Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हास्यरस हराएका केपी ओली

Posted on January 30, 2020January 30, 2020 by Salokya

केपी ओलीको विशेषता नै हास्यरस हो। टिपिकल शैलीमा उखानटुक्कासहितका प्रसंग जोडेर सुन्नेलाई रमाइलो बनाउने गरी उनले जस्तो भाषण अरुले गर्न जान्दैनन्। प्रधानमन्त्री नहुँदा पनि अनि प्रधानमन्त्री भइसकेपछि पनि उनको यो हास्यरस कायम थियो। त्यसबाहेक प्रधानमन्त्री हुनुअघि चुनावताकाका भाषणमा र प्रधानमन्त्रीको कुर्सीमा बसिसकेपछि पनि विभिन्न आशा र सपना देखाउने भाषण गरे। तर…

तर दुई वर्षमै यो के भइदियो? सरकारी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको आजको सत्तारुढ दल नेकपाको जम्बो केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा गरेको भाषण हेर्नुभयो होला। अहो, प्रधानमन्त्रीको टोनै फरक।

हास्यरस गायब। पहिले भए बुद्धिजीवीलाई फर्सी भन्दै उडाउँदै भाषण दिन्थे। गैँडालाई गैँडा हैन राइनो भन्नु पर्छ भन्थे। बाटोमा सरर इलेक्ट्रिक बस चलाउँछौँ भन्थे। सिलिन्डर बोकेर कुद्‍नु पर्दैन, फ्याट्ट स्विच थिचेर ग्यास घरघरमा आउँछ भन्थे। सपना देखाउँथे। आशा बाँड्थे।

आक्रामक हुन्थे। आज भने रक्षात्मक भए। दुई वर्षमै यत्रो परिवर्तन कसरी आयो? आफूले बेस्कन आश्वासन बाँडेको तर त्यो अनुरुप काम गरी देखाउन नसकेको पीडाबोध पो भएको हो कि। कांग्रेस जस्तो नालायक प्रतिपक्ष भएको बेलामा पनि प्रधानमन्त्रीले सरकारविरुद्ध प्रचार युद्ध छेडिएको कुरा पो गरे। दुई वर्षमा असाधारण काम भएको दावी गरे। तर प्रधानमन्त्रीले भनेका काम साधारणमात्रै देखिए।

हास्यरससहितको रमाइलो भाषणले सुन्नेहरुलाई दिने ऊर्जा फरक हुन्थ्यो। तर त्यस्तो भएन यसपालि। जे विशेषता हो आफ्नो त्यही छाडेपछि त केपी ओली केपी ओली जस्ता पनि नलाग्ने भए।

हास्यरस गुमाएर गम्भीर रसमा प्रधानमन्त्री जाँदा बेफाइदा प्रशस्त छ। एक त निःशुल्क मनोरञ्जन पाउने सुविधाबाट वञ्चित हुनु पर्‍यो। हाँस्नलाई कमेडी च्याम्पियनै हेर्न बाध्य हुनु पर्ने स्थिति आयो।

त्यो भन्दा पनि गम्भीर कुरा त प्रधानमन्त्रीलाई यत्रो बहुमत आएर, प्रतिपक्ष सहज पाएर पनि देशको विकास सोचे अनुसारको गतिमा नभएको महसूस हुनु र चिन्ता बढ्नु हो। उनलाई आफ्नो सरकारविरुद्ध प्रचार युद्ध गरेको लाग्नु पनि घातक हो।

बल्ल त दुई वर्ष सकियो, अझै तीन वर्षको कार्यकाल बाँकी नै छ। काम गर्न चाहे गर्न नसकिने पनि हैन। स्थिर र टिकाउ सरकार छँदैछ। गर्नै नसकिने भो भनेर होपलेस हुने हो भने त्यसले राम्रो संकेत दिन्न।

त्यसैले प्रधानमन्त्री ज्यु, तपाईँ आफ्नो पुरानो हास्यरस मै फर्कनुस्। कम्तिमा एकछिन हाँस्न त पाइन्छ।

4 thoughts on “हास्यरस हराएका केपी ओली”

  1. नीर says:
    January 31, 2020 at 9:51 pm

    बिरामी भए भन्दैमा मुलुकलाई नै बिरामी अवस्थामा राख्नु भएन| ओलिले भ्रश्ट्चार र भ्रश्टचारी सहदिन भन्या बर्षदिन नाघ्यो| भ्रश्ट्चारीहरुलाई टाउकामा चडाए पछि के को सहदिन?
    यो हास्यरस भएन त? नेपाली जनताले कैले सम्म सहनी?

    Reply
  2. Sagar Khanal says:
    January 31, 2020 at 1:19 pm

    Gaida lai rhino vannuparxa vanthenan….gaida nai vannuparchha vanthe!

    Reply
  3. Kamal says:
    January 30, 2020 at 5:52 am

    Good comment, Salokya Ji. He should not lose his identity is a comedian.
    Probably, he is worried of thinking about the difference between saying and doing. Everybody knows, barking dog seldom bites.

    Reply
  4. Rohini says:
    January 30, 2020 at 1:00 am

    सहि हो।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme