Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एक हजार फोटोबाट सर्वोत्कृष्ट भएका चार फोटो जसले झल्काउँछ ‘सुन्दर नेपाल, खुसी नेपाली’

Posted on December 23, 2019 by mysansar

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको “सुन्दर नेपाल खुसी नेपाली” फोटो प्रतियोगितामा देशभरका २११ फोटोग्राफरले करिब हजार वटा फोटो पठाएका थिए। तीमध्येबाट चार सर्वोत्कृष्ट फोटो छानिएको छ। पाल्पाका मिथुन कुँवरले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको फोटो प्रथम भएको छ। यसैगरी प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको फोटो दोस्रो भयो भने दयासागर केसीको पाटन दरबारक्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुँद्‍दै गरेको फोटोले तेस्रो स्थान प्राप्त गरेको छ। स्कन्द गौतमको कुहिरोभित्र देखिएको गुम्बाकोे तस्बिरले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ।


प्रथम फोटो : मिथुन कुँवर। पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको।


दोस्रो फोटो : प्रवीण श्रेष्ठ। भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिका।


तेस्रो फोटो : दयासागर केसी। पाटन दरबारक्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुँद्‍दै गरेको।


सान्त्वना पुरस्कार : स्कन्द गौतम। कुहिरोभित्र देखिएको गुम्बा।

नेपालका वरिष्ठ फोटोग्राफर मणि लामाको अध्यक्षता तथा केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकार र स्पेसेस म्यागजिनका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ फोटोग्राफर अशेष राजवंश सम्मीलित निर्णायकमण्डलले विजेतासहित उकृष्ट ७० वटा फोटोहरु छानेको हो। यस प्रतियोगिताका प्रथमले ४० हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ, तृतीयले १५ हजार रुपैयाँ र सान्त्वना स्वरूप १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

1 thought on “एक हजार फोटोबाट सर्वोत्कृष्ट भएका चार फोटो जसले झल्काउँछ ‘सुन्दर नेपाल, खुसी नेपाली’”

  1. श्रीकृष्ण अधिकारी says:
    December 24, 2019 at 4:24 pm

    “तेस्रो फोटो : दयासागर केसी। पाटन दरबारक्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुँद्‍दै गरेको” यो फोटो त एडिट गरेर बनाएको जस्तो छ नि । एडिट गरेका फोटोहरु पनि प्रतियोगितामा समावेश हुन्छ र भन्या ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme