क्रिसमस पर्वको अवसरमा म्यान्मार पुगेको छु। म्यान्मारमा सबैभन्दा धेरै जनसंख्या बौद्ध धर्मावलम्बीहरु छन्। त्यसपछिको दोस्रो संख्या क्रिश्चियनहरुको छ। तर पहिलो र दोस्रोमा धेरै अन्तर छ। बौद्धहरुको संख्या ८७.९ प्रतिशत छ भने क्रिश्चियनको ६.२ प्रतिशत। हिन्दु त यहाँ ०.५ प्रतिशत मात्र छन्। यहाँको महा बन्डुला पार्कमा राति पुग्दा पूरै उत्सव रहेछ। क्रिसमसको उत्सव। बत्तीहरु सजाइएका थिए, कन्सर्ट थियो। नजिकैको चर्चमा झिलिमिली थियो। हेर्नुस् मैले खिचेका केही फोटोहरु।
रातो क्रिसमस टोपी लगाउनेहरु प्रशस्तै देखिए।
साबुनको फोका बनाएर उडाउँदा देखिएको।
सेल्फी खिच्दै।
सेल्फी खिच्दै एक महिला।
साबुनको डल्लो फुकेर फाल्दाको दृश्य।
उत्सवमा रमाइरहेकाहरु।
बत्तीको झिलिमिली।
इन्डेपेन्डेन्स मोनुमेन्ट।
भिडियो-