Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

म्यानमार पुग्दा नगई नहुने ठाउँमा गरियो भिजिट नेपाल २०२० को प्रचार

Posted on January 2, 2020January 1, 2020 by Salokya


पूरै म्यानमार घुमे पनि एक ठाउँमा पुगेन भने यात्रा अधुरै मानिने त्यो कुन ठाउँ होला? म्यानमार बारे अलिकति पनि जानकारी भएकोलाई यो प्रश्नको उत्तर स्पष्टै थाहा हुन्छ। त्यो ठाउँ हो- स्वेडागन प्यागोडा। हाम्रो स्वयम्भू वा बौद्ध जस्तो एउटा ठूलो प्यागोडा र सँगै अरु विभिन्न सानासाना प्यागोडाले भरिएको ठाउँ हो स्वेडागन। यही ठाउँमा म्यानमारस्थित नेपाली दूतावासले आज भिजिट नेपाल २०२० को प्रचारको सुरुवात गर्‍यो। म्यानमारमै भएको कारण आज यो कार्यक्रममा सहभागी हुन पाइयो।

नयाँ वर्षको पहिलो दिन दूतावासले स्वेडागन प्यागोडामा एउटा कार्यक्रमको आयोजना गरेको थियो जसमा यांगुनका मुख्यमन्त्री र मेयर पनि आएका थिए। राजदूत भीम उदासले यो वर्ष नेपाल र म्यानमारबीच दौत्य सम्बन्ध स्थापित भएको ६० औँ वर्ष पनि भएकोले वर्षैभरी विभिन्न कार्यक्रम हुने जानकारी गराएका थिए। उनले यहाँकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीले सन् १९८३ मै आफ्नो पुस्तकमा नेपाल घुम्न जाऔँ लेखेर प्रचार गरेको स्मरण गरे।

दूतावासले प्यागोडामा दीप प्रज्ज्वलन गरेको थियो। बर्मेली भाषामा लेखिएका नेपालको प्रचार सम्बन्धी पम्पलेट बाँडिएको थियो। त्यसैगरी भिजिट नेपाल २०२० लेखिएको टिसर्ट पनि बाँडिएको थियो।

बर्मामा रहेका नेपाली भाषीहरु र बर्मामा कार्यरत नेपालीहरु यो कार्यक्रममा सहभागी भएका थिए।

स्वेडागन सुनौलो प्यागोडा : जति हेर्‍यो हेरुँ लाग्ने।

दीप प्रज्ज्वलन।

टिसर्टको पछाडि लुम्बिनीको फोटो।

बर्मेली भाषामा लेखिएको नेेपालबारे प्रचार सामाग्री।

बुद्धलाई पानी चढाउने चलन रहेछ यहाँ।

म्यानमारका लागि नेपाली राजदूत भीम उदास।

1 thought on “म्यानमार पुग्दा नगई नहुने ठाउँमा गरियो भिजिट नेपाल २०२० को प्रचार”

  1. श्रीकृष्ण अधिकारी says:
    January 3, 2020 at 4:34 pm

    पर्यटनको आकर्षणको लागि प्रचार प्रसार गर्नु त राम्रो कुरा हो तर म्यानमारबाट पर्यटकको नाममा शरणार्थी आएर नेपालमा बस्न नपाउन भन्ने मेरो व्यक्तिगत चाहना हो । नेपाली आफैमा पिडित छन झन तिघ्रामाथि पिडौला थपिदा अप्ठेरो नै हुन्छ । भुटानीहरुको चपेटा बल्ल तल्ल अलि अलि नियन्त्रणमा आएको छ झन बर्मेली थपिएभने गारो हुन्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme