Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो वर्ष सबैभन्दा बढी पढिएका १० ब्लग कुन-कुन? तपाईँले कुनै छुटाउनु त भएन?

Posted on December 30, 2019December 30, 2019 by Salokya

सन् २०१९ मा विभिन्न घटनाहरु भए। कति घटनाबारे ब्लग लेखियो, कतिमा लेख्न भ्याइएन। यही वर्ष चार वर्षदेखि काम गरिरहेको पहिलोपोस्टबाट पनि विदा भएँ। पहिलोपोस्टमा #WhoKilledNirmala सिरिजमा ३० अंक लेख्न सकाएपछि बाँकी फलोअप ब्लगहरु माइसंसारमै लेखिरहेको छु। यो वर्ष निर्मला प्रकरणका अतिरिक्त रवि लामिछाने- शालिकराम प्रकरण, कृष्णबहादुर महरा प्रकरणका ब्लगहरु धेरै पढिए। यो वर्ष सबैभन्दा बढी पढिएका १० ब्लगहरु कुन कुन रहे त? आउनुस् वर्षको अन्तिम दिन ‘रिक्याप’ गरौँ।

१०) गथां‍मुगः भूतप्रेत, तन्त्र साधनाको रहस्यमय दिन


यो वर्ष सबैभन्दा बढी पढिएको ब्लगमा १० औँ नम्बरमा पर्न सफल भएको ब्लग यो वर्षको नभई सन् २०१७ मा प्रकाशित ब्लग थियो। अरु पत्रपत्रिका र अनलाइनमा यही फरक हुन्छ। अनलाइनमा कुनै पनि बेला प्रकाशित सामाग्री कुनै पनि बेला पढिन र हेरिन सक्छ। काठमाडौँ उपत्यकामा मनाइने गथांमुगः चाडको अवसरमा यो ब्लग राखिएको थियो। यो दिन फलामको औँठी, लैँचा (मेहन्दी) लगाइन्छ र भूतको पुत्ला जलाइन्छ। त्यो रात तन्त्रमन्त्रको कुविद्या सिक्नेहरु औँलामा मैनबत्ती बालेर आउँछन् भन्ने कथा सुनाइन्छ। यही गथां‍मुगः चाड बारे विनय राजोपाध्यायको जानकारीमूलक ब्लग थियो यो। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

९) राष्ट्रपति रात्रिभोजमा सवारी हुन लाग्दा सडकमा यात्रुले गरेको ‘विद्रोह’, पाठ सिक्ने कहिले?

यो वर्षको सबैभन्दा बढी पढिएको ब्लगको नवौँ नम्बरमा पर्न सफल भएको विषय भिआइपीको सवारीका क्रममा यात्रुले भोग्नुपरेको समस्या बारे छ। गत मार्च महिनामा राष्ट्रपतिको सवारीका लागि सवारी साधन रोकिँदा एक जना मानिसले आजित हुँदै भन्छन्, ‘यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौँ।’ सबैले ‘हो हो’ भन्दै आफ्नो सवारी साधन अघि बढाउँछन्। बिचरा ट्राफिक प्रहरी रोक्न खोज्छन्, तर त्यति धेरैको ‘विद्रोह’ रोक्ने कसरी? यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

८) सारीमाथि ओभरकोट : अमेरिका सवारी हुँदा राष्ट्रपतिको गजबको पहिरन


यो वर्ष धेरै पढिएका टप टेन ब्लगमा दुई वटा विषय राष्ट्रपतिसित सम्बन्धित छ। अनौठो त के भने एउटा पनि विषय प्रधानमन्त्रीसित सम्बन्धित रहेनछ। शायद् प्रधानमन्त्रीको बारेमा ब्लग नै कम लेखिएकोले पो हो कि! आठौँ नम्बरमा राष्ट्रपति अमेरिका सवारी हुँदा लगाएको पहिरनबारे हो। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

७) काठमाडौँमा राति पोलेको चर्को गन्ध कसरी फैलियो?

काठमाडौँमा राति भएपछि एकाएक मासु पोलेको चर्को गन्ध फैलिन्थ्यो। किन र कसरी त्यस्तो गन्ध फैलियो भन्ने कौतुहल निकै भयो। पछि प्रहरीले त्यसरी जनावरका भुत्ला जलाउने समूहलाई पक्राउ गर्‍यो। त्यसपछि त्यस्तो गन्ध फैलिएको खबर आएन। यो वर्ष धेरै पढिएको सातौँ ब्लग यही विषयमा रह्यो। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गर्नुस्।

६) रवि प्रकरणमा हाम्रो ‘FBI’ को अनुसन्धान : शालिकरामको आँखामा हत्यारा नै फेला पार्न सफल भएछन् रे


यो वर्ष रवि लामिछाने- शालिकराम पुडासैनी प्रकरणका तीन ब्लग टप टेनमा पर्न सफल भए। त्यसमध्ये यो ब्लग छैटौँ बढी पढिएकोमा पर्‍यो। फेसबुक ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले हल्लाका भरमा गरेका अनुसन्धानको नतिजालाई चिर्न यस्ता ब्लग लेखिएका थिए। धेरै फैलिएका हल्लामध्ये एक थियो- शालिकरामको आँखामा हत्यारा देखिएको। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गर्नुस्।

५)नयाँ ट्विस्ट : हिजो जबर्जस्तीको आ रो प, आज बाउछोरीको नाता पो रे; हिजो पिटेको, आज आएकै छैन रे

यो वर्ष नसोचेका धेरै घटना पनि भए। एउटा उदाहरण सभामुख कृष्णबहादुर महरा प्रकरण। कसैले सोचेको थिएन कि राष्ट्रको चौथो वरियतामा रहेका व्यक्ति अहिले जेलमा हुन्छन् भनेर। तर भयो त्यस्तै। संयोग त्यस्तै मिल्दै गए। महराले बलात्कार गरेको आरोपको समाचार आएको भोलिपल्टै उनै महिलाले जबर्जस्ती गरेकै होइन भनिन्। तर त्यसले महरालाई जेल पठाउनबाट रोकेन। छुटाउनु भएको भए यहाँ क्लिक गर्नुस्।

४) निर्मला प्रकरण : किन कसैसित नमिलेको रहेछ डिएनए? विज्ञ टोलीले बल्ल पत्ता लगायो

यो वर्ष मैले सबैभन्दा बढी लेखेको विषय निर्मला प्रकरणबारे थियो। तर त्यसबारे एउटा ब्लगमात्रै टप टेनमा आएको छ। यो ब्लग डिएनएको बारेमा छानबिन गर्न बनेको प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा बनाइएको हो। निर्मलाको हत्या र बलात्कार गर्नेलाई पत्ता लगाउन प्रहरीले भएभरका मान्छेलाई डिएनए चेक गर्दै छाड्दै आएको थियो। तर डिएनए अपराधीकै आएको हो भन्नेमा नै यकिन नभएको प्रतिवेदन थियो यो। यसबारे विस्तृतमा लेखिएको ब्लग पढ्न क्लिक गर्नुस्।

यसैबीच यो वर्ष मैले दिलिपसिंह विष्टसित पनि कुरा गरेर भिडियो हालेँ। यो भिडियो पनि युट्युबमा धेरै हेरियो-

३) अमेरिकी पत्रकारले काठमाडौँमा देखेको जीवनकै अनौठो १५ सेकेन्डको दृश्य

यो वर्षको तेस्रो सबैभन्दा बढी पढिएको ब्लगमा चाहिँ एउटा रमाइलो विषय परेको छ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

२) रविलाई अदालतले पाँच दिन म्याद थप्दै गर्दा बारे कसले के भने?

यो वर्षको सबैभन्दा बढी पढिएकोमा पहिलो र दोस्रो दुवै ब्लग रवि-शालिकराम प्रकरणको छ। दोस्रोमा परेको छ रवि लामिछानेलाई अनुसन्धानका लागि पाँच दिन अदालतले म्याद थप गर्दा कसले के भने भन्ने विषय। विस्तृत यसमा छ।

र, यो वर्ष सबैभन्दा बढी पढिएको ब्लग रह्यो-

१) शालिकराम प्रकरण : साउन २० गते होटल कङ्गारुको रुम नम्बर २०२ मा भएको के थियो?


यो ब्लग लेख्नका लागि म चितवन पुगेको थिएँ। चितवन पुगेर घटना भएको ठाउँ हेरेर, रवि लामिछाने र उनको टिम, होटल साहुका भनाई सुनेर, प्रहरीका भनाई सुनेर, अनुसन्धानको मिसिल पढेर यो लामो ब्लग तयार पारेको थिएँ। मेहनत गरे अनुसार यो सामाग्री धेरै पनि पढियो। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

आजदेखि सन् २०१९ ले विदा लिँदैछ। यो वर्षमात्र हैन यो दशककै विदा हुँदैछ। नयाँ वर्ष २०२० मा तपाईँहरु सबैको शुभ होस्। माइसंसार पढेर सल्लाह सुझाव गाली र ताली दिइरहनुहोला।

2 thoughts on “यो वर्ष सबैभन्दा बढी पढिएका १० ब्लग कुन-कुन? तपाईँले कुनै छुटाउनु त भएन?”

  1. Raju Acharya says:
    January 3, 2020 at 10:06 am

    माइसंसार पढेर सल्लाह, सुझाव, गाली र ताली दिई रहन पाईयोस !

    Reply
  2. Arjun says:
    December 31, 2019 at 12:41 pm

    I read all above.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme