Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्रकारलाई नै झुक्याइदिने प्यारोडी अकाउन्ट

Posted on February 2, 2020 by Salokya


कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले शनिबार बिहानै यस्तो ट्विट गरे। कान्तिपुर कै लोगो र कान्तिपुरकै जस्तो देखिने नाम र ह्यान्डल अनि त्यसमा पनि प्रधानसम्पादक भनेर सुधीर शर्माकै ओरिजिनल ह्यान्डल मेन्सन गरिएको हुनाले जोकोही पनि झुक्किन सक्छन्। तर खासमा त्यो कान्तिपुरको लोगो राख्ने ट्विटर ह्यान्डलले आफ्नो बायोमा प्यारोडी अकाउन्ट भनेरै लेखेको छ। यस्ता प्यारोडी अकाउन्टले अरु त छाडिदिउँ, पत्रकारै समेत झुक्किन्छन्। 

पत्रकार कतिसम्म झुक्किन सक्छन् भन्ने उदाहरण नयाँ पत्रिकामा शुक्रबार देखियो। नयाँ पत्रिकामा शुक्रबार छापिएको एउटा समाचार यस्तो थियो–

यो बाइलाइनसहितको समाचारमा अरु कुरा त सब ठीक छ, मूल कुरा भने फरक पर्‍यो। जुन ट्विटको विषयमा यो समाचार बनाइएको छ, वास्तवमा त्यो प्यारोडी अकाउन्ट हो। त्यो अकाउन्टको बायोमा यस्तो लेखिएको छ-

केपी ओलीको कोली, रामशरण महतको रामहरण महत बनाएर पनि प्यारोडी अकाउन्टहरु खुलेका थिए। ट्विटरको नियम अनुसार यसरी प्यारोडी अकाउन्ट खोल्न पाइन्छ। तर प्यारोडी अकाउन्टको पोलिसी मा बायोमा स्पष्ट रुपमा प्यारोडी, फेक भनेर अडियन्सले बुझ्ने हिसाबले लेख्नु पर्ने भनिएको छ।

राजीव ढुंगानाको प्यारोडी अकाउन्टमा अस्ति मैले हेर्दासम्म प्यारोडी खाता भनेर लेखेको देखेको थिइनँ। अहिले चाहिँ ‘प्या-रोड इ खाता’ लेखिएको रहेछ। यो भनेको ट्विटर पोलिसी अनुसार बुझिने गरी हैन, झुक्याउने गरी लेखिएको छ। त्यसैले कसैले कम्प्लेन गरेमा यो अकाउन्टलाई ट्विटरले कारबाही गर्न सक्छ।

ट्विटरको बायोले त झुक्यायो होला रे ल, तर नेवि संघका सभापति बनाइएका राजीव ढुंगाना राष्ट्रपति, प्रधानमन्त्री जस्ता मान्छे हुन् र, एक कल फोन गरेर ट्विटर अकाउन्ट तपाईँको हो कि हैन, तपाईँले लेख्नुभएको ट्विट हो कि हैन भनेर सोध्नै नसकिने?

अब कान्तिपुरको प्यारोडी अकाउन्टको बायो हेरौँ। के त्यो ट्विटर पोलिसी अनुसार मिल्छ त?

यो अकाउन्टले बायोमा प्यारोडी अकाउन्ट त लेखेको छ। तर पोलिसीले अकाउन्ट नेमको पनि कुरा गर्छ। The account name (note: this is separate from the username, or @handle) should clearly indicate that the user is not affiliated with the subject of the account. भनेको छ। तर यसमा त झुक्याउने गरी Kantipur Daily लेखिएको छ। त्यसैले यो पनि मेरो विचारमा ट्विटर पोलिसीको उल्लङ्घन हो र उजुरी परे ट्विटरले कारबाही गर्न सक्छ।

उदाहरणका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्यारोडी अकाउन्टका नाम र त्यसमा भएका विवरणहरु हेर्न सक्छौँ-

नाम र विवरण दुवैले ट्रम्पसँग सम्बन्धित छैन भनी देखाउँछ।

यसले त झन् क्रियटिभ पाराको नाम र बायो राखेको छ।

यसमा पनि उस्तै छ।

यो पनि अर्को हेर्नुस्। कुनैमा पनि दुरुस्तै नाम राखेर प्यारोडी अकाउन्ट बनाइएको छैन।

यो पनि ट्रम्पकै प्यारोडी अकाउन्ट थियो। तर यसले नियम उल्लङ्घन गरेका कारण अकाउन्ट सस्पेन्ड गरिदियो।

अर्कै मान्छेलाई आफू हो भन्ने हिसाबले ट्विटर अकाउन्ट खोल्नु ट्विटरको नियमको उल्लङ्घन हो। Impersonation policy यस्तो छ। यता गएर यसमा उजुरी गर्न सकिन्छ। अझ कम्पनीहरुले त आफ्नो ट्रेडमार्कको गलत उपयोग भयो भनेर उजुरी पनि गर्न सक्छन्। ट्विटरको ट्रेडमार्क पोलिसी यस्तो छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme