Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हरे, ‘कारोबार’ दैनिकमा के छापेको यस्तो आपत्तिजनक?

Posted on December 23, 2019December 23, 2019 by Salokya

आर्थिक दैनिक ‘कारोबार’को आज सोमबारको अंकको आठौँ पेजमा एउटा छाप्न नहुने कुरा छापिएको छ। अचम्म, आर्थिक क्षेत्रको समाचार र विचारमात्र समेटिने दैनिक त झन् यस्तो विषयमा संवेदनशील हुनुपर्ने हो। तर, यो अचम्मैको आपत्तिजनक छाप्न नहुने कुरा छापिएछ। 

झट्ट हेर्दा थाहा नहुन पनि सक्छ। ‘इथियोपियालाई २.९ अर्ब डलर सहयोग’ शीर्षकको समाचारमा अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको सहयोगबारे उल्लेख छ। अन्तर्राष्ट्रिय मुद्रा कोषलाई अंग्रेजीमा International Monetary Fund भनिन्छ। छोटकरीमा IMF।

तर हेर्नु त त्यहाँ के छापिएको छ- IMF को अर्थ। हरे, कसरी थाहा पाएनछन् यत्रो गल्ती हुँदा पनि।

खासमा IMF को लोगो भने यस्तो हो-

तर लोगोको अक्षरमा के लेखेको छ ध्यानै नदिई छाप्दा यो हालत भयो। अब भोलि कारोबार दैनिकले यसलाई कसरी सच्याउँछ, हेर्न बाँकी छ।

ट्विटरमा भने यो लोगोको चर्चा सुरु भइसकेको छ। सबैभन्दा पहिला यो गल्ती औँल्याउँदै गरिएको ट्विट-

I know it was just an error and I know I am being an asshole errorist, but I needed this for Monday! Thank you, @karobar_daily! ? pic.twitter.com/YfJEoN1dzX

— ʎɥdɹnɯ✊ (@Jaw_Knock) December 23, 2019

3 thoughts on “हरे, ‘कारोबार’ दैनिकमा के छापेको यस्तो आपत्तिजनक?”

  1. Shankar says:
    December 24, 2019 at 6:15 pm

    नेपाली नेतृत्त्व तहकै दिमाग हो कि ?

    Reply
  2. Rabin Ranjit says:
    December 24, 2019 at 10:52 am

    आँखा चिम्लेर गुगलको भरोसा गरेको परिणाम । यस्तैले हो परिक्षामा अर्काको नाम समेत चोर्ने ।

    Reply
  3. ब.ब. तामाङ says:
    December 23, 2019 at 6:18 pm

    यस्तो नहुन पर्ने थियो, कस्तो असावधानी हो| Freudian slip हो कि ?
    भनिन्छ नी truth is expressed in many different ways and it comes out eventually
    Point out गर्न सक्नु पनि ठुलो कुरो हो जुन यो ब्लगमा पढन पाईयो| थोरैले मात्र पढने कारोको बार लगाएको पत्रिका उक्त उद्घाटित लोगोले अझ पपुलर भयो|
    हंगामा, गोलमाल, भद्रगोल र सक्किगो नी!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme