जस्तो गरेर ‘लोकान्तर संवाददाता’ लेखेको छ। त्यति लेखेपछि त अलि ढंग पुर्‍याउनु नि, राससले ‘चिनेकै’लाई ‘चि*कै’ लेख्दा पनि त्यही कपिपेस्ट हानिदिएछ।

साँघु साप्ताहिकको अनलाइन साँघु न्युजले पनि राससको समाचार पूरै कपिपेस्ट गरे पनि राससलाई क्रेडिट नदिई आफैले लेखेको समाचार जस्तो ‘साँघु न्युज’को बाइलाइनमा समाचार छापेको छ। तर कपिपेस्ट हो रहेछ भनेर त ‘चिनेकै’ लेख्नुपर्नेमा ‘चि*कै’ लेखेको देखेपछि प्रष्ट भइहाल्यो नि। तर यो विषयमा धेरै हल्ला गर्न हुन्न। किनभने साँघुका सम्पादक प्रेस काउन्सिलका सदस्य छन्।

यो उदाहरणबाट के देखिन्छ त? सरकारीको त कुरै नगरौँ, उनीहरुको पारा कस्तो हुन्छ, सबैलाई थाहा भएकै हो। निजी अनलाइनहरुका डेस्कमा पनि मान्छे हैन, मेसिन हुँदा रहेछन् जसलाई राससको समाचार कपि गरेर आफ्नो अनलाइनको सिएमएसमा पेस्ट गरी अपडेट गर्न मात्र आउँदो रहेछ। त्यो समाचारमा के लेखिएको छ, समाचारको अङ्ग पुगेको छ कि छैन, त्यो निर्क्यौल गर्ने शक्ति ‘मेसिन’ मा कहाँ हुन्छ त? कि कसो?

फेरि नेपालका अनलाइनमा गल्ती गरेको कुरालाई हो, हामीले यसरी गल्ती गरेका थियौँ, सच्यायौँ भन्ने चलन कहाँ छ र ? सुटुक्क कसैलाई थाहै नदिई सच्याएर हामीले कहाँ गल्ती गरेका छौँ, त्यसले रिसमा झुटो लेख्यो भनेर उल्टै गफ लाउन थाल्छन्।

त्यस्तोको लागि पनि उपाय छ। अर्काइभले पेजलाई जस्ताको तस्तै सेभ गरेर राखिदिन्छ। माथिका समाचारहरु यो ब्लग पढिसकेपछि सच्याउलान्। सच्याउनु अघि यस्तो थियो भनेर यहाँ सेभ गरिएको छ हेर्नुहोला-

दैनिक नेपालको समाचार
लोकान्तरको समाचार
डिसी नेपालको समाचार
क्यानडा नेपालको समाचार
साँघुन्युजको समाचार

यी अनलाइनहरुलाई लाज लाग्यो कि लागेन। लागेन भने हामी सबै मिलेर कुरीकुरी गरौँ 🙂 त्यो बाहेक अरु गर्न नै के सकिन्छ र।

3 thoughts on “राससको पछि लागेर समाचारमा अश्लील शब्द घुसाउने अनलाइनहरुलाई लाज लाग्यो कि लागेन?”

  1. Pingback: यसकारण भ्रामक छ भाइरल भएको ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्लुएचओ’ शीर्षकको समाचार – MySansar
  2. Pingback: चि*को समाचार लेख्‍‍ने अनलाइनहरुको फलोअप : माफी कसैले मागेनन्, कोही सुटुक्क सच्याउने कोही डिलिट गर्ने « Mysansar
  3. SKC says:
    February 4, 2020 at 11:01 pm

    आफुले चिनेकै मान्छे लेख्न खोजेको हो, मेरो बिचारमा, It is a typo error. But they were suppose have proofreading before publishing it.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme