Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

IMF को लोगोमा M***er F***er गाली छापेको भोलिपल्ट यसरी मागियो माफी

Posted on December 24, 2019December 24, 2019 by Salokya


आर्थिक दैनिक ‘कारोबार’को हिजो सोमबारको अंकको आठौँ पेजमा एउटा छाप्न नहुने कुरा छापिएको थियो। आर्थिक क्षेत्रको समाचार र विचारमात्र समेटिने दैनिक त झन् यस्तो विषयमा संवेदनशील हुनुपर्ने थियो। तर, M***ER F***ER लेखिएको आमाचकारी गाली लेखिएको लोगो छापिएको थियो। सामाजिक सञ्जालमा गलत लोगो छापिएको विषयमा चर्चा भएपछि आज मंगलबारको अंकमा पत्रिकाले क्षमायाचनासहित भूल सुधार गरेको छ।


कारोबारको मंगलकारको अंकको आठौँ पेजमा सोही समाचार पुनः प्रकाशित गर्दै सही लोगो राखिएको छ र त्यसको मुनि भूल सुधार शीर्षकमा ‘असावधानीवश अन्तर्राष्ट्रिय मुद्रा कोषको लोगो हुनुपर्नेमा अन्यथा छापिन गएकोमा क्षमायाचनासहित भूल सुधार गरिएको’ लेखिएको छ।

यस्तो छापिएको थियो हिजो

झट्ट हेर्दा थाहा नहुन पनि सक्छ। ‘इथियोपियालाई २.९ अर्ब डलर सहयोग’ शीर्षकको समाचारमा अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको सहयोगबारे उल्लेख छ। अन्तर्राष्ट्रिय मुद्रा कोषलाई अंग्रेजीमा International Monetary Fund भनिन्छ। छोटकरीमा IMF।

तर हेर्नु त त्यहाँ के छापिएको छ- IMF को अर्थ।

खासमा IMF को लोगो भने यस्तो हो-

तर लोगोको अक्षरमा के लेखेको छ ध्यानै नदिई छाप्दा यो हालत भयो।

5 thoughts on “IMF को लोगोमा M***er F***er गाली छापेको भोलिपल्ट यसरी मागियो माफी”

  1. zekar says:
    December 27, 2019 at 8:39 am

    Here is the video link, where the vietnam TV showed the same logo…
    https://www.youtube.com/watch?v=4K2MkbCcc3o&feature=youtu.be

    Reply
  2. Sunny G says:
    December 24, 2019 at 10:14 pm

    Copy paste matra garne bani pareko jhallu patrukaar ko kartoot ho yo..huna ta thula country haru ko matra heet ma kaam garne maha corrupt world bank ra IMF deserves that !!

    Reply
  3. Mahendra Gorkhali says:
    December 24, 2019 at 6:21 pm

    यो लापरवाहीको पराकाष्ठा हो । इन्टरनेटबाट फोटो र इमेज चोरेको कमाल हो । चोर्नु पनि यौटा कला चाहिन्छ । सम्पादकले – “ओई, इन्टरनेटमा आइ एम एफको लोगो डाउनलोड गरेर राखी दे न” । त्यति भन्यो, सकियो । अनि त्यो डाउनलोड गर्ने गधालाइ अंग्रेजी आउने कुरा आएन, सर्च गर्यो IMF Logo, यसो हेर्यो, हो रैछ भन्यो, त्यही डाउनलोड गर्यो अनि छापी दियो । लोगो पनि ह्याकरहरुले दुरूस्त बनाउँछन भन्ने बुद्धि पलाएको भए त्यस्तो हुने थिएन । मेरो विचारमा प्रेस वा मिडिया काउन्सिलले कारवाही गर्नु पर्ने हो त्यो पत्रिकालाइ ।

    Reply
  4. श्रीकृष्ण अधिकारी says:
    December 24, 2019 at 4:07 pm

    आर्थिक दैनिक पत्रिका भनेको अर्थ सम्बन्धी समाचार लेख्‍ने पत्रिका हो जस्तो लाग्छ तर यो गाली गलौज हो भन्ने थाहा नपाउने सम्पादकको बौद्धिक स्तरलाई चाँही मान्नै पर्छ ।

    Reply
  5. sushil says:
    December 24, 2019 at 11:18 am

    This logo was originated in Vietnam in IMF conference:
    https://mothership.sg/2018/10/vietnam-tv-imf/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme