Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रिय सभा : कसलाई कति नाफा, कति घाटा?

Posted on January 23, 2020January 23, 2020 by Salokya

राष्ट्रिय सभाका १८ सिटका लागि आज माघ ९ गते भएको चुनावमा सबैभन्दा बढी फाइदा सत्तारुढ नेकपालाई भएको छ भने सबैभन्दा घाटा प्रतिपक्षी नेपाली कांग्रेसलाई भएको छ। सत्तारुढ नेकपासित गठबन्धन गरेको राजपा नेपाल न नाफा न घाटामा भयो भने समाजवादी पार्टीलाई पनि एक सिट घाटा भयो। 

राष्ट्रिय सभाका सदस्यहरुको पदावधि ६ वर्षको हुनुपर्ने हो। तर पहिलो पटकका लागि गोलाप्रथाबाट २ वर्ष, ४ वर्ष र ६ वर्षको कार्यकाल तोकिएको थियो। यस अनुसार २ वर्षको पदावधि आगामी फागुन २०, २०७६ मा सकिन लागेको थियो १९ जनाको।

त्यसमध्ये एक जना अर्थमन्त्री युवराज खतिवडा राष्ट्रपतिबाट मनोनीत हुन्। त्यसका लागि चुनाव गरिरहन परेन। बाँकी १८ मध्ये सत्तारुढ नेकपाका ८ जना , नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना थिए।

नेकपा र राजपाको गठबन्धन भएका कारण राजपाले आफ्नो दुई सिट कायमै राख्न सक्यो। नेपाली कांग्रेसले ७ वटै सिट गुमायो। समाजवादी पार्टीले पनि आफ्नो एक सिट गुमायो। नेकपाले भने आठ सिट फाइदा गर्‍यो।

राष्ट्रिय सभाको चुनावमा प्रदेश सभाका सदस्यहरु र स्थानीय निकायका पदाधिकारी (गाउँपालिका अध्यक्ष र उपाध्यक्ष/नगरपालिका मेयर उपमेयर) हरुले मत दिन्छन्।  मतभार भने फरक हुन्छ। प्रदेश सभाका सदस्यहरुको ४८, स्थानीय निकायका पदाधिकारीको १८।

कसको ठाउँमा को आउने भए?

प्रदेश नम्बर एक

महिलातर्फ
सरिता प्रसाई (कांग्रेस)को ठाउँमा इन्दिरादेवी गौतम (नेकपा)

खुला तर्फ
हरिचरण सिवाकोटी (नेकपा) को ठाउँमा  देवेन्द्र दाहाल- नेकपा

दलित तर्फ
खेमराज नेपाली (नेकपा) को  ठाउँमा  गोपीबहादुर सार्की अछामी- नेकपा

प्रदेश नम्बर २

महिलातर्फ
मुक्ता कुमारी यादव (कांग्रेस) २ वर्षको ठाउँमा तुलसाकुमारी दाहाल नेकपा

खुला तर्फ
रमेश प्रसाद यादव (राजपा) को ठाउँमा मृगेन्द्रकुमार सिंह यादव – राजपा

दलित तर्फ
रामपृत पासवान (संघीय समाजवादी )को ठाउँमा राधेश्याम पासवान नेकपा

अपांगता तथा अल्पसंख्यक तर्फ
बृषेश चन्द्रलाल (राजपा) को ठाउँमा शेखरकुमार सिंह राजपा

 

वाग्मती (प्रदेश नम्बर ३)

महिलातर्फ
धनकुमारी खतिवडा (कांग्रेस) को ठाउँमा गंगाकुमारी बेल्वासे नेकपा

खुलातर्फ
बलराम प्रसाद बासकोटा (नेकपा) को ठाउँमा बेदुराम भुसाल नेकपा

गण्डकी (प्रदेश नम्बर ४)

महिलातर्फ
बिन्दादेवी आले–कांग्रेसको ठाउँमा भगवती न्यौपाने- नेकपा
खुला तर्फ
सुरेन्द्रराज पाण्डे–कांग्रेसको ठाउँमा नारायणकाजी श्रेष्ठ- नेकपा

 

प्रदेश नम्बर ५

महिलातर्फ
मिना बुढा–नेकपाको ठाउँमा विमला घिमिरे नेकपा

खुलातर्फ
दुर्गा प्रसाद उपाध्याय–कांग्रेसको ठाउँमा गोपाल भट्टराई नेकपा

अपांगता तथा अल्पसंख्यक
राजकुमार कुँवर–नेकपाको ठाउँमा जगप्रसाद शर्मा नेकपा

 

कर्णाली प्रदेश नम्बर ६ 

महिलातर्फ
युटोल तामाङ – नेकपाको ठाउँमा सुमित्रा बिसी नेकपा

खुला तर्फ
काली बहादुर मल्ल–नेकपाको ठाउँमा मायाप्रसाद शर्मा नेकपा
 

प्रदेश नम्बर ७

महिलातर्फ
कमला कुमारी ओली–नेकपाको ठाउँमा शारदादेवी भट्ट नेकपा

खुला तर्फ
बद्री प्रसाद पाण्डे–कांग्रेसको ठाउँमा तारामान स्वांर नेकपा

राष्ट्रपतिबाट मनोनीत सांसद
युवराज खतिवडा–नेकपाको ठाउँमा मनोनीत हुन बाँकी 

1 thought on “राष्ट्रिय सभा : कसलाई कति नाफा, कति घाटा?”

  1. madan bajracharya says:
    January 24, 2020 at 8:58 am

    के फरक हुन्छ राजनैतिक् उच्च निकायमा कोही नियुक्त हुँदैमा?
    उनिहरुले गर्न सक्ने त् हुकुम नभनि व्हिप भने बमोजिम मात्रै हो
    कालेलाई गोरे भन्दैमा गोरो हुँदैन लुटेलाई बले भन्दैमा तग्डा हुँदैन
    “हुने” व्हिप हान्न सक्नेले चाहे जस्तै हो त् सबै मात्र “रैति”नै हौ
    उहिले भय् आज हाम्रो प्रतिनिधिलाई व्हिप हान्नेलाई राजा भनिथ्यो!!
    “हिजो” ले आजको अवतार लियको छ्;यो भन्दा बढि के भन्ने खै?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme